back

फक्तताङलुङ गाउँपालिकाले गाउँगाउँमा यातायात सेवा पु¥याउँदै

वि.सं.२०७७ मंसिर २३ मंगलवार

114 

shares
NTC AD
Global IME AD

२३ मंसिर, ताप्लेजुङ । ताप्लेजुङको फक्तताङलुङ गाउँपालिकाले गाउँ—गाउँमा यातायात सेवाको पहुँच पु¥याएको छ । गाउँपालिकाले तमोर नदीमा चार वटा अस्थायी काठे मोटरेवल पुल निमार्ण गरी गाउँ—गाउँमा यातायात सेवाको पहँुच पु¥याएको हो । फक्तताङलुङ गाउँपालिका तमोर नदीको दुई किनारमा पर्दछ ।

गाउँपालिकाको वडा नं १ सावादिन, वडा नं २ खेजेनिम, वडा नं ४ ईखाबु र वडा नं ६ लेलेप तमोर नदीको दायाँ भागमा पर्दछ । त्यस्तै वडा नं ३ लिङखिम, वडा नं ५ तापेथोक र वडा नं ६ लेलेपका सेकाथुम र अन्य गाउँ तमोर नदीको बायाँ किनारामा पर्दछ । एक गाउँबाट अर्को गाउँ आवतजावत गर्न तमोर नदी तर्नुपर्दछ ।

अहिले प्रायः सबै वडा सडक सञ्जालले जोडिएको छ । पक्की मोटरेवल पुल निर्माण सम्पन्न नभइन्जेल गाउँपालिकाले विगत तीन वर्षदेखि अस्थायी काठे मोटरेवल पुल निर्माण गर्दै आएको छ । अस्थायी काठे मोटरेवल पुलबाट गाउँपालिकाको वडा–वडा र गाउँ—गाउँसम्म गाडी सहजै पुग्दै आएको छ । घर आगनमा गाडी आइपग्दा स्थानीयवासी निकै खुशी भएका छन् ।

तमोर नदीको चार ठाउँमा अस्थायी मोटरेवल पुल निर्माण गरेर स्थानीयवासीलाई यातायातको पहुँच पु¥याएको गाउँपालिकाले यो वर्ष वडा नं १ सावादिन र वडा नं ३ लिखिम जोड्न तमोर नदीमा रु तीन लाख ७५ हजारको लागतमा अस्थायी काठे मोटरेवल पुल निर्माण गरेको छ । पुल निर्माणसँगै त्यस क्षेत्रका ९०१ घरपरिवारले यातायातको सेवाबाट लाभान्वित हुनेभएको छ ।

यसैगरी गाउँपालिका– ५ छिरुवा र वडा नं ४ इखाबु गाउँ जोड्न तमोर नदीमा रु तीन लाख ७५ हजारको लागतमा अर्को अस्थायी काठे मोटरेवल निर्माण भएको छ । पुल निर्माणसँगै सो क्षेत्रका ४२२ घरपरिवारले प्रत्यक्ष लाभान्वित हुनेभएको छ । त्यस्तै गाउँपालिकाको केन्द्र तापेथोकदेखि वडा नं ६ साँघु जोड्न तमोर नदीमा स्थायी मोटरेवल पुल निर्माण भएको छ । यो पुल सञ्चालनमा आएपछि त्यस भेगका ३०० घरपरिवारले यातायात सेवाबाट प्रत्यक्ष रुपमा लाभान्वित भएका छन् ।

तापेथोक र लेलेप जोड्ने रानी पुलमा बनेको अस्थायी काठे मोटरेवल पुल सञ्चालनमा आएपछि लेलेप, लुङथुङ, सेकाथुम फले, ग्याप्ला, घन्सा र ओलाङचुङ गोलाका २९९ घरपरिवारले प्रत्यक्ष रुपमा यातायातको सेवाबाट लाभान्वित भएका छन् ।

स्थानीयवासी आवागमनमा सहजता प्रदान गर्नका लागि काठे मोटरेवल पुल निर्माण गरिएको गाउँपालिका अध्यक्ष सरोज लिम्बूले बताए । (रासस)

वि.सं.२०७७ मंसिर २३ मंगलवार १५:५९ मा प्रकाशित

NLIC AD
NABIL bank AD
स्नातक छोरीबुहारीलाई नगरपालिकामा रोजगारी

स्नातक छोरीबुहारीलाई नगरपालिकामा रोजगारी

इलाम । सूर्योदय नगरपालिका–१ बाङ्गीनकी स्वस्तिका शाहलाई निःशुल्क छात्रवृत्तिमा स्नातक...

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा

धरान । इटहरीमा जारी १४ औँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण कन्ट्रोल...

बगानमै कुचो छाड्न बाध्य भए किसान

बगानमै कुचो छाड्न बाध्य भए किसान

फिक्कल (इलाम) । कुचो काट्ने खेतालालाई दिने ज्यालासमेत नपुग्ने भएपछि...

हात्तीको आक्रमणबाट महिलाको मृत्यु, श्रीमान घाइते

हात्तीको आक्रमणबाट महिलाको मृत्यु, श्रीमान घाइते

झापा । झापाको शिवसताक्षी नगरपालिकामा जङ्गली हात्तीको आक्रमणबाट एक महिलाको...

किसानलाई कृषि प्रविधि सिकाउन चैते धानको नमुना खेती

किसानलाई कृषि प्रविधि सिकाउन चैते धानको नमुना खेती

बनियानी । झापामा आधुनिक कृषि प्रविधि प्रयोग गरेर चैते धानको...

सगरमाथालाई हराउँदै इटहरी गोल्डकपको फाइनलमा त्रिभुवन आर्मी

सगरमाथालाई हराउँदै इटहरी गोल्डकपको फाइनलमा त्रिभुवन आर्मी

धरान । इटहरीमा जारी १४ औँ इटहरी गोल्डकपको सेमीफाइनमा साबिक...