back
CTIZAN AD

गैंडाको खाग सहित ३ जना पक्राउ

वि.सं.२०७७ मंसिर २१ आइतवार

672 

shares

२१ मङ्सिर, रुपन्देही । बुटवल उपमहानगरपालिका–८ सुख्खानगरस्थित कलश होटलबाट १ थान गैंडाको खाग सहित ३ जनालाई प्रहरीले आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा सुर्खेत लेकबेसी गाउँपालिका बस्ने ३१ वर्षीय भक्त बहादुर थापा, जाजरकोट बोरेकोट गाउँपालिका–४ बस्ने २६ वर्षीय कर्ण बहादुर राउत र काठमाडौं महानगरपालिका९१ बसन्तपुर बस्ने २६ वर्षीय राकेश न्यौपाने रहेका छन् ।

उक्त होटलमा गैंडाको खाग तस्करी हुँदैछ भन्ने सूचना प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बुटवलबाट प्रहरी नायव उपरीक्षकको कमाण्डमा खटिएको प्रहरीले उक्त खाग सहित उनीहरुलाई पक्राउ गरेको हो । साथै उनीहरुलाई नियन्त्रणमा लिने क्रममा उनीहरुले प्रहरीसँग रहेको पेस्तोल खोसी गोली चलाउँदा उनीहरु मध्येकै न्यौपाने घाइते भएकाले लुम्बिनी प्रादेशिक अस्पताल हुँदै थप उपचारका लागि मेडिकल कलेज भैरहवा पठाइएको छ ।

उक्त कार्यमा संलग्न हाल फरार १ जनाको प्रहरीले खोजी गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।

वि.सं.२०७७ मंसिर २१ आइतवार १२:५८ मा प्रकाशित

लुम्बिनीको बजेट सोमबार

लुम्बिनीको बजेट सोमबार

लुम्बिनी । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३÷८४ को...

पानी नपर्दा धानको ब्याड राख्न ढिलाइ

पानी नपर्दा धानको ब्याड राख्न ढिलाइ

राँझा (बाँके) । जेठ महिनाको अन्त्य हुँदा पनि पर्याप्त पानी...

कावासोती खानेपानीको सचिवमा रमाकान्त काफ्लेको उम्मेदवारी घोषणा

कावासोती खानेपानीको सचिवमा रमाकान्त काफ्लेको उम्मेदवारी घोषणा

कावासोती । कावासोती खानेपानी तथा सरसफाइ संस्थाको आगामी निर्वाचनका लागि...

पाल्पाका किसान उन्नत जातका धान उत्पादनमा आकर्षित

पाल्पाका किसान उन्नत जातका धान उत्पादनमा आकर्षित

तानसेन (पाल्पा) । उन्नत जातका धान उत्पादनमा किसानहरुको आकर्षण बढेको...

घाँस आम्दानीको राम्रो स्रोत

घाँस आम्दानीको राम्रो स्रोत

देउखुरी (दाङ) । दाङका किसान वर्सिम घाँसखेती गर्न आर्कषित भएका...

जनज्योति माविबाट ४० जना स्काउट विद्यार्थी दीक्षित

जनज्योति माविबाट ४० जना स्काउट विद्यार्थी दीक्षित

देवचुली नगरपालिका–१५ स्थित जनज्योति माध्यमिक विद्यालयमा ‘जनज्योति स्काउट ट्रुप’को आयोजनामा...