back
CTIZAN AD

बुद्ध जन्मभूमिबारेको त्रुटि सच्याउन प्रधानमन्त्रीको आग्रह

वि.सं.२०७७ मंसिर २३ मंगलवार

567 

shares

“अमेरिकाले बुद्ध नेपालमा नभई अन्यत्रै जन्मिएको भन्ने विषय पाठ्यपुस्तकबाट हटाएर नेपालमै जन्मिएको भनेर लेखेको छ”, उनले भने, “अन्य देशको पाठ्यक्रममा पनि त्रुटि भएको भए म सच्याउन आग्रह गर्दछु ।”

२३ मंसिर, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले धर्मका नाममा परस्परमा घृणा तथा द्वेष फैलाउने काम बन्द हुनुपर्ने बताएका छन् । कीर्तिपुर नगरपालिकाको चोभारस्थित सुलक्षण कीर्ति विहार परिसरमा ‘शान्ति सुद्धम्मावासा’ ज्येष्ठ नागरिक आवास गृहको आज शिलान्यास गर्दै उनले धर्मको मूलमन्त्र शान्ति र मेलमिलाप तथा एकता हुनुपर्ने बताएका हुन् । “हरेक धर्म मेलमिलापका लागि हुनपर्छ, फाटोको निम्ति होइन”, उनले भने, “बुद्ध दर्शनले हामीलाई यस कुरामा प्रष्ट गरेको छ ।”

प्रधानमन्त्री ओलीले शान्तिका अग्रदूत भगवान् गौतम बुद्ध नेपालको भूमिमा जन्मिएको भए पनि बुद्ध धर्मको प्रचार र लुम्बिनीको विकासमा विदेशीको भर पर्नुपर्ने अवस्थालाई अन्त्य गर्न सरकार लागिपरेको बताए । “लुम्बिनीको विकासका लागि आफ्नो कर्तव्य पूरा गर्न तीव्रताका साथ अगाडि बढ्नु जरुरी छ”, उनले भने ।

बुद्ध जन्मभूमिबारे फैलाइएका भ्रम पछिल्ला समय विश्वभरबाट हट्दै गएको उल्लेख गर्दै अमेरिकाले विद्यालयको पाठ्यक्रमबाट बुद्धको जन्मभूमिसम्बन्धी भ्रम सच्याएको जानकारी पाइएको बताए । “अमेरिकाले बुद्ध नेपालमा नभई अन्यत्रै जन्मिएको भन्ने विषय पाठ्यपुस्तकबाट हटाएर नेपालमै जन्मिएको भनेर लेखेको छ”, उनले भने, “अन्य देशको पाठ्यक्रममा पनि त्रुटि भएको भए म सच्याउन आग्रह गर्दछु ।”

लुम्बिनीलाई विश्वभरका बौद्धमार्गीको आस्थाको केन्द्रका रुपमा विकास गरिने उल्लेख गर्दै उनले लुम्बिनीमा निर्माण गर्न लागिएको पाँच हजार क्षमताको ध्यान केन्द्र निर्माण सम्पन्न हुने क्रममा रहेको बताए । प्रकृति र मानवबीच अन्योन्याश्रित सम्बन्ध रहेको बताउँदै प्रधानमन्त्रीले लुम्बिनीलाई प्रकृतिमय, मानवमैत्री, जीवनमैत्री ध्यान केन्द्रका रुपमा विकास गरिने प्रतिबद्धता व्यक्त गरे । “पारिस्थितिक प्रणालीको नमूनाका रुपमा हामी लुम्बिनीलाई विकास गर्दैछौँ”, उनले भने ।

पछिल्ला समय सत्यभन्दा स्वार्थ ठूलो भइरहेकाले समाजमा द्वन्द्व बढ्दै गएको भन्दै उनले स्वार्थको भन्दा पनि सत्यको पुजारी बन्न अपिल गरे । स्वार्थ हावी हुँदा आफूले देश र जनताका पक्षमा काम गर्दा पनि कुनै पक्षबाट सहयोग नपाएको प्रधानमन्त्रीले बताए । समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षालाई पूरा गर्न सरकार लागिपरेको उल्लेख गर्दै उनले अब कुनै पनि नेपालीले असुरक्षा र अभाव महसुस गर्नु नपर्ने बताए ।

“अब कसैले पनि म हेपिएँ, ठगिएँ, असुरक्षित र अभावग्रस्त छु भन्ने महसुस गर्नु पर्दैन, सरकार आवश्यक र औचित्यका आधार तथा जैविक र न्यायोचित रुपमा प्राप्त गर्नुपर्ने कुरा पूरा गर्न तयार छ ।” चन्दा नदिएकै भरमा केही अवाञ्छित तत्व व्यक्ति हत्यामा उत्रिएका भए पनि सरकार हत्या, हिंसा रोक्न क्रियाशील रहेको बताए । सबैले निर्भय भएर बाँच्न पाउने वातावरण सिर्जना गरिने उनको भनाइ थियो ।

कीर्तिपुर नगरपालिकाका प्रमुख रमेश महर्जनले आफू सो क्षेत्रमा सर्वदलीय संयन्त्रमा रहँदैदेखि नै विहारको विकासमा लागेको जानकारी गराउँदै ज्येष्ठ नागरिक आवास गृहको निर्माणमा सक्दो सहयोग गरिने प्रतिबद्धता व्यक्त गरे । विहारका प्रमुख डा अनोजा गुरुमांले ज्येष्ठ नागरिकलाई सम्मान र सुविधाका लागि रु ३० करोडको लागतमा आवासगृह निर्माण गर्न लागिएको बताइन् ।

सो अवसरमा प्रधानमन्त्री ओलीले आवासगृह निर्माण गर्न धर्मपत्नी राधिका शाक्यका तर्फबाट रु पाँच लाख सहयोग उपलब्ध गराइने घोषणा गरेका थिए । विहारले शारीरिक तथा मानसिक स्वास्थ्य सबल बनाउन विपश्यना ध्यान तथा जनस्वास्थ्यका क्षेत्रमा विभिन्न कार्यक्रम गर्दै आएको छ ।रासस

वि.सं.२०७७ मंसिर २३ मंगलवार २०:१४ मा प्रकाशित

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले रोल्पामा भारी वर्षापछि गएको...

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

रोल्पाको सुनछहरी गाउँपालिका–२ फलबाङमा पहिरोले घर पुरिँदा बेपत्ता भएका तीन...

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

काठमाडौँ ।सरकारले गत वर्ष भदौ २३/२४ मा भएको जेन–जी आन्दोलनका...

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

काठमाडौँ । प्रभु बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को...

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्वमहामन्त्री डा. धवलशमशेर...

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

चितवन । पृथ्वी राजमार्गाको नागढुङ्गा–मुग्लिन सडक खण्डको तेस्रो प्याकेज मुग्लिन–मलेखु...