back
CTIZAN AD

कृषि तथा पशुपक्षीको विकास र उत्पादनका लागि रु ६७ लाख बजेट विनियोजन

वि.सं.२०७७ मंसिर २७ शनिवार

633 

shares

२७ मंसिर, वाग्मती । वाग्मती प्रदेशको राजधानी हेटौँडा उपमहानगरपालिकाले पशुपक्षी तथा कृषि क्षेत्रको संरक्षण, विकास र उत्पादकत्व वृद्धिका लागि चालू आर्थिक वर्षमा रु ६७ लाख भन्दाबढी बजेट विनियोजन गरेको छ ।

साथै उपमहानगरपालिका क्षेत्रमा लामो समयदेखि रहेको बाँझो खेतीयोग्य जमीन उपयोगमा ल्याउनसमेत बजेट विनियोजन भएको सो जनाइएको छ । बाँझो जमीन उपभोग कार्यक्रमअन्तर्गत चालू आर्थिक वर्षमा रु १० लाख बजेट विनियोजन गरिएको छ । हेटौँडाका साविक ११ वडा मात्र रहेका र पछि थपिएका वडामा बाँझो जमीन राखेर विदेश जाने खेत बाँझो हुने समस्या बढेको छ । बाँझो जमीनलाई खनजोत गर्ने तथा तरकारी र अन्नबाली उत्पादन गर्ने किसानलाई प्राथमिकता दिएर उक्त कार्यक्रम ल्याइएको छ ।

खेतीयोग्य जमीन बाँझो राखेर विदेश जाने र रोजगारीका लागि भौतारिने जस्ता कार्यबाट मुक्त गर्न यो कार्यक्रम ल्याइएको उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतले बताए । त्यस्तै चालू आर्थिक वर्षमा कृषिबाली क्षतिपूर्ति अनुदानका लागि पनि रु १० लाख बजेट विनियोजन गरिएको छ ।

किसानले आफ्ना खेतबारीमा लगाएका बाली कुनै कारणले उत्पादन हुन नसके वा हानि नोक्सानी भएमा उक्त क्षतिपूर्तिको कार्यक्रम ल्याइएको हो । उपमहानगरपालिकाबाट प्राप्त विवरणअनुसार गाई, बाख्रा, बङ्गुर र पाडापाडीपालन प्रोत्साहनका लागि बजेट विनियोजन गरिएको उल्लेख गरिएको छ ।

नगरका विभिन्न क्षेत्रमा गाई प्रवद्र्र्धन कार्यक्रमअन्तर्गत रु २१ लाख ३३ हजार बजेट विनियोजन गरिएको छ । लागत साझेदारीमा बङ्गुर प्रवद्र्धन कार्यक्रमका लागि चालू आर्थिक बर्षमा रु १० लाख छुट्याएर काम गर्न लागिएको प्रमुख महतले जानकारी दिए ।

त्यस्तै साना र व्यावसायिक बाख्राको उत्पादन पकेट विकास कार्यकमअन्तर्गत रु १५ लाख बजेट विनियोजन गरी उक्त कार्यक्रम शुरु गरिएको उनले बताए। साथै कृषि तथा पशुपक्षीसम्बन्धि तथ्याङ्क अध्यावधिक कार्यक्रम यो वर्ष गर्न लागिएको र त्यसका लागि रु एक लाख रकम छुट्याइएको छ । रासस

वि.सं.२०७७ मंसिर २७ शनिवार १४:५८ मा प्रकाशित

ग्लोबल बैंकले स्थिर सम्पत्ति बिक्री गर्दै, ७ दिनभित्र प्रस्ताव आह्वान

ग्लोबल बैंकले स्थिर सम्पत्ति बिक्री गर्दै, ७ दिनभित्र प्रस्ताव आह्वान

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो एक शाखा कार्यालयको...

चार मन्त्रीद्वारा सामूहिक राजीनामा

चार मन्त्रीद्वारा सामूहिक राजीनामा

सुर्खेत । कर्णाली प्रदेश सरकारमा सहभागी नेपाली कांग्रेसका मन्त्रीहरूले सामूहिक...

नेप्से परिसूचक छ दशमलव ११ अङ्कले बढ्यो

नेप्से परिसूचक छ दशमलव ११ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

दुई विधेयक दफावार छलफलका लागि समितिमा पठाउने प्रस्ताव स्वीकृत

दुई विधेयक दफावार छलफलका लागि समितिमा पठाउने प्रस्ताव स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभाले विभिन्न दुई विधेयक दफावार छलफलका लागि सम्बन्धित...

पहिरो पन्छाएर नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

पहिरो पन्छाएर नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

चितवन । नारायणगढ–मुग्लिन सडकको १५ ठाउँमा खसेको पहिरो हटाएपछि सडक...

चालु आर्थिक वर्षके ११ महिनामे २१ खरब २० अरब रेमिट्यान्स आएल

चालु आर्थिक वर्षके ११ महिनामे २१ खरब २० अरब रेमिट्यान्स आएल

काठमाण्डौँ । चालु आर्थिक वर्षके ११ महिनामे नेपालमे २१ खरब...