back
CTIZAN AD

विभिन्न हातहतियार सहित सोलुखुम्बुका तामाङ पक्राउ

वि.सं.२०७७ पुस २ बिहीवार

750 

shares

१ पुस, खोटाङ । साकेला गाउँपालिका–१ सेखुवाको खलेबारी जंगलबाट १ थान एकनाले भरुवा बन्दुक, पेस्तोलमा लाग्ने ७ राउण्ड गोली, लामो हतियारमा लाग्ने ६६ राउण्ड गोली, भरुवा बन्दुकमा लाग्ने केही छर्रा तथा बारुद सहित सोलुखुम्बु सोताङ गाउँपालिका–४ घोदरे बस्ने २२ वर्षीय केबि तामाङलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय खोटाङ र सशस्त्र प्रहरी बल नेपाल नम्बर ७ गुल्म हलेशीबाट खटिएको संयुक्त प्रहरी टोलीले उक्त जंगल सर्च गर्ने क्रममा ३ जना ब्यक्तिहरु जंगलतर्फ भाग्दै गरेको अवस्थामा तामाङलाई उक्त हातहतियार सहित फेला पारी पक्राउ गरेको हो । साथै उक्त टोलीले जंगल पुनस् सर्च गर्ने क्रममा बेड समेतको २ वटा टेन्ट, बिभिन्न कम्पनीका १७ थान मोबाईल, ८ थान चार्जर, १७ थान सिमकार्ड, ११ थान सहयोग रसिद लगायतका बिभिन्न सरसामान फेला पारी बरामद गरेको छ ।

हाल फरार अन्य व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको सूचना दिएको छ ।

वि.सं.२०७७ पुस २ बिहीवार १०:५८ मा प्रकाशित

हात्तीले कुल्चेर एक महिलाको मृत्यु

हात्तीले कुल्चेर एक महिलाको मृत्यु

सुरुङ्गा (झापा) । मेचीनगरमा हात्तीको आक्रमणमा परी एक जना महिलाको...

भारतको कडाइपछि बन्द हुँदै चिया उद्योग, समस्यामा किसान

भारतको कडाइपछि बन्द हुँदै चिया उद्योग, समस्यामा किसान

इलाम । भारतले नेपाली चियामा कडाइ गरेपछि इलामको सूर्योदय क्षेत्रका...

मनै लोभ्याउने ‘माइपोखरी’

मनै लोभ्याउने ‘माइपोखरी’

फिक्कल (इलाम) । चारैतिर हरियाली जङ्गल, शान्त वातावरण । बीचमा...

‘एक घर–एक मिनीटिलर’ अभियानले पौवादुङमाका किसान उत्साहित

‘एक घर–एक मिनीटिलर’ अभियानले पौवादुङमाका किसान उत्साहित

भोजपुर । यहाँको पौवादुङमा गाउँपालिकाले अनुदानमा हातेट्याक्टर वितरण गरेपछि किसान...

चौँरीको पुच्छरसहित ट्याक्टर प्रहरी नियन्त्रणमा

चौँरीको पुच्छरसहित ट्याक्टर प्रहरी नियन्त्रणमा

किमाथाङ्का (सङ्खुवासभा) । मकालु गाउँपालिका–३ हेदाङ्नामा भन्सार छली ल्याएको रु...

सिरदली-चौडेनी सडक स्तरोन्नति

सिरदली-चौडेनी सडक स्तरोन्नति

भोजपुर । टेम्केमैयुङ गाउँपालिका–२ छिनामखुस्थित सिरदली–चौडेनी सडक स्तरोन्नति गरिएको छ...