काठमाडौं । सत्तारुढ नेकपाको स्थायी समिति बैठक पार्टीका पहिलो अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थिति बिनै सुरु भएको छ । बैठक पौने दुई बजेदेखि पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा सुरु भएको हो ।
बैठकमा प्रधानमन्त्री ओली बाहेक स्थायी समितिका ४३ सदस्य उपस्थित भएका छन् । ओली निकटकै नेताहरु पनि बैठकमा उपस्थित छन् ।
ओलीले भने स्वास्थ्य तथा राजनीतिक कारण देखाउँदै उपस्थिति जनाएनन् । ओलीले अनुपस्थिति हुनुको पछाडि कोभिड–१९ को स्वास्थ्य प्रोटोकल पालना नभएको र आफ्नो सहमती बिना बैठक राखिएको कारण देखाएका छन् ।
बैठक स्थलमा ओलीको कुर्ची खाली छोडिएको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित अन्य सचिवालय सदस्यहरु आसन क्रमशः राखिएको छ । प्रचण्डको दायाँतर्फ पार्टी उपाध्यक्ष बामदेव गौतम छन् भने बाँया तर्फ वरिष्ठ नेता झलनाथ खनाल छन् ।
तस्बिरमा हेर्नुहोस् यस्तो छ सचिवालय बैठक स्थल





वि.सं.२०७७ मंसिर २१ आइतवार १५:१० मा प्रकाशित






























