
२३ मंसिर,काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्थाले आफ्ना शेयरधनिहरुलाई २६.३१ प्रतिशत लाभांश दिने प्रस्ताव अगाढि बढाएको छ ।
आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट लगानकर्तालाई संस्थाले लाभांश दिने प्रस्ताव गरेको हो । संस्थाले दिन लागेको २६.३१ प्रतिशत लाभांश मध्य २५ प्रतिशत बोनस र १.३१ प्रतिशत नगद (कर प्रयोजनका लागि) दिने प्रस्ताव गरेको छ ।
प्रस्ताबित लाभांशको लागि संस्थाले राष्ट्र बैंकमा उक्त प्रस्ताव पठाएको छ । उक्त प्रस्ताव स्वीकृत गरेर आएपछि आगामी साधारणसभाले पारित भएपछि लगानीकर्ताले लाभांश पाउने छन् ।