१ पुस, रुपन्देही । करेन्ट सर्ट भई आगलागी हुँदा एक महिलाको मृत्यु भएको छ ।
लुम्बिनी साँस्कृतिक नगरपालिका–१३ कालिदह बस्ने २३ वर्षीया सम्झना चाँइको आफ्नै घरको कोठामा करेन्ट सर्ट भई बुधबार बिहान आगलागी हुँदा आगोले जलेर मृत्यु भएको छ । आगलागीबाट दराजभित्रको कपडा, पलङको कपडाहरु जलेर नष्ट भएको हो ।
प्रहरीले यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।
वि.सं.२०७७ पुस २ बिहीवार १०:४३ मा प्रकाशित






























