back
CTIZAN AD

अब नेपाली अर्गानिक (जैविक) चिया आफ्नै ब्राण्ड भएर विश्व बजारमा पुग्ने

वि.सं.२०७७ मंसिर २२ सोमवार

921 

shares

 २१ मंसिर, इलाम । चिया क्षेत्रमा पछिल्लो समय एकपछि अर्को उपलब्धि हासिल भएको छ । प्रायः अन्तरद्वन्द्व परिरहने चियामा पछिल्ला उपलब्धिलाई सुधारको सङ्केतका रूपमा हेरिएको छ । कोरोना महामारीले विश्व बजारमा सङ्कटमा परेको छ तर चियामा भने असर पर्नुको सट्टा उपलब्धि हासिल भएको छ ।

तीन महिनाअघि चियाको व्यापार चिह्न उद्योगलाई हस्तान्तरण गरियो । लोगो पाएपछि चियामा आशा पलाएको बताएका उद्योगी भारत र अमेरिकाले सो लोगो स्वीकृति जनाएपछि अझै खुशी देखिएका छन् । नेपाली चियालाई विश्व बजारमा चिनाउन लोगो निर्माण गरिएको हो । लोगो निर्माणपछि भारत, अमेरिका र युरोपियन युनियन (इयु) मा दर्ता गरियो ।

भर्खरै दुई देशले लोगो स्वीकृति दिएपछि अब नेपाली अर्गानिक (जैविक) चिया आफ्नै ब्राण्ड भएर बजार पुग्ने भएको छ । “लोगोका लागि धेरै रस्साकस्सी गरियो तर पछिल्लो समय आशा पलाएको छ”, केन्द्रीय चिया सहकारी सङ्घका महासचिव रवीन राईले भने । उद्योगले आफ्नै उद्योगको लोगो लगाएर अन्तर्राष्ट्रिय बजारमा चिया पठाउँथे ।

अर्थोडक्स चियालाई एउटै लोगो लगाएर पठाउन उद्योगीकै अगुवाइमा व्यापार चिह्न बनाइयो । अहिले लोगो स्वीकृतिपछि नेपालको चिया विश्व बजारमा चिन्ने चिनिने भएको छ । “स्वीकृति नै नभएको भए पनि सरकारले उद्योगीलाई दिएपछि बजारमा पठाउन सकिन्थ्यो”, चिया तथा कफी विकास बोर्डका प्रवक्ता दीपक खनालले भने, “सम्बन्धित देशले स्वीकृति दिएपछि चाहिँ लोगो प्रयोग गरेर चिया पठाउँदा बढी प्रभाव पर्छ ।”

नेपाली चिया भारत (दार्जिलिङ र कलकत्ता) को चियाभन्दा गुणस्तरीय भएको विज्ञ बताउँछन् तर आफ्नै लोगो नहुँदा केही समयअघिसम्म दार्जिलिङ र कलकत्ताकै चिया भनेर अन्तर्राष्ट्रिय बजारमा चिनिन्थ्यो । चिया बेच्न भारतकै भर पर्नुपर्दा भारतकै कारण विविध हैरान पनि नेपाली व्यवसायीले खेप्नुपर्यो । अब नेपाली चिया स्वायत्त भएको र अन्तर्राष्ट्रिय बजार बढ्ने चिया विज्ञ चन्द्रभूषण बताउँछन् ।

भारत र अमेरिकाले लोगो स्वीकृत गरे पनि हालसम्म युरोपियन युनियनले भने स्वीकृत गरेको छैन । लोगो स्वीकृतिका लागि पठाउँदा युनियनले नेपाल र चियाको लोगो भएको ‘नेपाल टी हिमालयन’ का नाममै प्रश्न उठाएको समेत सुनियो । त्यसैले युनियनबाट तत्काल लोगो स्वीकृति हुने छनक नदेखिएको व्यवसायी बताउँछन् तर यता बोर्डका कार्यकारी निर्देशक डा विष्णु भट्टराई भने इयुले यस्ता प्रश्न सोधेको भन्ने विषय आधिकारिक नभएको बताउछन् । “मैले पनि यस्ता कुरा यदाकदा सुन्दै आएको छु तर आधिकारिक छैन”, डा भट्टराईले भने, “हामी प्रक्रियामै छौँ । दूतावासमार्फत सम्पर्क गरेर लोगोका विषयमा जानकारी लिएका छौँ । केही समयपछि काम हुन सक्छ ।”

लोगो मात्र होइन केही समयअघि नेपालकै एकमात्र ‘चिया परीक्षण तथा प्रवद्र्धधन केन्द्र’को शिलान्यास भयो । चियाको इतिहास झल्काउने र सबै उद्योगको चिया परीक्षण गर्ने उद्देश्यले यहाँस्थित सूर्योदय नगरपालिकामा केन्द्र बन्ने भएको हो । लामो रस्साकस्सीपछि बन्न लागेको यो कार्यालयका कारण पनि चिया क्षेत्रमा अर्को आशा पलाएको हो ।

केही दिनअघि प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले कार्यालयको शिलान्यास गरे । प्रदेश नं १ सरकारको साझेदारीमा सूर्योदय नगरपालिकाले रु २३ करोड लगानी गर्ने भएको छ । प्रदेश सरकारको ७५ प्रतिशत र नगरपालिकाको २५ प्रतिशत लगानी रहने जनाइएको छ । भवनमा चिया परीक्षण मात्र नभई भवनभित्र चियाको सङ्ग्रहालय, मिटिङ हल, विदेशी पाहुना बस्ने भवनसम्म रहने छ । विदेशी पर्यटन आउँदा चियाको अध्ययन गर्न सहज बनाउन सङ्ग्रहालयसमेत भवनमा रहने छ ।

“प्रशोधन केन्द्रको निर्माणपछि चिया क्षेत्रमा थप प्रगति देखिने छ । एउटै गुणस्तरको चिया बाहिर (अन्तर्राष्ट्रिय बजार)मा लान सकिन्छ”, मुख्यमन्त्री राईले भने । चियाको इतिहास करिब लामो छ तर पछिल्ला प्रगतिले चियामा सुधार आएको देखिन्छ । विगतमा भएका प्रयास पनि पछिल्ला समयमा निकासमा पुगेकाले पनि प्रगति देखिएको हो तर यता बोर्डका कार्यकारी निर्देशक डा भट्टराई भने आफूले प्रगति देखिने गरी काम गरेकाले सफलता हात पार्दै लगेको बताउछन् ।

हुन पनि भट्टराईको पदावधिमा चिया क्षेत्रमा सुधार देखिएको छ । कोरोना भाइरसको सङ्क्रमणमा पनि चिया क्षेत्रमा त्यत्रो समस्या देखिएन । एक हप्ता जति चिया निकासी रोकिए पनि त्यसपछि सामान्य नै रह्यो । सधँैझैँ किसान र श्रमिकका समस्या पनि महामारीमा देखिएनन् । समस्या देखिए पनि पुरानै किसिमका देखिए । तीन महिना लामो बन्दाबन्दीमा समेत छिटफुट मात्र रोकिएर निकासी नरोकिएको चियाको जस लिँदै कार्यकारी निर्देशक भट्टराई आफूले चिया अत्यावश्यक वस्तु भएकाले बन्दाबन्दीमा पनि धेरै क्षेत्रमा समन्वय गर्दै चिया खुलाएको बताए । पछिल्लो आर्थिक वर्षमा चिया निकासी भने दोब्बरले वृद्धि भएको छ । रासस

वि.सं.२०७७ मंसिर २२ सोमवार ०९:०० मा प्रकाशित

म्याग्दीबाट सेवाग्राही खोज्दै पोखरा झरे जनप्रतिनिधि र कर्मचारी

म्याग्दीबाट सेवाग्राही खोज्दै पोखरा झरे जनप्रतिनिधि र कर्मचारी

कृष्ण दवाडी, कास्की । हलको एक कुनामा ह्विलचियरमा बसिरहेकाछन् थियो...

सुर्खेतमा ४४ हजार ५०० सिलिन्डर ग्यास वितरण

सुर्खेतमा ४४ हजार ५०० सिलिन्डर ग्यास वितरण

कर्णाली ।  कर्णाली प्रदेशको राजधानी सुर्खेतमा खाना पकाउने एलपी ग्यासका...

यी दश सहकारीका १९७ बचतकर्ताले पाए बचत रकम फिर्ता

यी दश सहकारीका १९७ बचतकर्ताले पाए बचत रकम फिर्ता

काठमाडौँ ।   विभिन्न १० सहकारी संस्थाका १९७ जना बचतकर्ताले रकम...

पालिका, स्कुल लगायतका सरकारी छाप तथा दस्तखत कीर्ते गरेको आरोपमा पक्राउ

पालिका, स्कुल लगायतका सरकारी छाप तथा दस्तखत कीर्ते गरेको आरोपमा पक्राउ

काठमाडौँ ।  प्रहरीले सरकारी छाप तथा दस्तखत कीर्ते गरी नक्कली...

राष्ट्रिय सतर्कता केन्द्रको वार्षिक प्रतिवेदन प्रधानमन्त्रीसमक्ष प्रस्तुत

राष्ट्रिय सतर्कता केन्द्रको वार्षिक प्रतिवेदन प्रधानमन्त्रीसमक्ष प्रस्तुत

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहत रहेको राष्ट्रिय सतर्कता...

जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ

जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ

काठमाडौं । जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ परेका...