back
CTIZAN AD

नेकपा बैठक सकियो, पुस ५ स्थायी समिति र पुस १० देखि केन्द्रीय समिति बैठक बस्ने

वि.सं.२०७७ पुस १ बुधवार

663 

shares

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आजको स्थायी समितिको बैठक सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठक आगामी पुस ५ गते बस्ने गरि सकिएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार पार्टीको केन्द्रीय समितिको बैठक पुस १० देखि बस्नेछ । ‘अब स्थायी समितिको बैठक पुस ५ बस्नेछ, पुस ५ गतेको लागि निर्धारित गरिएको केन्द्रीय कमिटीको बैठक पुस १० गते बस्ने भएको छ’, उनले भने ।

बुधबार बसेको बैठकले संवैधानिक परिषदसम्बन्धी अध्यादेश फिर्ता लिने निर्णय सर्वसम्मतीले लिएको प्रवक्ता श्रेष्ठले जानकारी दिएका छन् ।

बैठकपछि पत्रकारसँगको कुराकानीमा उनले भने, ‘आजको बैठकले सरकारले जारी गरेको संवैधानिक परिषदसम्बन्धी अध्यादेश फिर्ता लिने साथसाथै राष्ट्रपतिसक्षम संसदको माग गरेर पेश गर्ने भनिएको आवेदन फिर्ता गर्ने सर्वसम्मत निर्णय गरेको छ ।’

उनका अनुसार मंगलबार प्रधानमन्त्रीले राखेको संवैधानिक परिषदको बैठकमा कुनै निर्णय लिएका छैनन् । जसबारे बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली स्वंयले जानकारी गराएका थिए ।

वि.सं.२०७७ पुस १ बुधवार १८:१० मा प्रकाशित

फ्रान्सलाई पराजित गर्दै फिफा विश्वकपको फाइनलमा स्पेन

फ्रान्सलाई पराजित गर्दै फिफा विश्वकपको फाइनलमा स्पेन

काठमाडौँ । फ्रान्सलाई पराजित गर्दै स्पेन फिफा विश्वकप २०२६ को...

पर्यटक लोभ्याउने ‘ठूली दह’

पर्यटक लोभ्याउने ‘ठूली दह’

त्रिवेणी (रुकुमपश्चिम) । मुसिकोट नगरपालिका–७ मा अवस्थित ‘ठूली दह’ पछिल्लो...

गुप्तचर विभागलाई राजस्व चुहावट नियन्त्रणको जिम्मा

गुप्तचर विभागलाई राजस्व चुहावट नियन्त्रणको जिम्मा

काठमाडौं । सरकारले राजस्व चुहावट नियन्त्रण, भन्सार छली रोकथाम तथा...

नेप्से परिसूचक छ दशमलव ११ अङ्कले बढ्यो

नेप्से परिसूचक छ दशमलव ११ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

दुई विधेयक दफावार छलफलका लागि समितिमा पठाउने प्रस्ताव स्वीकृत

दुई विधेयक दफावार छलफलका लागि समितिमा पठाउने प्रस्ताव स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभाले विभिन्न दुई विधेयक दफावार छलफलका लागि सम्बन्धित...

व्यावसायिक बेसारखेतीमा इलामका किसान

व्यावसायिक बेसारखेतीमा इलामका किसान

फिक्कल (इलाम) । इलामको माङसेबुङ गाउँपालिका–१ गजुरमुखीका किसान रामभक्त निरौलाले...