back
CTIZAN AD

ती दानी महिला जसले मृत्युपूर्व आफ्नो ५५ करोड बढीको सम्पत्ती छिमेकीको नाममा गरिन्

वि.सं.२०७७ मंसिर २१ आइतवार

810 

shares

जर्मनीको बर्लिन सहकी एक दानी महिलाले आफ्नो ५५ करोड बढीको सम्पत्ती मृत्युपूर्व आफ्ना छिमेकीको नाममा गरेको समाचार छ ।
रेनेट नामकी ती वृद्ध महिलाले त्यतिधेरै सम्पत्ती आफ्ना छिमेकीको नाममा गरेकी हुन् । उनको मृत्यु २०१९ को डिसेम्बर महिनामा भएको थियो ।

रेनेट सन् १९७५ देखि आफ्ना श्रीमान अल्फ्रेड वेसेलका साथ मध्य जर्मनीको वाल्डोल्स्प्स वेपरफेल्डेन जिल्लामा रहेकी थिइन् । उक्त जिल्लामा ६ गाउँ रहेको छ । उनका श्रीमानले शेयर बजारमा पैसा लगानी गरेर मनग्ये सम्पत्ती कमाएका थिए । २०१४ मा रेनेटका श्रीमानको मृत्यु भएपछि उनी २०१६ देखि फ्रयांकफटको नर्सिङ होममा बस्दै आएकी थिइन् ।

स्थानीय संचार माध्यमका अनुसार ती वृद्धाको २०१९ डिसेम्बरमा ८१ वर्षको उमेरमा मृत्यु भएको थियो । उनको सम्पत्तीको उत्तराधिकारी रहेकी उनको बहिनीको पनि पहिले नै मृत्यु भएपछि ती वृद्धाले आफ्नो सारा सम्पत्ती आफ्ना छिमेकीको नाममा गरेको समाचार छ ।

यस्तो कुरा गत अप्रिलमा जिल्ला प्रशासनले उनको सम्पत्तीका बारेमा जानकारी दिएपछि बाहिर सार्वजनिक भएको हो । रेनेटले आफ्नो बैंक ब्यालेन्स, शेयर र अन्य सम्पत्ती छिमेकीको नाममा बाँडिदिएकी थिइन् । तर उक्त सम्पत्ती ती छिमेकीले आफ्नो व्यक्तिगत खर्च गर्न भने पाउने छैनन् । उक्त सम्पत्ती त्यो क्षेत्रको विकासको लागि खर्च गर्न पाउने गरी उनले छिमेकीको नाममा छोडेकी थिइन् ।

वि.सं.२०७७ मंसिर २१ आइतवार १५:०८ मा प्रकाशित