back
CTIZAN AD

मिस एण्ड मिसेस ब्युटिफुल नेपाल २०१७ को ताज ढुंगाना र कर्माचार्यको हातमा

वि.सं.२०७३ माघ २ आइतवार

966 

shares

mis and miss

काठमाण्डौं ।  दक्ष इन्टरनेशनल प्रालिको आयोजनामा भएको मिस र मिसेस ब्यसटिफुल नेपाल २०१७ को दोस्रो र पहिलो संस्करणको उपाधी अपेक्षा ढुंगाना र सुनिता कर्माचार्यल जितेका छन् । काठमाण्डौंको जमल स्थित राष्ट्रिय नाचघरमा सम्पन्न सो प्रतियोगीतामा अपेक्षा ढुंगानाले १९ जना प्रतिस्पर्धीलाई पछि पार्दै मिस ब्युटिफुल नेपाल २०१७ को ताज जित्न सफल भएकी थिइन् भने सुनिता कर्माचार्यले ७ जना प्रतिस्पर्धीलाई पछि पार्दै मिसेस ब्युटिफुल नेपाल २०१७ को उपाधि आफ्नो हातमापार्न सफल भएकी थिइन् ।
साथै मिस ब्युटिफुल नेपाल २०१७ तर्फकी बिजेता अपेक्षाले बेस्ट स्माइल समेत उपाधि हातपरेकी थिइन त्यसैगरी मिसेस ब्युटिफुल नेपाल २०१७ तर्फकि बिजेता कर्माचार्यले बेस्टहेयर र बेष्ट पर्सनालिटीको उपाधि हात पार्न सफल भएकी थिइन् । त्यसै गरी मिस ब्युटिफुल नेपाल २०१७ तर्फमा फस्ट रनर अपमा एलिना बस्नेत र सेकेण्ड रनर अपमा कृति सिग्देल र थर्ड रनरअपमा युनिसा लामाले उपाधि हात पारेकी थिइन । त्यस्तै मिस ब्युटिफुल नेपाल २०१७ तर्फ भएको विभिन्न उपाधि अन्तर्गत मस्ट पपुलर बिन्दु न्यौपाने, मिस क्याट्वाल्क कृति सिग्देल,मिस ट्यालेन्ट, बेस्ट स्पीच एलिना बस्नेत, बेस्ट हेयर र मस्ट फ्रेन्डली अरिजा शाक्य,बेस्ट स्किन रोजी कपाली, बेस्ट पर्सनालिटी दिपाशा कपाली, मस्ट चार्मिङ्ग रोशनी
अधिकारि,बेस्ट फिटनेस कबिता रिजाल, मिस कन्जनालिटि रोजिना बानिया, मस्ट डिसिप्लिन पुजा लामिछाने,मस्ट ब्युटिफूल आईज स्वस्तिका श्रेष्ठ, बेस्ट फिजिक्स मनिषा महर्जन, फेसन आइकन अवार्ड चण्डिका श्रेष्ठ, मस्ट याक्टिभ नन्दनी श्रेष्ठ, मस्ट कन्फिडेन्ट रेबिका ढुंगेल, मस्टफोटो जेनिक युनिषा लामा, फेसबुक च्वाईस मनिला थापा र म्याञ्ज्मेण्ट च्वाईसमा प्रियंका शाहले सब टाइटल जित्न सफल भएका थिए । मिसेस ब्युटिफूल नेपाल २०१७ तर्फको विभिन्न विधामा सम्पन्न प्रतिस्पर्धामा फस्ट रनरअपमा रबेस्ट फिटनेस बिना तामांग, सेकेण्ड रनर अपमा र बेस्ट स्किन अमृता राना मस्ट पपुलर बेस्टफिजिक्स र फेसबुक च्वाइस सोनी चौरसिया, बेस्ट क्याट्वाल्क र बेस्ट फोटोजेनिक समिताश्रेष्ठ, बेस्ट ट्यालेन्ट रेखा सिंगल र मस्ट फ्रेन्डली पुष्पा बज्राचार्य घोषित भए । मिसएण्ड मिसेस युटिफूल नेपाल २०१७ सौन्दर्य प्रतियोगिताको अन्य विभिन्न सौन्दर्य प्रतियोगिताहरुमा कोरियोग्राफी गरेर चर्चा बटुलेका चर्चित कोरियोग्राफर आस्विनी झाले कोरियोग्राफी गरेका थिए ।
नयाँ प्रतिभालाई मोडलिङ क्षेत्रमा भित्राएर उनीहरुलाई व्यवसायिक मोडल बनाउन मिसब्युटिफूल नेपाल २०१७ र मिसेस ब्युटिफूल नेपाल २०१७ आफुहरुले आयोजना गर्दै आएको आयोजक सँस्थाका अध्यक्ष टेक राज पाण्डेले बताए । उक्त प्रतियोगिताको निर्णायकमा चर्चित नायक सरोज खनाल, चर्चित नायिका संचिता लुइटेल, चलचित्र निर्देशक समाजकी अध्यक्ष सुचित्रा श्रेष्ठ, संचारकर्मी, कलाकार तथा समाजसेवी सुर्यचन्द, नायिका जस्मिन श्रेष्ठ, इभेन्ट अर्गाइनजर निशु कान्त झा, संचारकर्मी सरोज प्याकुरेल रहेका थिए । मिस ब्युटिफूल नेपाल २०१७ र मिसेस
ब्युटिफूल नेपाल २०१७ को कार्यक्रम संचालन कोरियोग्राफर आश्वीनी झाले गरेका थिए ।

वि.सं.२०७३ माघ २ आइतवार ०५:०४ मा प्रकाशित

असामान्य जोडीको कथामा तयार गरिएको ‘गौँथली’

असामान्य जोडीको कथामा तयार गरिएको ‘गौँथली’

काठमाडौँ । असामान्य जोडीको कथामा आधारित रहेर चलचित्र ‘गौँथली’ तयार...

गुरु आमा’प्रति पत्रकारदेखि पर्यटन व्यवसायी आकर्षित

गुरु आमा’प्रति पत्रकारदेखि पर्यटन व्यवसायी आकर्षित

काठमाडौं । नेपाली कथानक चलचित्र ‘गुरु आमा’प्रति पत्रकारदेखि पर्यटन व्यवसायीसम्म...

म्याग्दीको सुन्दर गाउँ गुर्जामा  पहिलोपटक चलचित्र छायाङ्कन

म्याग्दीको सुन्दर गाउँ गुर्जामा पहिलोपटक चलचित्र छायाङ्कन

बेनी (म्याग्दी) । धवलागिरि गाउँपालिका–१ गुर्जामा पहिलोपटक चलचित्रको छायाङ्कन गरिएको...

‘गुरु आमा’ हेर्ने दर्शकले भरिए काठमाडौँका सिनेमाहल, चर्चित कलाकारका फिल्म फिक्का

‘गुरु आमा’ हेर्ने दर्शकले भरिए काठमाडौँका सिनेमाहल, चर्चित कलाकारका फिल्म फिक्का

  काठमाडौं । नेपाली चलचित्र बजारमा यसपटक अनपेक्षित रूपमा चलचित्र...

‘लालीबजार’ प्रदर्शनमा

‘लालीबजार’ प्रदर्शनमा

काठमाडौँ । चलचित्र ‘लालीबजार’ आजदेखि प्रदर्शनमा आएको छ । उच्च...