काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषदको बैठक बोलाएका छन्। उनले आगामी मंसिर २८ गते आइतबार ९ बजे परिषदको बैठक बोलाइएकाे बालुवाटार स्राेतले जनाएकाे छ ।
सत्तारूढ दलभित्रै र प्रमुख प्रतिपक्षी दलसँग पनि भागबन्डा नमिल्दा झण्डै ४ दर्जन पद रिक्त छन्। संवैधानिक आयोगहरूले पूर्णता पाउन सकेका छैनन् ।
हाल राष्ट्रिय मानवअधिकार आयोग र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा प्रमुख सहित चार र दुई सदस्य खाली छन्। निर्वाचन आयोगमा दुई आयुक्त खाली छन्।
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगमा पनि सदस्यहरू रिक्त छन्। राष्ट्रिय महिला आयोग, राष्ट्रिय दलित आयोग पनि पदाधिकारी विहीन छ ।
वि.सं.२०७७ मंसिर २५ बिहीवार १७:४० मा प्रकाशित






























