back
CTIZAN AD

प्रधानमन्त्री ओलीप्रति प्रश्न गर्दै देउवाले भने – राजा आऊ, देश बचाऊ भन्ने हिम्मत कहाँबाट आयो ?

वि.सं.२०७७ मंसिर २९ सोमवार

783 

shares

काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाले राजतन्त्रको पक्षमा भईरहेको प्रदर्शनप्रति प्रश्न उठाएका छन् । उनले राजाको पक्षमा भईरहेको प्रदर्शनप्रति प्रधानमन्त्री ओलीको संलग्नता त होइन् भन्ने आशंका पनि व्यक्त गरे ।

सोमबार सरकारविरुद्व हेटौंडामा गरेको प्रदर्शनलाई सम्बोधन गर्दे सभापति देउवाले भने, ‘राजा आऊ, देश बचाऊ भनेर कराइरहेका छन्, कहाँबाट हिम्मत आयो ?’

देउवाले राजतन्त्रको पक्षमा भईरहेको प्रदर्शनको जिम्मेवार सरकार नै भएको बताए । ‘राजाले त्यसबेला थुने, जेलमा मलाई राखे, अहिले राजा आऊ, देश बचाऊ भन्ने ?,’ उनले भने, ‘कम्युनिष्ट सरकारका कारण नै राजा आऊ, देश बचाऊ भनिरहेका छन्,यसमा ओली सरकार जिम्मेवार छ, कांग्रेस राजाका पक्षमा छैन।’

देउवाले सडक प्रदर्शन गर्नु कांग्रेसको बाध्यता भएको भन्दै प्रदर्शनको जिम्मेवार सरकार नै हुने बताए । उनका अनुसार अहिले देशमा एकदलीय सर्वसत्तावादी शासन जस्तै भएको छ ।

‘मैले चुनावका बेला कम्युनिस्ट जितेपछि बोल्न पाइँदैन, हाँस्न र रुन पाइँदैन भनेको थिएँ, अहिले स्थिति त्यस्तै छ, एकदलीय सर्वसत्तावादी शासन जस्तै भएको छ’ देउवाले भने ।

वि.सं.२०७७ मंसिर २९ सोमवार १६:५८ मा प्रकाशित

पर्यटक लोभ्याउने ‘ठूली दह’

पर्यटक लोभ्याउने ‘ठूली दह’

त्रिवेणी (रुकुमपश्चिम) । मुसिकोट नगरपालिका–७ मा अवस्थित ‘ठूली दह’ पछिल्लो...

गुप्तचर विभागलाई राजस्व चुहावट नियन्त्रणको जिम्मा

गुप्तचर विभागलाई राजस्व चुहावट नियन्त्रणको जिम्मा

काठमाडौं । सरकारले राजस्व चुहावट नियन्त्रण, भन्सार छली रोकथाम तथा...

नेप्से परिसूचक छ दशमलव ११ अङ्कले बढ्यो

नेप्से परिसूचक छ दशमलव ११ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

दुई विधेयक दफावार छलफलका लागि समितिमा पठाउने प्रस्ताव स्वीकृत

दुई विधेयक दफावार छलफलका लागि समितिमा पठाउने प्रस्ताव स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभाले विभिन्न दुई विधेयक दफावार छलफलका लागि सम्बन्धित...

व्यावसायिक बेसारखेतीमा इलामका किसान

व्यावसायिक बेसारखेतीमा इलामका किसान

फिक्कल (इलाम) । इलामको माङसेबुङ गाउँपालिका–१ गजुरमुखीका किसान रामभक्त निरौलाले...

पहिरो पन्छाएर नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

पहिरो पन्छाएर नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

चितवन । नारायणगढ–मुग्लिन सडकको १५ ठाउँमा खसेको पहिरो हटाएपछि सडक...