back
CTIZAN AD

तमुधिं युकेको अध्यक्षमा हितकाजी गुरुङ निर्विरोध निर्वाचित

वि.सं.२०७७ पुस १ बुधवार

1K 

shares

१ पुष, युके । तमुधिं युकेको अध्यक्षका हितकाजी गुरुङ निर्विरोध निर्वाचित भएका छन् ।

बेलायतको सबैभन्दा ठूलो संस्था तमुधिंको वरिष्ठ उपाध्यक्ष रहेका गुरुङ आगामी कार्यकालका लागि अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् ।
तमुधिंले उम्मेदवारी मनोनयनका लागि तोकेको समयसीमाभित्र अध्यक्ष लगायत कार्यसमितिको २९ सबै पदमा एकल उम्मेदवारी परेकोले गुरुङ निर्विरोध निर्वाचित भएको बताइएको छ ।

संस्थाको २९ सदस्यीय सिंगो कार्यसमिति नै निर्विरोध निर्वाचित भएको बताइएको छ । जसको उपाध्यक्षत्रयमा हरि गुरुङ, जुमकाजी गुरुङ र तुलाराम गुरुङ पनि निविर्वरोध भएका छन् ।
त्यस्तै महासचिवमा परशुराम गुरुङ, कोषाध्यक्षमा कमल कोने गुरुङ र खेलकुद संयोजकमा क्या देव घले पनि निर्विरोध निर्वाचित भएको बताइएको छ ।

विश्वव्यापी कोरोनाको महामारीका कारण संस्थाले भर्चुअल माध्यमबाट यहि डिसेम्बर २० तारिखमा ११ औं महाधिबेशन सम्पन्न गर्ने बताइएको छ । सोहिदिन नयाँ कार्यसमितिको औपचारिक घोषणा गरिने पनि बताइएको छ ।

वि.सं.२०७७ पुस १ बुधवार १६:०५ मा प्रकाशित

खुल्ला कविता प्रतियोगितासहित मनाइयो अफ्रिकामा २१३ औं भानु जयन्ती

खुल्ला कविता प्रतियोगितासहित मनाइयो अफ्रिकामा २१३ औं भानु जयन्ती

नैरोबी, केन्या । २१३ औं भानु जयन्तीको अवसरमा अन्तर्राष्ट्रिय नेपाली...

नेजस नर्बेको ११ औं रनिङ्ग कप भलिबल प्रतियोगिताको अन्तिम तयारी पूरा

नेजस नर्बेको ११ औं रनिङ्ग कप भलिबल प्रतियोगिताको अन्तिम तयारी पूरा

प्रेमपरियार, नर्वे । नेपाली जन सम्पर्क समिति जे एस एस...

‘ब्रेन ड्रेन’ लाई ‘ब्रेन गेन’ मा रूपान्तरण गर्ने एनआरएनएको अभियान

‘ब्रेन ड्रेन’ लाई ‘ब्रेन गेन’ मा रूपान्तरण गर्ने एनआरएनएको अभियान

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गतको स्किल, नलेज एण्ड...

महिला समाज कतारको अध्यक्षमा शुष्मा खतिवडा निर्वाचित

महिला समाज कतारको अध्यक्षमा शुष्मा खतिवडा निर्वाचित

दोहा । नेपाली महिला समाज कतारको १५औँ स्थापना दिवस तथा...

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

लन्डन । नेपालका वरिष्ठ कम्युनिस्ट नेता मोहन विक्रम सिंहले बेलायत...

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वे । एनआरएनए नर्वेको आयोजनामा भएको मैत्रीपूर्ण एभरेष्ट कप फूटबल...