back
CTIZAN AD

बैठकको एजेण्डाबारे कुरा नमिलेपछि ओली–प्रचण्ड पुनः छलफलमा

वि.सं.२०७७ पुस १ बुधवार

666 

shares

पुस १, काठमाडाैं। सत्तारुढ नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच फेरि छलफल सुरु भएको छ । स्थायी समिति बैठकका एजेण्डाबारे कुरा नमिलेपछि दुई अध्यक्षबीच पुनः छलफल भएको हो ।

पछिल्लो छलफलमा महासचिव विष्णु पौडेल पनि सहभागी भएका छन् ।

यसअघि दुई अध्यक्षबीच भएको छलफलमा कुरा मिल्न सकेको थिएन । ‘वान टु वान’ छलफल निष्कर्ष बिहिन बनेसँगै केहि नेताहरु विशेष अधिवेशनको माग गर्दै शितल निवास पुगेका थिए ।

नेताहरु शितल निवास पुगेसँगै दुई अध्यक्षबीच भएको फोन संवादपछि पुनः प्रत्यक्ष छलफल सुरु भएको हो ।

पार्टीका एक स्थायी समिति सदस्यका अनुसार छलफलमा ओलीले प्रचण्डको प्रस्ताव फिर्ता लिनुपर्ने माग राखिरहेका छन् भने प्रचण्डले अध्यादेश फिर्ता लिनुपर्ने माग राखिरहेका छन् । दुवैले आ–आफ्नो अडान नछाडेको कारण सहमती बन्न नसकेको हो ।

सहमती बन्न नसकेसँगै पूर्वनिर्धारित स्थायी कमिटी बैठक बस्ने नबस्ने अनिश्चित बन्दै गएको छ । स्थायी कमिटीका अधिकांश सदस्य हाल प्रधानमन्त्री निवास बालुवाटारमा अन्यौंलमा बसिरहेका छन् ।

वि.सं.२०७७ पुस १ बुधवार १५:४७ मा प्रकाशित

फ्रान्सलाई पराजित गर्दै फिफा विश्वकपको फाइनलमा स्पेन

फ्रान्सलाई पराजित गर्दै फिफा विश्वकपको फाइनलमा स्पेन

काठमाडौँ । फ्रान्सलाई पराजित गर्दै स्पेन फिफा विश्वकप २०२६ को...

पर्यटक लोभ्याउने ‘ठूली दह’

पर्यटक लोभ्याउने ‘ठूली दह’

त्रिवेणी (रुकुमपश्चिम) । मुसिकोट नगरपालिका–७ मा अवस्थित ‘ठूली दह’ पछिल्लो...

गुप्तचर विभागलाई राजस्व चुहावट नियन्त्रणको जिम्मा

गुप्तचर विभागलाई राजस्व चुहावट नियन्त्रणको जिम्मा

काठमाडौं । सरकारले राजस्व चुहावट नियन्त्रण, भन्सार छली रोकथाम तथा...

नेप्से परिसूचक छ दशमलव ११ अङ्कले बढ्यो

नेप्से परिसूचक छ दशमलव ११ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

दुई विधेयक दफावार छलफलका लागि समितिमा पठाउने प्रस्ताव स्वीकृत

दुई विधेयक दफावार छलफलका लागि समितिमा पठाउने प्रस्ताव स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभाले विभिन्न दुई विधेयक दफावार छलफलका लागि सम्बन्धित...

व्यावसायिक बेसारखेतीमा इलामका किसान

व्यावसायिक बेसारखेतीमा इलामका किसान

फिक्कल (इलाम) । इलामको माङसेबुङ गाउँपालिका–१ गजुरमुखीका किसान रामभक्त निरौलाले...