back
CTIZAN AD

यस्तो छ हेर्नुहोस् नेपालमा हालसम्मको कोरोना अपडेटको पूर्ण विवरण

वि.सं.२०७७ पुस १ बुधवार

765 

shares

१ पुष, काठमाडौं । नेपालमा बुधबार ( पुष १ ) सम्म पिसीआर प्रविधिबाट १८ लाख ४९ हजार १३६ वटा कोरोना भाइरसको नमुना परीक्षण गरिएको छ ।

जसमा पछिल्लो २४ घण्टामा पिसीआर प्रविधिबाट ५ हजार ५५५ वटा नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

त्यसैगरी देशैभरी संक्रिय संक्रमित ९ हजार ७५७ जना रहेका छन् । ती मध्ये देशका विभिन्न अस्पताल तथा आइसोलेशन सेन्टरहरुमा ३ हजार ६६३ जनाको उपचार भइरहेको छ । साथै होम आइसोलेसनमा बस्नेको संख्या ६ हजार ९४ रहेको छ ।

मन्त्रालयका अनुसार देशभरका विभिन्न अस्पतालको आइसीयुमा २८९ जना संक्रमित उपचाररत छन् । जसमा प्रदेश १ मा ३७, प्रदेश २ मा ११, बागमती प्रदेशमा १०४, गण्डकी प्रदेशमा ८२, लुम्बिनी प्रदेशमा ४३, कर्णाली प्रदेश र सुदूरपश्चिममा ६\६ जना गरी जम्मा २८९ जना आइसीयुमा उपचाररत छन् ।

त्यसैगरी प्रदेश १ मा ७ जना, प्रदेश २ मा २ जना, बागमती प्रदेशमा २५ जना, गण्डकी प्रदेशमा १३ जना, लुम्बिनी प्रदेशमा ६ जना, कर्णाली प्रदेशमा ४ र सुदूरपश्चिम प्रदेशमा २ गरी जम्मा ५९ जना भेन्टिलेटरमा उपचाररत छन् ।

त्यस्तै ५०० भन्दा बढी संक्रमित उपचार रहेको जिल्ला  काठमाडौं, ललितपुर र कास्की रहेका छन् भने शून्य संक्रमित रहेको जिल्ला मनाङ रहेको छ । साथै क्वारेन्टिनमा ४५२ जना रहेका छन् ।

त्यस्तै आज थपिएका ७३६ जनासँगै नेपालमा हालसम्मको कूल संक्रमितको संख्या २ लाख ५० हजार ९१६ पुगेको छ । साथै आज ८४७ जना निको भएसँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या २ लाख ३९ हजार ४१६ पुगेको छ ।

आज १३ जना थपिएसँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १७४३ पुगेको छ ।

कति छन् त होम आइसोलेसनमा ?
स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म ६ हजार ९४ जना कोरोना संक्रमित होम आइसोलेसनमा रहेका छन् ।
जसमा प्रदेश १ मा ३१३ प्रदेश २ मा ४४, बागमती प्रदेशमा ३,२५५, गण्डकी प्रदेशमा ९६८, लुम्बिनी प्रदेशमा ७९८, कर्णाली प्रदेशमा १०७ र सुदूरपश्चिम प्रदेशमा ६०९ जना गरी ६ हजार ९४ जना रहेका छन् । साथै देशका विभिन्न अस्पताल तथा आइसोलेसन सेन्टरमा ३ हजार ६६३ जनाको उपचार भइरहेको छ ।

आज ७३६ संक्रमित, ८४७ जना संक्रमणबाट मुक्त
नेपालमा आज उपत्यकाका ३९१ सहित ७३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशैभरी गरिएको ५ हजार ५५५ पिसीआर नमुना परीक्षणमा ७३६ जना संक्रमित थपिएका हुन् ।

प्रदेश अनुसार प्रदेश १ मा ५३, प्रदेश २ मा २०, बागमती प्रदेशमा ४६०, गण्डकी प्रदेशमा ८४ लुम्बिनी प्रदेशमा ८७, कर्णाली प्रदेशमा ६ र सुदूरपश्चिम प्रदेशमा ३० जना संक्रमित गरी देशैभरी ७३६ जना संक्रमित थपिएका हुन् । जसमा २९१ महिला र ४४५ जना पुरुष रहेका छन् ।

आज थपिएका ७३६ जनासँगै नेपालमा कोरोनाबाट संक्रमित हुनेको कूल संख्या २ लाख ५० हजार ९१६ पुगेको छ ।
त्यसैगरी पछिल्लो २४ घण्टामा देशैभरका अस्पताल, आइसोलेशन सेन्टर तथा होम आइसोलेशनमा रहेका ८४७ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् ।
ऋाज निको भएका ८४७ जनासँगै हालसम्म कोरोना संक्रमणबाट निको हुनेको संख्या २ लाख ३९ हजार ४१६ पुगेको छ । मन्त्रालयका अनुसार निको हुनेको यो दर ९५.४ प्रतिशत हो ।

आज १३ जनाको निधन
नेपालमा आज १३ जना कोरोना संक्रमितको निधन भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशैभरका बिभिन्न जिल्लामा आज १३ जनाको निधन भएको छ ।
आज थपिएका १३ जनासँगै नेपालमा हालससम्म संक्रमणबाट ज्यान गुमाउनेको संख्या १७४३ पुगेको छ ।

यस्तो छ हेर्नुहोस् नेपालमा मंसिर ३० गतेसम्मको कोरोना अपडेटको पूर्ण विवरण

वि.सं.२०७७ पुस १ बुधवार १७:३२ मा प्रकाशित

पर्यटक लोभ्याउने ‘ठूली दह’

पर्यटक लोभ्याउने ‘ठूली दह’

त्रिवेणी (रुकुमपश्चिम) । मुसिकोट नगरपालिका–७ मा अवस्थित ‘ठूली दह’ पछिल्लो...

गुप्तचर विभागलाई राजस्व चुहावट नियन्त्रणको जिम्मा

गुप्तचर विभागलाई राजस्व चुहावट नियन्त्रणको जिम्मा

काठमाडौं । सरकारले राजस्व चुहावट नियन्त्रण, भन्सार छली रोकथाम तथा...

नेप्से परिसूचक छ दशमलव ११ अङ्कले बढ्यो

नेप्से परिसूचक छ दशमलव ११ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

दुई विधेयक दफावार छलफलका लागि समितिमा पठाउने प्रस्ताव स्वीकृत

दुई विधेयक दफावार छलफलका लागि समितिमा पठाउने प्रस्ताव स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभाले विभिन्न दुई विधेयक दफावार छलफलका लागि सम्बन्धित...

व्यावसायिक बेसारखेतीमा इलामका किसान

व्यावसायिक बेसारखेतीमा इलामका किसान

फिक्कल (इलाम) । इलामको माङसेबुङ गाउँपालिका–१ गजुरमुखीका किसान रामभक्त निरौलाले...

पहिरो पन्छाएर नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

पहिरो पन्छाएर नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

चितवन । नारायणगढ–मुग्लिन सडकको १५ ठाउँमा खसेको पहिरो हटाएपछि सडक...