back
CTIZAN AD

च्याम्पियन्स लिग: समुह चरणको अन्तिम खेल आज (हेर्नुहोस् कुनकुन टिम दोस्रो चरण प्रवेश गर्दै छन्,खेल तालिका सहित)

वि.सं.२०७७ मंसिर २३ मंगलवार

744 

shares

२३ मंसिर, काठमाडौं। च्याम्पियन्स लिग अन्तरगत समुह चरणको अन्तिम खेल आज हुर्दै छ । आज समुह इ, एफ, जी, एच अन्तरगत रहेका टिमहरु बिचको समुह चरणकाे अन्तिम खेल हुँदै छ। आजको खेलले पाँच टिमको दोस्रो चरण प्रवेशको निर्णय गर्ने छ ।

समुह इ बाट चेल्सि र सेभिल्ला दोस्रो चरणमा प्रवेश गरि सकेका छन् । यस समुहको शिर्ष स्थानमा चेल्सि रहेको छ । उसले समुह चरणमा चार जित र एक बरावरीका साथ १३ अंक जोडेको छ । आज सो समुहमा चेल्सि क्रास्नोडारसँग भिड्दै छ भने रेन्नेस सेभिल्लासँग भिड्दै छ ।

समुह एफ अन्तरगत अंक तालिकाको शिर्ष स्थानमा रहेको बोरुसिया डर्टमन्ड अन्तिम स्थानमा रहेको जेनितसँग भिड्दै छ । सोहि समुहको अर्को खेलमा क्लव ब्रुग लाजिवसँग भिड्दै छ । यस समुहबाट बोरुसिया डर्टमन्ड दोस्रो चरण प्रवेश गरेको छभने दोस्रो चरण प्रबेश गर्ने अर्को टिमको टुङगो आज लाग्दै छ । यस समुहको पहिलो स्थानमा रहेको बोरुसिया डर्टमन्डको १० अंक, दोस्रोमा रहेको लाजिवको ९ अंक र तेस्रोमा रहेको क्लव ब्रुगको ७ अंक रहेको छ ।

समुह जी अन्तरगत जुभेन्टस् बार्सिलोनासँग भिड्दै छ । समुह चरणको पाँचै खेलमा जित निकालेकाे बार्सिलो १५ अंक सहित शिर्ष स्थानमा रहेको छ । यस समुहबाट जुभेन्टस् र बार्सिलोना दोस्रो चरणमा प्रवेश गरि सकेका छन् । सोहि समुहको अर्को खेलमा फेरेनक्वेरोसी डायनामो किभसँग भिड्दै छ ।

समुह एच अन्गरगत म्यान्चेस्टर यूनाइटेड आरबी लेपिजसँग भिड्दै छ । सोहि समुहको अर्को खेलमा पियसजी इस्तांबुल बशाक्षेहिरसँग भिड्दै छ । समुह एचमा म्यान्चेस्टर यूनाइटेड, पियसजी र आरबी लेपिजको दोस्रो चरण प्रबेशको सम्भावना बलियो रहेको छ । तीनवटै टिमको समान ९ अंक रहेको छ ।

खेल तालिका नेपाली समय अनुसार

समुह इ अन्तरगत
चेल्सिका बिरुद्ध क्रास्नोडार १३ : ४५
रेन्नेसका बिरुद्ध सेभिल्ला १३ : ४५

समुह एफ अन्तरगत
बोरुसिया डर्टमन्डका बिरुद्ध जेनित  ११ : ४०
क्लव ब्रुगका बिरुद्ध लाजिव  ११: ४०

समुह जी अन्तरगत
जुभेन्टस्का बिरुद्ध बार्सिलोना १३ : ४५
डायनामो किभका बिरुद्ध फेरेनक्वेरोसी १३ : ४५

समुह एच अन्गरगत
म्यान्चेस्टर यूनाइटेडका बिरुद्ध आरबी लेपिज  १३ : ४५
पियसजीका बिरुद्ध इस्तांबुल बशाक्षेहिर १३ : ४५

वि.सं.२०७७ मंसिर २३ मंगलवार ११:५० मा प्रकाशित

पीएसए स्याटेलाइट स्क्वास हुने

पीएसए स्याटेलाइट स्क्वास हुने

काठमाडौँ । नेपाल स्क्वास ¥याकेट्स संघको आयोजनामा पीएसए नेपाल स्याटेलाइट...

इन्डोर सुपर लिग सिजन–२ को टोली जनकपुर किंग्सको मुख्य प्रायोजक

इन्डोर सुपर लिग सिजन–२ को टोली जनकपुर किंग्सको मुख्य प्रायोजक

काठमाडौं । इन्डोर सुपर लिग सिजन–२ को फ्रेन्चाइज टोली जनकपुर...

ब्याकयार्ड अल्ट्रामा अर्जुन र मन्जु पहिलो

ब्याकयार्ड अल्ट्रामा अर्जुन र मन्जु पहिलो

काठमाडौं । अर्जुन कुलुङ राई र मन्जु सुनुवार ब्याकयार्ड अल्ट्रा–...

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद्...

पोखरा एभेन्जर्समा पुनः आबद्ध भए श्रीलंकाली अलराउन्डर धनञ्जय लक्षण

पोखरा एभेन्जर्समा पुनः आबद्ध भए श्रीलंकाली अलराउन्डर धनञ्जय लक्षण

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–३ को तयारीलाई थप...

गोर्खा खुकुरी मार्सल आर्ट्सको राष्ट्रिय सेमिनार सम्पन्न

गोर्खा खुकुरी मार्सल आर्ट्सको राष्ट्रिय सेमिनार सम्पन्न

काठमाडौं । नेपाल गोर्खा खुकुरी मार्सल आर्ट्स संघको आयोजनामा राष्ट्रिय...