
२३ मंसिर, काठमाडौं। च्याम्पियन्स लिग अन्तरगत समुह चरणको अन्तिम खेल आज हुर्दै छ । आज समुह इ, एफ, जी, एच अन्तरगत रहेका टिमहरु बिचको समुह चरणकाे अन्तिम खेल हुँदै छ। आजको खेलले पाँच टिमको दोस्रो चरण प्रवेशको निर्णय गर्ने छ ।
समुह इ बाट चेल्सि र सेभिल्ला दोस्रो चरणमा प्रवेश गरि सकेका छन् । यस समुहको शिर्ष स्थानमा चेल्सि रहेको छ । उसले समुह चरणमा चार जित र एक बरावरीका साथ १३ अंक जोडेको छ । आज सो समुहमा चेल्सि क्रास्नोडारसँग भिड्दै छ भने रेन्नेस सेभिल्लासँग भिड्दै छ ।
समुह एफ अन्तरगत अंक तालिकाको शिर्ष स्थानमा रहेको बोरुसिया डर्टमन्ड अन्तिम स्थानमा रहेको जेनितसँग भिड्दै छ । सोहि समुहको अर्को खेलमा क्लव ब्रुग लाजिवसँग भिड्दै छ । यस समुहबाट बोरुसिया डर्टमन्ड दोस्रो चरण प्रवेश गरेको छभने दोस्रो चरण प्रबेश गर्ने अर्को टिमको टुङगो आज लाग्दै छ । यस समुहको पहिलो स्थानमा रहेको बोरुसिया डर्टमन्डको १० अंक, दोस्रोमा रहेको लाजिवको ९ अंक र तेस्रोमा रहेको क्लव ब्रुगको ७ अंक रहेको छ ।
समुह जी अन्तरगत जुभेन्टस् बार्सिलोनासँग भिड्दै छ । समुह चरणको पाँचै खेलमा जित निकालेकाे बार्सिलो १५ अंक सहित शिर्ष स्थानमा रहेको छ । यस समुहबाट जुभेन्टस् र बार्सिलोना दोस्रो चरणमा प्रवेश गरि सकेका छन् । सोहि समुहको अर्को खेलमा फेरेनक्वेरोसी डायनामो किभसँग भिड्दै छ ।
समुह एच अन्गरगत म्यान्चेस्टर यूनाइटेड आरबी लेपिजसँग भिड्दै छ । सोहि समुहको अर्को खेलमा पियसजी इस्तांबुल बशाक्षेहिरसँग भिड्दै छ । समुह एचमा म्यान्चेस्टर यूनाइटेड, पियसजी र आरबी लेपिजको दोस्रो चरण प्रबेशको सम्भावना बलियो रहेको छ । तीनवटै टिमको समान ९ अंक रहेको छ ।
खेल तालिका नेपाली समय अनुसार
समुह इ अन्तरगत
चेल्सिका बिरुद्ध क्रास्नोडार १३ : ४५
रेन्नेसका बिरुद्ध सेभिल्ला १३ : ४५
समुह एफ अन्तरगत
बोरुसिया डर्टमन्डका बिरुद्ध जेनित ११ : ४०
क्लव ब्रुगका बिरुद्ध लाजिव ११: ४०
समुह जी अन्तरगत
जुभेन्टस्का बिरुद्ध बार्सिलोना १३ : ४५
डायनामो किभका बिरुद्ध फेरेनक्वेरोसी १३ : ४५
समुह एच अन्गरगत
म्यान्चेस्टर यूनाइटेडका बिरुद्ध आरबी लेपिज १३ : ४५
पियसजीका बिरुद्ध इस्तांबुल बशाक्षेहिर १३ : ४५