back
CTIZAN AD

कलङ्कीमा भएको ट्रक दुर्घटनामा थप दुईको मृत्यु

वि.सं.२०७७ मंसिर २७ शनिवार

675 

shares

२७ मंसिर, काठमाडौं । काठमाडौँको कलङ्कीमा शुक्रबार साँझ भएको ट्रक दुर्घटनामा परेका थप दुईको आज मृत्यु भएको छ ।

घटनास्थलबाट ट्रक निकाल्ने क्रममा आज बिहान ट्रकमा च्यापिएको अवस्थामा एक जनाको शव फेला परेको र अर्का एक जनाको उपचारका क्रममा मृत्यु भएको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

ट्रक अनियन्त्रित भई दुर्घटना हुँदा मृत्यु हुनेमा धादिङको थाँक्रेका ४२ वर्षीय राजु पौडेल र अर्का रञ्जितकुमार चौधरी रहेको परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक अशोक सिंहले जानकारी दिए । चौधरीको उपचारका क्रममा मृत्यु भएको हो । यसअघि घटनास्थलमै ओखलढुङ्गा घर भई सडकमा मागी हिँड्ने शङ्कर परियारको मृत्यु भएको थियो ।

उक्त घटनामा घाइते भएका रामचन्द्र सिंखडा, सुमन मानन्धर, विशाल श्रेष्ठ, गणेश शर्मा, साजन खत्री, सन्ध्या थिङ र रामबहादुर खरालको उपचार जारी छ । हेटाँैडाबाट सिमेन्ट बोकेर आउँदै गरेको प्रदेश २–०३००१ ख १४२० नम्बरको ट्रक अनियन्त्रित भई कलङ्कीस्थित कालिका पेट्रोलपम्प नजिक ओरालोबाट पर्खाल भत्काउँदै घरमा ठोक्किन पुगेको थियो ।

परिसरका प्रवक्ता प्रमेश विष्टका अनुसार ब्रेक फेल भएर ट्रक दुर्घटना भएको अनुमान छ । उक्त ट्रकले अन्य स्कुटर, साइकल, मोटरसाइकल, ट्याक्सी र गाडीमा समेत क्षति पु¥याएको प्रहरीले जनाएको छ । घरभित्रसमेत क्षति पु¥याएको विष्टले जानकारी दिए। रासस

वि.सं.२०७७ मंसिर २७ शनिवार १४:१४ मा प्रकाशित

एक खर्ब निक्षेप सङ्कलन गर्न बोलकबोल आह्वान

एक खर्ब निक्षेप सङ्कलन गर्न बोलकबोल आह्वान

काठमाडौँ । नेपाल राष्ट्र बैंकले रु एक खर्ब बराबरको निक्षेप...

नेप्से परिसूचक १४ अङ्कले बढ्यो

नेप्से परिसूचक १४ अङ्कले बढ्यो

काठमाडौँ ।  धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

न्युयोर्कमा नेपाली–अमेरिकन व्यापार तथा लागानी सम्मेलन हुने

न्युयोर्कमा नेपाली–अमेरिकन व्यापार तथा लागानी सम्मेलन हुने

काठमाडौँ । नेपाल र अमेरिकाबीच व्यापार, लगानी, उद्यमशीलता, नवप्रवर्तन तथा...

जल तथा मौसमजन्य विपद् जोखिम सम्बन्धी पूर्वसूचना प्रवाह गर्ने सम्बन्धमा सम्झौता

जल तथा मौसमजन्य विपद् जोखिम सम्बन्धी पूर्वसूचना प्रवाह गर्ने सम्बन्धमा सम्झौता

काठमाडौँ । नेपाल टेलिकम र जल तथा मौसम बिज्ञान विभागबीच...

एमालेका तीन मन्त्री र एक राज्यमन्त्री पदमुक्त

एमालेका तीन मन्त्री र एक राज्यमन्त्री पदमुक्त

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नेपाल कम्युनिष्ट पार्टी...

निजी क्षेत्रलाई सरकारले उच्च प्राथमिकता दिएको छः प्रधानमन्त्री

निजी क्षेत्रलाई सरकारले उच्च प्राथमिकता दिएको छः प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले देशको पर्यटन प्रवद्र्धनका निम्ति द्रुत...