back
CTIZAN AD

बुटवलमा गोली चल्यो, गोली लागेर काठमाडौंका न्यौपाने गम्भीर घाईते

वि.सं.२०७७ मंसिर २१ आइतवार

747 

shares

२१ मंसिर, काठमाडौं । बुटवलमा गोली चल्दा एक व्यक्ति घाईते भएका छन् ।

बुटवल उपमहानगरपालिकाका ८ सुख्खानगरस्थित कलश होटलमा बसेका चारजना मध्ये काठमाडौंका राकेश न्यौपाने नाम गरेका व्यक्तिलाई गोली लागेको हो ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता सत्यनारायण थापाका अनुसार कलश होटलको १०५ नम्बरको कोठामा बसेका ४ मध्ये एकजनालाई गोली लागेको हो ।

‘हामीलाई हिँजोदेखि सूचना मिलेको थियो बन्यजन्तु तस्कर उक्त होटलमा रहेको भन्ने । बिहान त्यसको कन्फर्मका लागि दुईजना हाम्रा साथी उक्त होटलमा पुग्नु भएको थियो । भित्र उनीहरु रहेको र थप प्रहरीको टोलीसहित उनीहरुलाइ पक्राउ गर्नका लागि बाहिरबाट साथीहरुले चुकुल लगाइदिनु भएको थियो,’ प्रवक्ता थापाले भने, ‘पछि उनीहरुले कोठाको ढोका फोरेर प्रहरीको पेस्तोल खोसेर प्रहरीमाथि हान्न खोज्दा आफ्नै साथीलाई गोली लागेको हो ।’

विहान सवा नै बजेतिर भएको उक्त घटनामा न्यौपानेको घाँटी लगायतमा गोली लागेको र उनलाई तत्कालै प्रादेशिक अस्पताल बुटवलमा उपचारका लागि लगिएको थियो । तर गम्भीर घाईते भएका उनको थप उपचारका लागि भैरहवा मेडिकल कलेजमा लगिएको पनि प्रवक्ता थापाले संसारन्युजलाई जानकारी दिएका छन् ।

प्रहरीले होटलबाट जाजरकोट नायकवडाका कर्ण बहादुर राउत र लेकबेसी नगरपालिका सुर्खेतका भक्त बहादुर थापालाई नियन्त्रणमा लिएको छ भने अर्का विरेन्द्र सिंह राउत भागेको प्रहरीले जनाएको छ । उनीहरुको साथबाट प्रहरीले गैडाको खागजस्तै वस्तु फेला पारेको पनि प्रवक्ता थापाले बताए ।

 

वि.सं.२०७७ मंसिर २१ आइतवार १३:१५ मा प्रकाशित

लुम्बिनीको बजेट सोमबार

लुम्बिनीको बजेट सोमबार

लुम्बिनी । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३÷८४ को...

पानी नपर्दा धानको ब्याड राख्न ढिलाइ

पानी नपर्दा धानको ब्याड राख्न ढिलाइ

राँझा (बाँके) । जेठ महिनाको अन्त्य हुँदा पनि पर्याप्त पानी...

कावासोती खानेपानीको सचिवमा रमाकान्त काफ्लेको उम्मेदवारी घोषणा

कावासोती खानेपानीको सचिवमा रमाकान्त काफ्लेको उम्मेदवारी घोषणा

कावासोती । कावासोती खानेपानी तथा सरसफाइ संस्थाको आगामी निर्वाचनका लागि...

पाल्पाका किसान उन्नत जातका धान उत्पादनमा आकर्षित

पाल्पाका किसान उन्नत जातका धान उत्पादनमा आकर्षित

तानसेन (पाल्पा) । उन्नत जातका धान उत्पादनमा किसानहरुको आकर्षण बढेको...

घाँस आम्दानीको राम्रो स्रोत

घाँस आम्दानीको राम्रो स्रोत

देउखुरी (दाङ) । दाङका किसान वर्सिम घाँसखेती गर्न आर्कषित भएका...

जनज्योति माविबाट ४० जना स्काउट विद्यार्थी दीक्षित

जनज्योति माविबाट ४० जना स्काउट विद्यार्थी दीक्षित

देवचुली नगरपालिका–१५ स्थित जनज्योति माध्यमिक विद्यालयमा ‘जनज्योति स्काउट ट्रुप’को आयोजनामा...