back
CTIZAN AD

नेपालमा श्रीमानको दुर्घटनामा मृत्यु, साइप्रसमा श्रीमतीद्धारा आत्महत्या

वि.सं.२०७७ मंसिर २३ मंगलवार

750 

shares

२३ मंसिर, काठमाडौं । नेपालमा श्रीमानको दुर्घटनामा मृत्यु भएको खबरले विक्षिप्त बनेकी एक नेपाली चेलीले साइप्रसमा आत्महत्या गरेकी छन् ।

साइप्रसको लार्नाका सहरमा घरेलु कामदारका रुपमा कार्यरत दोलखाकी शु्क्री तामाङले सोमबार आत्महत्या गरेकी हुन् ।

दोलखाको गौरीशंकर गाउँपालिका वडा नं ८ खरे घर भइ साइप्रसमा घरेलु कामदारका रुपमा कार्यरत तामाङका श्रीमान (बोलेरो चालक) २१ वर्षीय सुविन्द्र तामाङको आइतबार दोलखाकै विगु गाउँपालिकामा सडक दुर्घटनामा परेर मृत्यु भएको अर्कोदिन (सोमबार) उनले आत्महत्या गरेकी हुन् ।

१६ महिना अगाडि साएइप्रस पुगेकी तामाङले श्रीमानको मृत्युको खबरपछि टिकटकमा एक भिडियो अपलोड गर्दै ‘मेरो मुटु हामी सँगै हुने हैं ।

सरी मेरो आमा बुवा सासु आमा ससुरा बाबा साथीभाइहरु म मेरो मुटुसँगै जान्छु ।’ भनेर श्रद्धान्जलीसहितको गीत अपलोड गरेकी थिइन् ।

त्यसैगरी साइप्रसका लागि नेपाली कन्सुलेट डा. रामजीवन पञ्जियारले पनि उनले आत्महत्या गरेको तर, अनुसन्धानकै क्रममा रहेकोले आत्महत्याको कारण पत्ता नलागेको संसारन्युजलाई जानकारी दिएका छन् । ‘प्रहरीले अनुसन्धान गर्दैछ । अनुसन्धानपछि मात्र यहिकारण हो भनेर भन्न सकिन्छ, डा. पञ्जियारले भने, ‘सामाजिक संजालमा उनको अपडेट अनुसार पारिवारीका कारण आत्महत्या गरेको देखिन्छ ।’

कन्सुलेट डा. पञ्जियारले परिवारले शव पठाइदिनु भन्ने अनुरोध गरेर पत्र पठाइसकेकोले प्रहरी अनुसन्धान सकिएपछि शब नेपाली पठाइने बताए ।

यस विषयमा गैरआवासीय नेपाली संघ साइप्रसका संरक्षक सुवास मल्लले यसबारेमा साइप्रस प्रहरीले अनुसन्धान गरिरहेको र पुर्ण जानकारी आउन बाँकी रहेको बताएका छन् । ‘उहाँको पारिवारीक कारणले यस्तो कदम उठाउनु भएको जस्तो लाग्छ श्रीमानको दुर्घटनामा मृत्यु भएको खबर पाएपछि विक्षिप्त बन्नु भएको उहाँले टिकटकमा यस्तै पीडा पोख्नु भएको छ ।’

वि.सं.२०७७ मंसिर २३ मंगलवार १६:१८ मा प्रकाशित

राष्ट्रिय सतर्कता केन्द्रको वार्षिक प्रतिवेदन प्रधानमन्त्रीसमक्ष प्रस्तुत

राष्ट्रिय सतर्कता केन्द्रको वार्षिक प्रतिवेदन प्रधानमन्त्रीसमक्ष प्रस्तुत

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहत रहेको राष्ट्रिय सतर्कता...

जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ

जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ

काठमाडौं । जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ परेका...

परिपक्व कूटनीतितर्फ प्रधानमन्त्री शाहः भारत र चीनसँग व्यावहारिक संवाद

परिपक्व कूटनीतितर्फ प्रधानमन्त्री शाहः भारत र चीनसँग व्यावहारिक संवाद

काठमाडौँ । वर्तमान सरकारको नेतृत्व गरेपछि विदेशी राजदूतहरूसँग सामूहिक भेटवार्तालाई...

कालोबजारी गर्ने पेट्रोलपम्प र ग्यास डिलरको इजाजत खारेज गर्न निर्देशन

कालोबजारी गर्ने पेट्रोलपम्प र ग्यास डिलरको इजाजत खारेज गर्न निर्देशन

काठमाडौँ । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित...

फलफूलको उत्पादन बढाउन किसानलाई अनुदान

फलफूलको उत्पादन बढाउन किसानलाई अनुदान

दमौली (तनहुँ) । कृषि विकास कार्यालय, तनहुँले सुन्तलाको उत्पादन वृद्धि...

नेप्से परिसूचक झिनो अङ्कले बढ्यो

नेप्से परिसूचक झिनो अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...