
१ पुष, काठमाण्डौं । नेपालमा आज उपत्यकाका ३९१ सहित ७३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशैभरी गरिएको ५ हजार ५५५ पिसीआर नमुना परीक्षणमा ७३६ जना संक्रमित थपिएका हुन् ।
प्रदेश अनुसार प्रदेश १ मा ५३, प्रदेश २ मा २०, बागमती प्रदेशमा ४६०, गण्डकी प्रदेशमा ८४ लुम्बिनी प्रदेशमा ८७, कर्णाली प्रदेशमा ६ र सुदूरपश्चिम प्रदेशमा ३० जना संक्रमित गरी देशैभरी ७३६ जना संक्रमित थपिएका हुन् । जसमा २९१ महिला र ४४५ जना पुरुष रहेका छन् ।
आज थपिएका ७३६ जनासँगै नेपालमा कोरोनाबाट संक्रमित हुनेको कूल संख्या २ लाख ५० हजार ९१६ पुगेको छ ।
त्यसैगरी पछिल्लो २४ घण्टामा देशैभरका अस्पताल, आइसोलेशन सेन्टर तथा होम आइसोलेशनमा रहेका ८४७ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् ।
आज निको भएका ८४७ जनासँगै हालसम्म कोरोना संक्रमणबाट निको हुनेको संख्या २ लाख ३९ हजार ४१६ पुगेको छ । मन्त्रालयका अनुसार निको हुनेको यो दर ९५.४ प्रतिशत हो ।
आज देशैभरी ९३६ जना कोरोना संक्रमित थपिए, १९९६ जना संक्रमणबाट मुक्त