back
CTIZAN AD

जितसँगै बार्सिलोना पाँचौ स्थानमा उक्लियो

वि.सं.२०७७ पुस २ बिहीवार

612 

shares

२ पुस, काठमाडौं। गएराति भएको खेलमा बार्सिलोनाले शीर्ष स्थानमा रहेको रियल सोसिडाडलाई पराजित गरेको छ । बार्सिलोनाले सोसिडाडमाथि २-१ को पुनरागमन जित निकल्दै ला लिगा अंक तालिकाको पाँचौ स्थानमा उक्लेको छ ।

बार्सिलोनाको घरेलु मैदान क्याम्प नोउमा सोसिडाडको लागि खेलको २७औं मिनेटमा विलियन जोसले गोल गर्दै अग्रता दिलाएका थिए । पहिलो हाफकै ३१ औं मिनेटमा जोर्डी अल्बाले गोल गर्दै खेल बराबरी बनाएका थिएभने ४३औं मिनेटमा अल्बाकै पासमा डे जोङले गोल गर्दै बार्सिलोनालाई २-१ को अग्रता दिलाएका थिए । दोस्रो हाफमा कुनै पनि गोल हुन नसक्दा बार्सिलोनाले समग्रमा २-१ ले खेल आफ्नो पक्षमा पार्न सफल भयो ।

जितपछि १२ खेलमा ६ जित, २ बराबरी र ४ हारको नतिजा सहित बार्सिलोनाले २० अंक जोड्दै अंक तालिकाको पाँचौ स्थानमा उक्लेको छ । उता १४ खेलबाट २६ अंक जोडेको सोसिडाड भने हारपछि दोस्रो स्थानमा झरेको छ । अंक तालिकाको शीर्ष स्थानमा रहेको एट्लेटिको माड्रिड, सोसिडाड र रियल मड्रिडको समान २६ अंक छ ।

वि.सं.२०७७ पुस २ बिहीवार ११:३१ मा प्रकाशित

विश्वकप फुटबलः क्यानडा र बोस्निया एन्ड हर्जगोभिनाबीचको खेल बराबरी

विश्वकप फुटबलः क्यानडा र बोस्निया एन्ड हर्जगोभिनाबीचको खेल बराबरी

काठमाडौँ । फिफा विश्वकप फुटबल–२०२६ को तेस्रो खेलमा घरेलु टोली...

विश्वकप फुटबलः चेक रिपब्लिकमाथि दक्षिण कोरियाको जित

विश्वकप फुटबलः चेक रिपब्लिकमाथि दक्षिण कोरियाको जित

काठमाडौँ । फिफा विश्वकप फुटबल प्रतियोगिता–२०२६ अन्तर्गत समूह ‘ए’ को...

विश्वकपका खेलहरु अवैध रुपमा स्ट्रिमिङ नगर्न दूरसञ्चारको निर्देशन, यसरी हेर्नुहोस् लाइभ

विश्वकपका खेलहरु अवैध रुपमा स्ट्रिमिङ नगर्न दूरसञ्चारको निर्देशन, यसरी हेर्नुहोस् लाइभ

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले फिफा विश्वकप २०२६ का खेलहरु...

यी हुन् विश्वकपका नयाँ टिम

यी हुन् विश्वकपका नयाँ टिम

काठमाडौं । विश्व फुटबलको सबभन्दा ठूलो प्रतियोगिता विश्वकपको आकार ३२...

विश्वकप फुटबलको उद्घाटन खेलमा मेक्सिकोको जित, तीन खेलाडीले पाए रातो कार्ड

विश्वकप फुटबलको उद्घाटन खेलमा मेक्सिकोको जित, तीन खेलाडीले पाए रातो कार्ड

काठमाडौँ । मेक्सिकोले दक्षिण अफ्रिकालाई हराउँदै फिफा विश्वकप फुटबल २०२६...

हङकङलाई हराउँदै नेपालले जित्यो एसियाली पुरुष छनोटको उपाधि

हङकङलाई हराउँदै नेपालले जित्यो एसियाली पुरुष छनोटको उपाधि

काठमाडौँ । एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेट छनोट खेलमा नेपालले...