back
CTIZAN AD

ताप्लेजुङको मेरिङ्देन झरनाको प्रचारप्रसारमा युवा

वि.सं.२०७७ पुस १ बुधवार

663 

shares

१ पुष, फुङलिङ । ताप्लेजुङको पर्यटकीय गन्तव्यहरुमध्ये पछिल्लो समयमा मेरिङदेन झरना प्रचारप्रसार गर्न युवा लागिपरेका छन् । ताप्लेजुङ एक जैविक विविधता भरिपूर्ण एक पर्यटकीयस्थल हो । विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घा हिमाल, पाथीभरा मन्दिर, तिम्बुङपोखरी, फुङ्फुङ झरनाजस्ता प्राकृतिक जैविक विविधताले भरिपूर्ण भएको जिल्ला भए पनि कतिपय प्राकृतिक तथा धार्मिक महत्वका स्थलहरु ओझेलमा पर्दै आएको छ ।

त्यस्तै मेरिङदेन गाउँपालिका–१ थिङ्लापुमा रहेको मेरिङदेन झरना पनि प्रचारप्रसारको अभावमा रहेको एक पर्यटकीय महत्व बोकेको मेरिङ्देन झरना पनि एक हो । मेरिङ्देन झरना करीब २५० मिटर लामो रहेको छ । यो १२ महिना निरन्तर झरिरहने झरना हो । मेरिदेन झरनासँगै नजीकै करीब १३० मिटरको अर्को झरना र सँगसँगै अन्य करीब ८० मिटरभन्दा उचाइका चारवटा झरनाको प्रत्यक्ष दृश्यावलोकन सकिने स्थानीयवासी डम्बर ओख्रबोले बताए । एकपटक छवटा झरना झरेको सुन्दर मनमोहक दृश्यावलोकन गर्न सकिने स्थान भएकाले स्थानीय युवा पर्यटकीयस्थल बनाउनका लागि प्रचारप्रसार लागिपरेका हुन् ।

मेरिङ्देन झरनाको क्षेत्रमा (ओसाङ्लुङमा) भन्ने स्थान रहेको र सो स्थानमा (बिजुवा) लिम्बू जातिकोे पुजारीको उत्पत्ति भएको मान्यता रहेको स्थानीयवासी आशिष केदम बताउछन् । झरना भएको स्थानबाट नजीकै भएको भिरमाहुरी, मृग, थार, घोरल आदि जैविक विविधताको प्रत्यक्ष दृश्यावलोकन गर्न सकिने स्थान भएकाले एक आकर्षक आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्ने सक्ने केदम बताउछन् ।

झरनाहरुको दृश्यावलोकनसँगै धार्मिक तथा जैविक विविधताको प्रत्यक्ष अवलोकन गर्न सकिने भएकाले पनि थप पर्यटकीयस्थल बन्न सक्ने सम्भावना रहेको छ । मेरिदेन झरनालाई प्रचार गर्दै मेरिङ्देन झरनासम्म जाने बाटो राष्ट्रिय युवा सङ्घ नेपाल मेरिङ्देनले चार किलोमिटर पदमार्ग निर्माण गरेका छन । ताप्लेजुङ सदरमुकामदेखि करीब ३० किलोमिटर गाडीमा र तीन घण्टा पैदल यात्रा गरेपछि मेरिङ्देन झरनासम्म पुग्न सकिन्छ । मेरिदेन झरना प्रचारमा आउँदै गरेकाले स्थानीय सरकार मेरिदेन गाउँपालिकाले अध्ययनका लागि प्राविधिक टोली लिएर जाने तयारीमा रहेको मेरिङ्देन गाउँपालिकाका प्रवक्ता सूर्य बराइलीले बताए ।

पर्यटन प्रवद्र्धन गर्नका लागि मेरिङ्देन गाउँपालिकाभित्र प्रचारप्रसारको अभावमा रहेका स्थलहरुको खोजअनुसन्धान गरी आवश्यताअनुसार भौतिक संरचनाहरु निर्माणका साथै प्रचारप्रसार गर्नका लागि बजेट विनियोजन गर्ने गाउँपालिकाको योजना रहेको प्रवक्ता बराइलीले बताए ।

वि.सं.२०७७ पुस १ बुधवार १६:३८ मा प्रकाशित

व्यावसायिक बेसारखेतीमा इलामका किसान

व्यावसायिक बेसारखेतीमा इलामका किसान

फिक्कल (इलाम) । इलामको माङसेबुङ गाउँपालिका–१ गजुरमुखीका किसान रामभक्त निरौलाले...

पहिराले मेची राजमार्ग अवरुद्ध

पहिराले मेची राजमार्ग अवरुद्ध

इलाम । निरन्तरको वर्षाले मेची राजमार्ग र झापासँग जोड्ने दुवै...

मेची राजमार्गको राजदुवाली  सडक खण्ड भासिएपछि यातायात अवरुद्ध

मेची राजमार्गको राजदुवाली सडक खण्ड भासिएपछि यातायात अवरुद्ध

फिक्कल (इलाम) । मेची राजमार्गअन्तर्गत इलामको गोलाखर्क–राजदुवाली सडकखण्ड अवरुद्ध भएको...

‘भिलेज एग्रो फार्म’ले बदलेको इङनामको परिचय

‘भिलेज एग्रो फार्म’ले बदलेको इङनामको परिचय

रामकुमार लिम्बू, फिक्कल (इलाम) । इलामको चुलाचुली गाउँपालिका–३ का किसान...

धार्मिक पर्यटकको आकर्षण बन्दै एक सय ८ धारा

धार्मिक पर्यटकको आकर्षण बन्दै एक सय ८ धारा

धरान (सुनसरी) । सुनसरीको रामधुनी नगरपालिका–४ स्थित ऐतिहासिक तथा धार्मिक...

कोरियाबाट फर्केर नर्सरी व्यवसायमा फिलिप, टिकटकबाटै बेच्छनन् विरुवा

कोरियाबाट फर्केर नर्सरी व्यवसायमा फिलिप, टिकटकबाटै बेच्छनन् विरुवा

भद्रपुर (झापा) । वैदेशिक रोजगारीका लागि लामो समय विदेशमा पसिना...