काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सडक प्रदर्शनका लागि नारा तय गरेको छ । आगामी मंसिर २९ मा गर्न लागेको प्रदर्शनका लागि कांग्रेसले नारा तय गरेको हो ।
कांग्रेसले विभिन्न १० वटा नारा बनाएको छ । जसमा कांग्रेसले संघीय, लोकतान्त्रिक गणतन्त्र जिन्दावादलाई पहिलो नाराको रुपमा राखेका छ । कांग्रेसले सरकारको सर्वसत्तावादी सोंच, तनहुँ घटना, महिला हिंसा र बलात्कार, भ्रष्टाचार, कोरोना महामारी, औषधी र मल अभावलाई पनि समेटेको छ ।
स्थानीय आवश्यकताअनुसार जिल्ला समितिले नारा थप गर्न सक्ने पनि जनाइएको छ । कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार आगामी मंसिर २९ मा ७७ जिल्लामा एकैसाथ सडक प्रदर्शन हुनेछ ।
गत मंसिर १७ मा तनहुँको दमौलीमा पुल उद्घाटन गर्न गएका कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि प्रहरीले अवरोध गरेको थियो । जुन घटनाबाट आक्रोशित कांग्रेसले त्यति नै खेर सडक आन्दोलन गर्ने घोषणा गरेको थियो ।
यस्तो छ कांग्रेसले सार्वजनिक गरेको विज्ञप्ती

वि.सं.२०७७ मंसिर २६ शुक्रवार १६:२९ मा प्रकाशित






























