
१ पुस, काठमाडौं । बिदेशमा रहेका नेपाली कामदारहरुले अनलाइनबाटै पुनः श्रम स्वीकृति गराउन पाउने भएका छन् । आगामी साताबाट यो व्यवस्ता लागुहुने भएको छ । यसले गर्दा रोजगारीका क्रममा विदेशमै रहेका लाखौं श्रमिक लाभान्वित हुने भएका छन् ।
बिदेशमा रहेका श्रमिकहरुले विभागले तोकेको एप्स मार्फत बीमा र वैदेशिक रोजगार कल्याणकारी कोषको रकम तिर्न सक्ने छन् । विभागले आईएमई पे, ई-सेवा जस्ता एप्स मार्फत शुल्क तिर्न सक्ने बगाएको छ । श्रमिकले शुल्क तिरेपछि उपलब्ध गराएको इमेलमा श्रम स्वीकृति नवीकरण भएको प्रमाणसहितको इमेल पठाउनेछ ।
सरकारले वैदेशिक रोजगार ऐन संशोधन गरेर दुई पटकसम्म कामदारले विदेशबाटै श्रम स्वीकृति लिन सक्ने व्यवस्था गरेको हो । यो व्यवस्थाले श्रम स्वीकृति लिएर गएपनि अवधि अपुग भएर विदेशमै बसिरहनु पर्ने काम भएका कामदारहरुलाई श्रम स्वीकृति लिन सहज हुनेछ ।