back
CTIZAN AD

नक्कली स्थायी अध्यापन अनुमतिपत्र बुझाउने शिक्षक पक्राउ

वि.सं.२०७७ पुस १ बुधवार

702 

shares

१ पुष, काठमाडौँ । जिल्ला सिरहा, श्री आधारभूत प्राथमिक विद्यालयका शिक्षक भोगीलाल यादव नक्कली स्थायी अध्यापन अनुमतिपत्र बुझाएको कारण पक्राउ परेका छन् ।

शिक्षक यादवले नक्कली स्थायी अध्यापन अनुमति–पत्र बनाई अस्थायी शिक्षकमा नियुक्ति लिएकोले छानबिन गरी कानूनी कारवाही हुन भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा निजले उक्त विद्यालय धन्छवारमा लागत अनुदान अस्थायी शिक्षक पदको लागि नक्कली स्थायी अध्यापन अनुमतिपत्रको प्रमाणपत्र पेश गरी अस्थायी शिक्षक पदमा नियुक्ति लिई राष्ट्रसेवकको ओहोदा प्राप्त गरी लामो समयसम्म अध्यापन गरी लाभसमेत लिएको हुँदा अख्तियारले पक्राउ गरेको हो ।

पक्राउ परेका निज यादवलाई भ्रष्टाचार निवारण बमोजिम सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप–पत्र दायर गरेको अख्तियारले जनाएको छ ।

वि.सं.२०७७ पुस १ बुधवार १६:३० मा प्रकाशित

नेप्से परिसूचक छ दशमलव ११ अङ्कले बढ्यो

नेप्से परिसूचक छ दशमलव ११ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

दुई विधेयक दफावार छलफलका लागि समितिमा पठाउने प्रस्ताव स्वीकृत

दुई विधेयक दफावार छलफलका लागि समितिमा पठाउने प्रस्ताव स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभाले विभिन्न दुई विधेयक दफावार छलफलका लागि सम्बन्धित...

पहिरो पन्छाएर नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

पहिरो पन्छाएर नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

चितवन । नारायणगढ–मुग्लिन सडकको १५ ठाउँमा खसेको पहिरो हटाएपछि सडक...

चालु आर्थिक वर्षके ११ महिनामे २१ खरब २० अरब रेमिट्यान्स आएल

चालु आर्थिक वर्षके ११ महिनामे २१ खरब २० अरब रेमिट्यान्स आएल

काठमाण्डौँ । चालु आर्थिक वर्षके ११ महिनामे नेपालमे २१ खरब...

प्रतिनिधिसभाः विपद् जोखिमसहित समसामयिक विषयमा ध्यानाकर्षण

प्रतिनिधिसभाः विपद् जोखिमसहित समसामयिक विषयमा ध्यानाकर्षण

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा भाग लिनुहुने सांसदहरूले...

आदिकविले भाषिक एकतालाई बलियो बनाउनुभयो ः सभामुख अर्याल

आदिकविले भाषिक एकतालाई बलियो बनाउनुभयो ः सभामुख अर्याल

काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले नेपाली भाषा, साहित्य र संस्कृतिका...