back
CTIZAN AD

सकियो लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान

वि.सं.२०७७ मंसिर २८ आइतवार

966 

shares

२८ मंसिर, काठमाडौ । ‘लैङ्गिक हिंसा अन्त्यको प्रतिवद्धता : व्यक्ति समाज र सबैको ऐक्यबद्धता’ भन्ने नाराका साथ मङ्सिर १० देखि शुरू भएको लैङ्गिक हिंसा अन्त्यको १६ दिने अभियानको अवसरमा देशैभरी नेपाल रेडक्रस सोसाइटीले विविध कार्यक्रमहरु सम्पन्न गरेको छ ।

यस अवसरमा डिसेम्बर १० ९मंसीर २५० मा नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालयमा लैङ्गिक हिंसा अन्त्यको प्रतिवद्धतासहित ऐक्यबद्धता जनाउँदै नेरेसोका केन्द्रीय अध्यक्ष डा. नेत्र तिम्सिना, महामन्त्री पिताम्बर अर्याल, कोषाध्यक्ष सीताराम कोइराला, उप कोषाध्यक्ष होम पाठक तथा केन्द्रीय सदस्यहरू र कर्मचारीहरूले लैङ्गिक हिंसा अन्त्यको प्रतिवद्धता गर्दै आचारसंहितामा हस्ताक्षर गरेका छन्। सो अवसरमा नेपाल रेडक्रस सोसाइटीको विधानमै कम्तिमा ३३ प्रतिशत महिला सहभागिताको सुनिश्चितता गरेर लैङ्गिक हिंसा अन्त्यका लागि कार्य गर्ने प्रतिवद्धता नेपाल रेडक्रसका अध्यक्ष डा. तिम्सिनाले गरे। मानवअधिकारको सुनिश्चितता गर्न सके सबै वर्ग विरूद्धको सबै प्रकारका हिंसा अन्त्य गर्न सम्भव हुने उनले बताए ।

आइतबार लैङ्गिक हिंसाको रोकथाम तथा प्रतिकार्यका लागि मानवीय संस्थाको भूमिकाका विषयमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको थियो । महिला, कानुन र विकास मञ्चका कार्यकारी निर्देशक सबिन श्रेष्ठ, अपाङ्ग महासङ्घ, नेपालका कार्यक्रम प्रवन्धक मनिष प्रसाइँ र निलहीरा समाजका कार्यक्रम फोकल भक्ति शाहलेसमुदायमा हुने विभिन्न खालका हिंसा र हिंसा अन्त्यका लागि मानवीय संस्थाको भूमिकाका विषयमा प्रस्तुतीकरण गर्नुभएको नेरेसोका सञ्चार निर्देशक दिव्यराज पौडेलले जानकारी दिए ।

अन्तरक्रियामा नेपाल रेडक्रस सोसाइटीका महामन्त्री पिताम्बर अर्यालले नेपाल रेडक्रसका प्रदेश तथा जिल्ला शाखामार्फत १६ दिने अभियानभरि देशैभर विविध गतिविधिहरूको आयोजना गरिएको जानकारी दिदै विभिन्न अध्ययनले महिला माथिको हिंसा बढी देखिएकोले हिंसाको विरुद्ध उजुरी गर्नुपर्ने र त्यसमा नेपाल रेडक्रसले शुन्य सहनशिलताको नीति अपनाइने प्रतिबद्धता व्यक्त गरे ।

१६ दिने अभियान सफलताका साथ सम्पन्न गरेकोमा नेपाल रेडक्रसलाई धन्यवाद दिँदै रेडक्रसको अन्तर्राष्ट्रिय महासङ्घका नेपाल प्रमुख अज्मत उल्लाहले महासङ्घको प्रतिवद्धताअनुसार यौन तथा लैङ्गिक हिंसा अन्त्यका लागि नेपाल रेडक्रससँग सहकार्य गर्ने बताए ।

नेपाल रेडक्रस सोसाइटीका कार्यकारी निर्देशक उमेशप्रसाद ढकालले हिंसा अन्त्यका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिवद्धतावमोजिम नेपाल रेडक्रसको पहलकदमीका विषयमा प्रकाश पारेका थिए ।

लैङ्गिक हिंसाको अन्त्यका लागि मनाइने १६ दिने अभियानका सन्दर्भमा विगत १६ दिनदेखि नै नेपाल रेडक्रस सोसाइटीले सातै प्रदेश समिति र जिल्ला शाखाहरूसँग भर्चअल अन्तरक्रियामार्फत् लैङ्गिक हिंसाको अवस्था र कानुनी उपचारका विषयमा जानकारी गराएको थियो ।

अभियानकै सिलसिलामा सहयोग उपलव्ध गराइयो :
१६ दिने अभियानका क्रममा कोभिड तथा अन्य आपतकालीन अवस्थामा हिंसामा परेका तथा पर्न सक्ने महिला, बालबालिका, अपाङ्गता भएका व्यक्ति, यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक तथा मजदुर वर्गलाई नगद सहयोग तथा सरसफाइ, स्वच्छता र मर्यादा सामग्री नेपाल रेडक्रसले वितरण गरेको छ ।

केन्द्रीय कारागारमा रहेका ३७६ जना महिलालाई १५ प्रकारका सामग्रीसहितको मर्यादा किट र तिनका १४ जना आश्रित बालबालिकालाई न्यानो लुगा, पौष्टिक आहार, शैक्षिक सामग्री तथा फलफूल वितरण गरिएको छ । त्यस्तै निलहीरा समाजका १०० जना यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक, सितापाइला क्षेत्रका २९ जना मजदुरका परिवार र ललितपुरको ठैव क्षेत्रका पाँच जना मजदुरका आश्रित बालबालिकालाई स्वास्थ्य, सरसफाइ तथा मर्यादा सामग्रीसहित प्रतिव्यक्ति पाँच हजार नगद वितरण गरिएको छ ।

ललितपुरमा पनि लैंगिक हिंसा विरुद्धको कार्यक्रम :
१६ दिने महाअभियानको अन्तिम दिन डिसेम्बर १० मा संरक्षण, लैंगिक समावेशीकरण अभिमुखिकरण कार्यक्रम ललितपुरमा पनि आयोजना भएको छ । कार्यक्रमका प्रमुख अतिथि नेपाल रेडक्रस सोसाइटी, केन्द्रीय महिला उपाध्यक्ष शर्मिला कार्कीले ‘म हिंसा गर्दिन, म हिंसा सहन्न र म हिंसा नियन्त्रणका लागि आजै देखि लाग्नेछु’ नारालाई साकार पार्न सबै रेडक्रसकर्मी एक हुनपर्ने र सोसाइटीबाट संचालित हुने लैंगिक तथा समावेशीकरणका गतिविधिलाई अझ सशक्त पार्दै लाने कुरामा सहभागीहरुलाई आश्वस्त पारिन् ।

सो क्रममा अर्का अतिथि भरखरै मात्र ललितपुर महानगरिय प्रहरी परिसरका प्रमुखको जिम्मेवारी समाल्नु भएकी वरिष्ठ प्रहरी उपरीक्षक किरण वज्राचार्यले कुनै पनि खालका लैंगिक हिंसालाई कानूनी दायरामा ल्याउने र त्यसता खालका घटनाहरु हुन नदिन सधैं प्राथमिकताका साथ प्रहरी प्रशासन लागि रहने प्रतिबद्धता व्यक्त गरिन् । सोही क्रममा अतिथि द्धयलाई कार्यअवधि सफलताको शुभकामना सहित जिल्ला शाखाका सभापति बाबुराजा महर्जनले स्वागत गरेका थिए । कार्यक्रममा उप–मन्त्री जगनाथ श्रेष्ठले स्वागत मन्तव्य र कार्यक्रम संचालन उप– कोषाध्यक्ष एवं लैगिक तथा समावेशीकरण समितिका संयोजक ज्योती प्रधान श्रेष्ठ गरेकी थिइन्।

सिरहामा कैदीबन्दी र बालबालिकालाई नगद सहयोग :
सिरहा कारागारमा रहेका २० जना महिला कैदीवन्दीहरुलाई रु.३,०००।– (रु.तीन हजार) का दरले र दुई जना आश्रित वालवालिकाहरुलाई रु।३,५००।– (रु.तीन हजार पाँच सय) को दरले मंसीर २४ मा नगद सहयोग वितरण गरिएको छ ।

सिरहा जिल्लाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेल, जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी उपरीक्षक उमाशंकर पंजियार, नेपाल रेडक्रस सोसाइटी सिरहाका सभापति राजदेव यादव, मन्त्री राजदेव ठाकुर, कोषाध्यक्ष प्रमोद कुमार पोद्धार लगायत सिरहा कारागारका प्रतिनिधीहरुको समुपस्थितीमा रकम वितरण गरिएको हो ।

वि.सं.२०७७ मंसिर २८ आइतवार १८:१२ मा प्रकाशित

यातायात कार्यालय इलामले उठायो झण्डै १५ करोड राजस्व

यातायात कार्यालय इलामले उठायो झण्डै १५ करोड राजस्व

इलाम ।  यातायात व्यवस्था सेवा कार्यालय इलामले आर्थिक वर्ष २०८२/८३...

फत्तेपुर दोभानमा बेलिब्रिज निर्माण हुँदै

फत्तेपुर दोभानमा बेलिब्रिज निर्माण हुँदै

भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिका–६ ठूलोदुम्मा र हतुवागढी गाउँपालिका–६ को...

सोलुखुम्बुमा पहिरोका कारण ११ परिवार विस्थापित, दुई वडा कार्यालय जोखिममा

सोलुखुम्बुमा पहिरोका कारण ११ परिवार विस्थापित, दुई वडा कार्यालय जोखिममा

सोलुखुम्बु । सोलुखुम्बुमा निरन्तरको वर्षासँगै खसेको पहिरोका कारण दुईवटा वडा...

झापामा सवारी दुर्घटनामा दुई महिलाको मृत्यु, पाँच घाइते

झापामा सवारी दुर्घटनामा दुई महिलाको मृत्यु, पाँच घाइते

भद्रपुर (झापा) । झापामा आज भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई...

इलाममा अदुवाको आकर्षक मूल्य, खेती विस्तार गर्दै किसान

इलाममा अदुवाको आकर्षक मूल्य, खेती विस्तार गर्दै किसान

इलाम । माङसेबुङ गाउँपालिका–२ का किसान देशराज लिम्बूले गत वर्ष...

पालिकाले अनुदानमा भैँसी दिएपछि यहाँका किसान उत्साहित

पालिकाले अनुदानमा भैँसी दिएपछि यहाँका किसान उत्साहित

भोजपुर । भोजपुरको हतुवागढी गाउँपालिकाले दुग्ध उत्पादन वृद्धि तथा किसानको...