
२८ मंसिर, काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का युवा नेता अनिल शर्माले प्लाज्मा दान गरेका छन् । नेकपा काठमाडौँ निर्वाचन क्षेत्र नं १ का इन्चार्जसमेत रहेका शर्माले कोभिड १९ का संक्रमित ३ जनालाई पुग्ने प्लाज्मा दान गरेका हुन् ।
टिचिङ हस्पिटलमा कोभिड– १९ संग लडिरहेका सर्लाहि हरिपुर–१ का गोपाल साहलाई सहयोग गरेका छन् भने अरु थप दुई जनालाई समेत पुग्ने गरि प्लाज्मा दान गरेको उनले बताए ।
आफ्नो प्लाज्माले ३ जनाको ज्यान बचाउने मौका मिलेकोमा खुशी मिलेको नेता शर्माले बताए । उनी भन्छन् ‘कोभिड–१९ संक्रमण पनि आफैमा एक औषधि हुदोरहेछ । मेरो संक्रमणबाट आज आफैलाई खुशि मिलेको छ ।’
उनले बि पोजेटिभ (B+) प्लाज्मा आवश्यक पर्ने महानुभावले त्री.वि.शिक्षण अस्पताल महाराजगन्जको ब्लड बैंकमा सम्पर्क अनुरोध समेत गरेका छन् ।