पौष २, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको नियमित बैठक बोलाएका छन् । एक मन्त्रीले जनाएअनुसार बैठक साँझ ६ बजेका लागि बोलाएका हुन् ।
जनाइएअनुसार बैठकको एजेण्डाबारे भने खुलाइएको छैन् । आजको बैठकले विवादमा आएको संवैधानिक परिषदसम्बन्धी अध्यादेश फिर्ताको निर्णय गर्नसक्ने सम्भावना छ ।
यसअघि बुधबार बसेको नेकपा सचिवालय बैठकमा पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले अध्यादेश फिर्ता लिने सहमती गरेका थिए । अध्यादेशप्रति आपत्ती जनाउँदै पार्टीका अर्का अध्यक्ष पुष्पकमल दालाल ‘प्रचण्ड’सहितका नेताहरुले तत्कालै फिर्ता गर्न माग राखेका थिए ।
सरकारले मंगलबार जारी गरेको अध्यादेशमा ३ जनाको उपस्थितिमै संवैधानिक परिषदको बैठक बस्न मिल्ने व्यवस्था छ । प्रधानमन्त्रीको मनमौजी उक्त प्रावधानप्रति नेकपाभित्रै र विपक्षी दलहरुले पनि विरोध जनाएका थिए ।