२८ मङ्सिर, काठमाडौँ । चितवनको भरतपुरमा निर्माणाधीन गौतमबुद्ध क्रिकेट रंगाशालामा जारी गौतमबुद्ध कपअन्तर्गतको दोस्रो खेलमा टिम राप्तीले टिम बागमती विरुद्ध १२ रनले जित निकालको छ ।
टस हाररे पहिले ब्याटिङ्ग गरेको टिम राप्तीले आफ्नो २० ओभरमा ९ विकेट गुमाएर १२९ रन बनाएको थियो । राप्तीका लागि ब्याटिङ्गमा अमित श्रेष्ठले २६, कप्तान विनोद भण्डारी र शरद भेषवाकरले २१/२१ रन बनाएका थिए । टिम बागमतीका लागि बलिङ्गमा भने सामपाल कामी, सागर ढकाल र राशिद खानले सर्वाधिक २/२ विकेट लिएका थिए ।
१३० रनको सामान्य लक्ष्य पछाएको टिम बागमतीले पुरै २० ओभर पनि खेल्न सकेन । टिम बागमती १९.४ ओभरमा ११८ रन बनाउदाँ अलआउट हुन पुगेको थियो । बागमतीका लागि ब्याटिङ्गमा सोमपाल कामीले २८ बलमा ३५ रनको पारी खेलेता पनि टिमलाई जित दिलाउन भने सकेन्न् । राप्तीका लागि बलिङ्गमा अभिनास बोहरा, कमलसिंह ऐरी, बसन्त कार्की र जितेन्द्र मुखियाले उत्कृष्ट बलिङ्ग गदौँ सर्वाधिक २/२ विकेट लिएका थिए ।
लगातार दुई खेलमा पराजित भएपछि ज्ञानेन्द्र मल्लको टिम बागमती गौतमबुद्ध कपबाट बाहिरिएको छ ।
वि.सं.२०७७ मंसिर २८ आइतवार १५:२५ मा प्रकाशित




























