२६ मङ्सिर, काठमाडौँ । भरतपुर महानगरपालिकाको रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा गौतमबुद्ध कप, २०२० क्रिकेट प्रतियोगिता मङ्सिर २७ गतेदेखि शुरु हुन गईरहेको छ ।
मङ्सिर २७ बाट शुरु हुने प्रतियोगितामा ३ टिमले भाग लिने छन् । नेपाली क्रिकेट टिमका पुर्वकप्तान पारख खड्काको कप्तानीमा टिम नारायणी रहेको छ भने राष्ट्रिय टिमका कप्तान ज्ञानेन्द्र मल्लको कप्तानीमा टिम वाग्मती र विनोद भण्डारीको कप्तानीमा टिम राप्ती रहेको छ ।
प्रतियोगिताको पहिलो खेलमा मङ्सिर २७ गते ज्ञानेन्द्र मल्लको वाग्मती र पारस खड्काको नारायणी भिड्ने छन् । दोस्रो खेलमा मङ्सिर २८ गते वाग्मती र विनोद भण्डारीको राप्ती भिड्नेछन् भने मङ्सिर २९ गते तेस्रो खेलमा राप्ती र नारायणी भिड्ने छन् । शीर्ष दुईमा रहने टोली फाइनलमा प्रवेश गर्नेछ । प्रतियोगिताको फाइनल खेल मङ्सिर ३० गते हुने ।
४ दिन सम्म चल्ने प्रतियोगिताका लागि ३ टिम १४/१४ खेलाडी आफ्नो टिममा समावेश गरेका छन् ।
पारख खड्को कप्तानीमा रहेको नारायणीको टिम यस प्रकारको रहेको छ:
पारख खड्का, सुवाश खकुलेर, करण केसी, किशोर महतो, सुशन भारी, शाहब आलम, आरिफ शेख, सन्दिप जोरा, रित गौतम, सिद्धान्त लोहनी, ईशान पान्डे, राजु रिजाल, दिपेश श्रेष्ठ, बिवेक यादव ।
ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको बाग्मतीको टिम यस प्रकारको रहेको छ :
ज्ञानेन्द्र मल्ल, अनिल शाह, सोमपाल कामी, राशिद खान, ललित राजवंशी, सागर ढकाल, रोहित कुमार पौडेल, पवन सरार्फ, सुनिल धमला, बिक्रम शोब, प्रदिप ऐरी, भिम सार्की, आकाश थापा, संघर्ष पौडेल ।
विनोद भण्डारीको कप्तानीमा रहेको राप्तीको टिम यस प्रकारको रहेकोे छ :
विनोद भण्डारी, कुसल भुर्तेल, अभिनाश बोहरा, कमल सिंह ऐरी, सुर्य तामाङ, भुवन कार्की, शरद भेषवाकर, लोकेश बम, आशिफ शेख, जितेन्द्र मुखिया, अमिल श्रेष्ठ, सुमित महर्जन, हरि चौहान, स्वप्निल अधिकारी ।

वि.सं.२०७७ मंसिर २६ शुक्रवार १६:०५ मा प्रकाशित




























