back
CTIZAN AD

तेस्रो टि-२० मा भारत १२ रनले पराजित, श्रृखला भने २-१ ले गर्यो आफ्नो नाममा

वि.सं.२०७७ मंसिर २४ बुधवार

669 

shares

२४ मङ्सिर, काठमाडौँ । भारत र अष्ट्रेलिया बिच सिड्नीमा भएको तेस्रो टि-२० मा अष्ट्रेलियाले भारतलाई १२ रनले पराजित गरेको छ ।

टस हारेर पहिले ब्याटिङ्ग गरेको अष्ट्रेलियाले २० ओभरमा ५ विकेट गुमाएर १८६ रन बनाएको थियो । अष्ट्रेलियाका ओपनर म्याथ्यु वेडले यस टि-२० श्रृखलामा लगातार दोस्रो अर्धसतक बनाएका थिए भने अलराउण्डर ग्लेन म्याक्सवेलले पनि यस टि-२० श्रृखलामा पहिलो अर्धसतक बनाएका थिए । ओपनर म्याथ्यु वेडले ५३ बलमा ८० रन बनाएर आउट भएका थिए भने ग्लेन म्याक्सवेल ३६ बलमा ५४ रन बनाएर आउट भएका थिए । भारतका लागि बलिङ्गमा भने वाशिंगटन सुन्दरले २, टि नटराजन र युजवेन्द्र चाहलले १/१ विकेट लिन सफल भए ।

अष्ट्रेलियाले दिएको १८७ रनको लक्ष्य भारतले पुरै २० ओभर खेल्दा पनि पुरा गर्न सकेन । भारतले २० ओभरमा ७ विकेट गुमाएर १७४ रन मात्र बनाउन सक्यो । भारतका लागि कप्तान विराट कोहलीले सर्वाधिक ८५ रन बनाएका थिए भने अष्ट्रेलियाका लागि बलिङ्गमा मिचल स्विपशनले सर्वाधिक ३ विकेट लिएका थिए ।

तेस्रो टि-२० मा भारत पराजित भएता पनि ३ खेलको टि-२० श्रृखला भने २-१ ले आफ्नो नाममा गरेको छ ।

वि.सं.२०७७ मंसिर २४ बुधवार ०९:३८ मा प्रकाशित

मिसन– २०२६ का खेलाडीलाई खेल पोशाक वितरण

मिसन– २०२६ का खेलाडीलाई खेल पोशाक वितरण

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले मिसन– २०२६ अन्तर्गत...

अर्जेन्टिना  विश्वकपको सेमिफाइनलमा

अर्जेन्टिना  विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । स्विटजरल्यान्डलाई ३–१ गोलले पराजित गर्दै साविक विजेता अर्जेन्टिना...

नर्वेलाई हराउँदै इङल्यान्ड विश्वकपको सेमिफाइनलमा

नर्वेलाई हराउँदै इङल्यान्ड विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । इङल्यान्ड २–१ गोलले नर्वेलाई पराजित गर्दै फिफा विश्वकप...

बेल्जियमलाई हराउँदै स्पेन फिफा विश्वकपको सेमिफाइनलमा

बेल्जियमलाई हराउँदै स्पेन फिफा विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । बेल्जियमलाई पराजित गर्दै स्पेन फिफा विश्वकप–२०२६ को सेमिफाइनलमा...

मोरक्कोलाई पराजित गर्दै फ्रान्स विश्वकपको सेमिफाइनलमा प्रवेश

मोरक्कोलाई पराजित गर्दै फ्रान्स विश्वकपको सेमिफाइनलमा प्रवेश

काठमाडौंँ । कप्तान किलियन एमबाप्पे र उसमान डेम्बेलेको गोलमा मोरक्कोलाई...

विश्व च्याम्पियनसिपमा कांस्य जितेका सुमन तिमिल्सिनालाई अमेरिकामा सम्मान

विश्व च्याम्पियनसिपमा कांस्य जितेका सुमन तिमिल्सिनालाई अमेरिकामा सम्मान

काठमाडौं । अमेरिकाको न्युयोर्कस्थित च्याम्पियन्स मार्सल आर्ट्सले नेपाली कराते खेलाडी...