back
CTIZAN AD

दुर्घटना भएको वर्ष दिन बित्दा पनि औषधोपचारको रकम पाएनन् पीडितले

वि.सं.२०७३ माघ २ आइतवार

954 

shares

piditharu

खगेन्द्र कार्की, २ माघ, इटहरी । गतवर्ष सांस्कृतिक पर्व माघे संक्रान्तिको अवसरमा मक्कर स्नान गरी देवघाटबाट फर्कदा धनुषाको गोदारमा भएको दुर्घटनाका घाइतेहरुले अझैसम्मक्षतिपूर्ति त के औषधोपचारको खर्च मिलान गराउन पनि इप्रका ढल्केबरले वेवास्ता गरेको छ ।
इटहरी–७ हाम्रो टोल विकासका महिलाहरुले भैलो खेलेर संकलन गरेको रकमबाट सामूहिक रुपमा मक्कर स्नान गर्न देवघाट जाने निर्णय गरी अधिकांश महिला र केही पुरुषहरु सो धार्मिक स्थल पुगेका थिए तर फर्कदा त्यो दिन अभिषाप बन्न पुग्यो ।
सिराहा–विराटनगर रुटमा चल्ने राजु थापाले सञ्चालन गरेको ना.४ ख. ५२९१ नम्बरको युनिषा ट्राभल्स रिजर्भ गरी देवघाटमा पुगेका इटहरी–७ का तिर्थालु भक्तजनहरु स्नान तथा पुजापाठ गरी फर्कने क्रममा धनुषाको गोदार (कमला पुल छेउ) मा गाडी पल्टिएर ३ दर्जन बढी महिला र केही पुरुष घाइते भएका थिए । ३५ जना तिर्थालु सवार रहेको सो बस दुर्घटनाबाट गम्भिर घाइते हुने महिलाहरुमासिर्जना कार्की, गायत्री भट्टराई, उर्मिला दाहाल, पवित्रा भट्टराई, कमला भट्टराई, जानुका नेपाल, सिता आचार्य, गंगा आचार्य, पदम कुमारी श्रेष्ठ, सितादेवी केशरी, सितादेवी केशरी र चन्द्रकला अधिकारी थिए । उनीहरुको विराटनगरस्थित न्युरो अस्पतालमा उपचार गरिएको थियो । ढल्केबर इलाका प्रहरी कार्यालयले गाडीसहित सञ्चालकलाई पक्राउ गरी केही दिन हिरासतमा बसेर छुटेका थिए ।
इटहरीदेखि धनुषासम्मको लामो बाटो, मधेस आन्दोलनको असरका कारण इटहरीबासी सो स्थलमा पुग्न निकै चुनौति व्यहोर्नु पर्ने अवस्था रहँदा रहँदै पनि ढल्केबर इलाका प्रहरी कार्यालयमा उजुरी दर्ता गरिएको थियो । इलाका प्रहरी कार्यालयले ३ महिनाको समयसीमा तोकि लागेको खर्च उपलब्ध गराउने सर्तमा हस्ताक्षर गराई गाडी छोडिएको थियो । तर तीन महिना बितेपछि गम्भिर घाइते भएकाहरुको बिलको आधारमा २५ प्रतिशत रकम उपलब्ध गराएपनि प्रक्रिया, सोधपुछका लागि पटक पटक इटहरीदेखि धनुषासम्म यात्रा गरेको यातायात खर्च कट्टा गरी उपलब्ध गराएको न्युन रकम घाइतेको हातमा परेको भए पनि बाँकी रकम अहिलेसम्म हात पार्न नसकेको दुखेसो घाइते महिलाहरुको रहेको छ ।
आफ्नो गाउँको विषय भएको हुनाले गाडीको अवस्था, कारवाहीको प्रक्रिया र रकम भुक्तानी सम्बन्धमा कुराकानी गर्न म आफै इलाका प्रहरी कार्यालय ढल्केबरमा पुगेको थिएँ । कुराकानीका क्रममा सो इलाकाका प्रहरी निरीक्षकले समयमै रकम असुल गराउने, असुल नगरे पुनः गाडी तानेर ठानामा राख्ने आश्वासन समेत दिएका थिए, तर पछि पटक पटक फोन सम्पर्क गर्दा फोन सम्पर्कमा नआएर एउटा गाउँ नै रोएको पीडालाई वेवास्ता गरेको छ ।
गाडीका प्राविधिक पक्षहरुमा धेरै कमी कमजोरी रहँदा रहँदै भएको दुर्घटनामा इटहरी–७ का स्थानीयबासीले दुर्घटनालाई सामान्य रुपमा लिई अमानवीय ढंगले रकम असुल उपर नगरी अस्पतालमा लागेको खर्च मात्र व्यहोर्न लगाउने सम्मको लचकता अपनाएर कुराकानी गरेका थिए । गाडीवालाको चरम लापरवाहीले दुर्घटनामा परी अंगभंग त बनायो नै, अस्पतालका खर्च भुक्तानीका निम्ति राखेको आस पनि टरेर गयो–घाइते महिलाको गुनासो रहेको छ ।

वि.सं.२०७३ माघ २ आइतवार ०४:११ मा प्रकाशित

मोटरसाइकलसहित बगाएका चालकको सकुशल उद्धार

मोटरसाइकलसहित बगाएका चालकको सकुशल उद्धार

कैलाली । कैलालीको मोहन्याल गाउँपालिका–७ स्थित पितमारी खोलामा आएको बाढीले...

प्रतिनिधिसभाः उठाइएका विषयमा स्पष्ट पार्न विपक्षीको आग्रह

प्रतिनिधिसभाः उठाइएका विषयमा स्पष्ट पार्न विपक्षीको आग्रह

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा विपक्षी दलका सांसदहरूले लामो समयदेखि...

प्रतिनिधिसभा बैठक सुरूः ढल्केबरमा ‘ट्रमा सेन्टर’ निर्माणबारे जवाफ माग

प्रतिनिधिसभा बैठक सुरूः ढल्केबरमा ‘ट्रमा सेन्टर’ निर्माणबारे जवाफ माग

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकको मधेस प्रदेशको ढल्केवरमा राष्ट्रियस्तरको ट्रमा...

कक्षा ८ पूरा गर्न नसकेका १३७ बालबालिकालाई वैकल्पिक शिक्षा

कक्षा ८ पूरा गर्न नसकेका १३७ बालबालिकालाई वैकल्पिक शिक्षा

भद्रपुर (झापा) । कनकाई नगरपालिकाले कक्षा ८ पूरा गर्न नसकेका...

इन्ड्राइभ राइडरहरू आन्दोलितः उचित भाडादर र बीमा सुरक्षाको माग गर्दै कुपण्डोलमा प्रदर्शन

इन्ड्राइभ राइडरहरू आन्दोलितः उचित भाडादर र बीमा सुरक्षाको माग गर्दै कुपण्डोलमा प्रदर्शन

काठमाडौँ । राइड-सेयरिङ प्लेटफर्म इन्ड्राइभमा आबद्ध चालकहरू आफ्ना सेवा–सुविधा र...

जय नेपाल इन्टरनेसनल फाउन्डेसनद्वारा ४२ दलित विद्यार्थीलाई स्टेशनरी तथा खेलकुद सामग्री सहयोग

जय नेपाल इन्टरनेसनल फाउन्डेसनद्वारा ४२ दलित विद्यार्थीलाई स्टेशनरी तथा खेलकुद सामग्री सहयोग

बैतडी । बैतडीको पाटन नगरपालिका–४, जेउडेस्थित मसानि दलित आधारभूत विद्यालयका...