
२४ मंसिर, काठमाडौँ । लोक सेवा आयोगले ५ सय बढीको संख्यामा अप्राविधिक अधिकृतको विज्ञापन गरेको छ ।
आयोगले राजपत्रांकित तृतीय श्रेणी (अप्राविधिक) शाखा अधिकृत वा सो सरह पदको खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाको विज्ञापन गरेको हो ।
आयोगले गरेको विज्ञापनमा राजपत्राङकृति तृतीय श्रेणी न्याय सेवा अप्राविधिक र राजपत्राङ्कित तृतीय श्रेणी(परराष्ट्र, प्रशासन, लेखापरीक्षण) संयुक्त र एकीकृत रहेका छन् ।