back
CTIZAN AD

अध्यादेश फिर्ता नगर्दै ओलीले फेरि बोलाए संवैधानिक परिषदको बैठक

वि.सं.२०७७ पुस २ बिहीवार

723 

shares

पौष २, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले फेरि संवैधानिक परिषदको बैठक बोलाएका छन् । स्रोतले जनाएअनुसार ओलीले बिहिबार साँझ ५ः३० बजेको लागि बैठक बोलाएका हुन् ।

यसअघि बुधबार मात्रै ओलीले नेकपाको स्थायी समिति बैठकमा अध्यादेश फिर्ता लिने सहमती गरेका थिए । जुन सहमतीअनुसार नै पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहितका नेताहरुले संसदको विशेष अधिवेशन बोलाउने मागबाट पछि हटेका थिए ।

तर, बिहिबारसम्म पनि अध्यादेश फिर्ताको सूचना राष्ट्रपति कार्यालयबाट आएको छैन् । अध्यादेश फिर्ता नभईरहेको बेलामा उनले परिषदको बैठक बोलाएका हुन् ।

प्रधानमन्त्री ओलीले प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवालाई परिषदको बैठक बोलाएको जानकारी पठाएका छन् । देउवा निकट स्रोतका अनुसार देउवाले बैठकमा भने उपस्थिति नहुने जानकारी दिएका छन् ।

यसअघि मंगलबार बिहान बोलाएको बैठकमा देउवा र सभामुख अग्निप्रसाद सापकोटा उपस्थित थिएनन् । उक्त दिन नै अध्यादेश जारी गरिएको थियो । अध्यादेश जारीपश्चात ओलीले परिषदको बैठक मंगलबार साँझ राखेका थिए ।

वि.सं.२०७७ पुस २ बिहीवार १४:४६ मा प्रकाशित

पर्यटक लोभ्याउने ‘ठूली दह’

पर्यटक लोभ्याउने ‘ठूली दह’

त्रिवेणी (रुकुमपश्चिम) । मुसिकोट नगरपालिका–७ मा अवस्थित ‘ठूली दह’ पछिल्लो...

गुप्तचर विभागलाई राजस्व चुहावट नियन्त्रणको जिम्मा

गुप्तचर विभागलाई राजस्व चुहावट नियन्त्रणको जिम्मा

काठमाडौं । सरकारले राजस्व चुहावट नियन्त्रण, भन्सार छली रोकथाम तथा...

नेप्से परिसूचक छ दशमलव ११ अङ्कले बढ्यो

नेप्से परिसूचक छ दशमलव ११ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

दुई विधेयक दफावार छलफलका लागि समितिमा पठाउने प्रस्ताव स्वीकृत

दुई विधेयक दफावार छलफलका लागि समितिमा पठाउने प्रस्ताव स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभाले विभिन्न दुई विधेयक दफावार छलफलका लागि सम्बन्धित...

व्यावसायिक बेसारखेतीमा इलामका किसान

व्यावसायिक बेसारखेतीमा इलामका किसान

फिक्कल (इलाम) । इलामको माङसेबुङ गाउँपालिका–१ गजुरमुखीका किसान रामभक्त निरौलाले...

पहिरो पन्छाएर नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

पहिरो पन्छाएर नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

चितवन । नारायणगढ–मुग्लिन सडकको १५ ठाउँमा खसेको पहिरो हटाएपछि सडक...