back
CTIZAN AD

खर्चबाट अहिलेलाई यसरी जोगिनुहोस अमेरिकामा

वि.सं.२०७७ मंसिर २३ मंगलवार

837 

shares

केहि महिनाका लागि अमेरिकि नयाँ राष्ट्रपतिले कार्यभार जिम्मा नलिदासम्म प्रत्यक्ष क्यास स्टिमुलेट रकम खातामा जम्मा होला भनेर आशा नगर्नु। रहलपहल बेरोजगारि भत्ता बाहेक अन्य कुनै प्रत्यक्ष राहत हात पर्नेछैन केहि महिनाका लागि। मास्क बिना दगुर्ने, स्वास्थ्य गाइड लाइनलाई लत्याएर बिबाह भेला भोजमा बिना मास्क​, बिना सोसियल दुरि दगुर्ने, लामबद्द भै फोटो सेसन गर्ने, नाँच्ने, गाउने, तास खेल्ने र रमाइलो गर्नेहरुले होस गर्नु, काम गर्नु सुरक्षित रहि एबम सकेसम्म खर्च कटौति गर्नु यसबेला।

खर्च कटौतिका लागि केहि टिप्स पस्किदिएको छु अमेरिकामा बस्ने नेपालिहरुका लागि। मलाई बिश्वास छ यसबाट लाभ लिनु हुनेछ​।
१) सस्तो बिमा पोलिसि सपिङ्ग गर्नु।
२) घर हुनेले रिफाइनान्स गरिहाल्नु।
३) अहिलेलाई घर नकिन्नु।
४) अहिलेलाई नयाँ गाडी नकिन्नु।
५) टाढा ड्राइभिङ्ग नजानु।
६) भ्याकेसनका लागि यसपटक रोकिदा केहि फरक पर्दैन​।
७) शुल्कसहितका सपिङ्ग कार्डहरु हटाइदिनु।
८) नया क्रेडीट कार्ड नलिनु।
९) थुप्रै क्रेडीट कार्डको खर्च बोझ भ​ए कन्सोलिडेट अर्थात एकद्वार डेब्टमा जानु।
१०) घरको फोन हटाइदिनु यदि सेल फोन छ भने।
११) टिभि, सेलफोन​, घरको फोन​, इन्टरनेट एउटै कम्पनिबाट लिनु।
१२) थ्रिफ्ट स्टोरहरुमा सपिङ्ग गर्दा हुन्छ​। सस्तो पाइन्छ सामान​।
१३) बजारमा अनब्रान्डेड सामानहरु किन्नु। धेरै सस्तो पर्न जान्छ​।
१४) घरमै पकाएर खानु। बाहिर खान जान बन्द गर्नु अहिलेलाइ।
१५) महङ्गा मध्यपान​, धुम्रपान र सोडा बन्द गर्नुहोस​। पानि पिउदा हुन्छ​।
१६) अनाबश्यक​, नचाहिने सामानहरुमा आँखा नडुलाउदा हुन्छ अहिलेलाई।
१७) घरमा नचाहिने सामानहरु वा प्रयोगमा नआएका सामानहरु भ​ए इ-बे, एमाजोन, अनलाइनमा बेचिदिए हुन्छ​।
१८) घरका काममा नआएका सामानहरु यार्ड सेल वा फ्लि मार्केटमा लगि बेच्दा हातमा क्यास जम्मा हुन्छ​।
१९) अहिलेलाई नया ऋण लिने काम बन्द गर्नु।
२०) घरमै लुगा धुने र सुकाउने मेसिन राख्दा फाइदा छ​।
२१) घर हुनेले इनर्जि सेभिङ्ग बल्ब प्रयोग गर्नु।
२२) बत्ति धेरै नबाल्नु।
२३) टिभि, कम्प्युटर जस्ता चिजहरु आफु नभ​एका बेला अफ गर्नु।
२४) स्वस्थ बनि डाक्टर र औषधिको बिल घटाउनु।
२५) ग्रोसरि गर्दा सकेसम्म डिल​, डिस्काउन्ट र कुपनको प्रयोग गर्नु।
२६) समाजिक सन्जालको रमाइलोमा नबरालिनु। काम गर्नु।
२७) सकेसम्म बचेर घरबाट निस्कनु किनभने घरमा थुप्रिएर कमाइ घरको ढोकामा आउदैन​।
२८) एक्लोदुक्लो भ​ए लाइफ इन्सुरेन्स लिन जरुरि छैन​। यसबाट रकम बचाउनु।
२९) घरको आथिक प्लान बनाउनु।
३०) घरको खर्च र आयको प्लान बनाउनु।
३१) खानपिनको रुटीङ्गमा किफायति अपनाउनु।
३२) श्रीमान​-श्रीमति भित्र्याउन बेला हुनेले कोरोना भ​एसम्म पर्खिदाहुन्छ​।
३३) बिबाह एबम काज जस्तो खर्चालु काम अहिलेलाई रोक्नु।
३४) गरगहना, महङ्गा लुगाको रहर र इच्छा अहिलेलाइ थन्क्याएर राख्दा हुन्छ​।
३५) देखाउने, शो गर्ने खर्चालु एबम मै हुँ भन्ने खर्चालु सोच त्याग्नु अहिलेलाई।
३६) आर्थिकरुपमा इमान्दार बन्ने, इमान्दार कमाइ गर्ने र इमान्दारिता एबम होशियारि पुर्बक खर्च गर्ने।
यति गर्नु भयो भने तपाई कोरोनाको महामारिमा चेपिएको आर्थिक सकसबाट पार पाउनु हुनेछ र बच्न सक्नु हुनेछ नत्र आर्थिक मारमा चेपिनु होला। बेलैमा बुद्दि नपुर्याए पछि घर न घाटको भइएला फेरि।

वि.सं.२०७७ मंसिर २३ मंगलवार १९:१५ मा प्रकाशित

कन्सल्टेन्सी सञ्चालन गर्न २५ लाख अनिवार्य धरौटी : सही कि गलत ?

कन्सल्टेन्सी सञ्चालन गर्न २५ लाख अनिवार्य धरौटी : सही कि गलत ?

हाल सरकारले ‘शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा (सञ्चालन...

के दश वर्ष मै सामाजिक तथा राजनीतिक परिवर्तन हुन सक्छ ?

के दश वर्ष मै सामाजिक तथा राजनीतिक परिवर्तन हुन सक्छ ?

१.पृष्ठभूमि आधुनिक सामाजिक विज्ञानले देखाउँछ कि मानिसको आचरण, धर्मीय दृष्टिकोण...

निलो बस: महिला सुरक्षा कि रङको राजनीति?

निलो बस: महिला सुरक्षा कि रङको राजनीति?

नेपालीहरूको एउटा अनौठो स्वभाव छ। कसैले राम्रो काम गर्न खोज्यो...

आत्मसम्मानले समाजमा कस्तो प्रभाव पर्छ ?

आत्मसम्मानले समाजमा कस्तो प्रभाव पर्छ ?

आत्मसम्मान भनेको व्यक्तिको आफ्नै मूल्य वा व्यक्तिगत मूल्यको व्यक्तिपरक मूल्याङ्कन...

नक्कली कम्युनिस्ट नेता सक्कली जस्तो कसरी देखिने?

नक्कली कम्युनिस्ट नेता सक्कली जस्तो कसरी देखिने?

के तपाईं भित्री रूपमा कट्टर आस्तिक हुनु हुन्छ बाहिरी रूपमा...

कर्णेल उजिरसिंह थापालाई किन नेपालको राष्ट्रिय विभूति मान्ने ?

कर्णेल उजिरसिंह थापालाई किन नेपालको राष्ट्रिय विभूति मान्ने ?

कर्णेल उजिरसिंह थापाले वीरता र राष्ट्रिय सुरक्षामा पु¥याएको अतुलनीय योगदानको...