back
CTIZAN AD

शुभकालिका गाउँपलिकाद्वारा बाढीपीडितलाई खाद्यान्न सहयोग

वि.सं.२०७७ पुस २ बिहीवार

606 

shares

२ पुष, कालिकोट । कालिकोटको शुभकालिका गाउँपलिकाले बाढीपीडितलाई राहत वितरण गरेको छ । गत साउन र भदौमा आएको अविरल वर्षापछि आएको बाढीपहिरो पीडितलाई राहत वितरण गरेको हो ।

बाढीपहिरोमा परी धनमालसहित घरबारविहीन भएको शुभकालिका–८ का ८३ घरधुरीका लागि खाद्यान्न वितरण गरिइएको हो । उनीहरुलाई खाने बस्नेको समस्या भएका कारण खाद्यान्न वितरण गरिएको गाउँपालिकाका अध्यक्ष खडानन्द चौलागाईँले जानकारी दिए । “तत्कालका लागि ६०० बोरा चामल वितरण गरेका छौँ”, उनले भने, “उनीहरुको अहिले पनि खानबस्नको समस्या छ ।”

गाउँपालिकामा ठूलो सङ्ख्यामा बाढीपहिरोमा परी घरबारविहीन भएको अवस्था रहेको र त्यसको तथ्याङ्क सङ्कलन गरेर घरबारविहीनका लागि आवासको व्यवस्था गरिने अध्यक्ष चौलागाईँले बताए । “अहिले तथ्याङ्क सङ्कलन गरेर वास्तविक पीडितलाई आवासको व्यवस्था गर्ने तयारी थालेका छौँ”, उनले भने, “क्षतिको विवरण यकिन भएपछि आवास निर्माणका लागि तीनै तहका सरकार मिलेर काम गर्ने योजना रहेको छ ।”

वि.सं.२०७७ पुस २ बिहीवार १४:२७ मा प्रकाशित

विद्यालयबाट फर्किने क्रममा बेपत्ता बालिका खोलामा मृत भेटिइन्

विद्यालयबाट फर्किने क्रममा बेपत्ता बालिका खोलामा मृत भेटिइन्

घोडाघोडी (कैलाली) । कैलालीमा विद्यालयबाट घर फर्किने क्रममा सम्पर्कविहीन भएकी...

आम्दानीको प्रमुख माध्यम बंगुर र माछापालन

आम्दानीको प्रमुख माध्यम बंगुर र माछापालन

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–८ बेलडाँडीका तेजबहादुर चौधरीले डिउरो जातको बंगुरपालन...

पहिचान खुल्ने डरले टाढाको अस्पताल पुगेर सेवा लिन्छन् एचआइभी सङ्क्रमित

पहिचान खुल्ने डरले टाढाको अस्पताल पुगेर सेवा लिन्छन् एचआइभी सङ्क्रमित

दुर्गा देवकोटा, टीकापुर (कैलाली) । एचाइभी सङ्क्रमितलाई समाजमा अझै सम्मानजनक...

जालपादेवी केबलकारः कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

जालपादेवी केबलकारः कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

टिकाराम सुनार, सुदूरपश्चिम । माथिबाट बग्दै आएको नेपालकै लामो कर्णाली...

सैन्य अभ्यासका क्रममा एक जनाको मृत्यु

सैन्य अभ्यासका क्रममा एक जनाको मृत्यु

गोदावरी (कैलाली) । लम्कीचुहा नगरपालिका–३ स्थित गोरङ्गे ब्यारेकमा सैन्य तालिमका...

अनैतिक गतिविधिमा संलग्न रहेका भारतीयसहति २४ जना नियन्त्रणमा

अनैतिक गतिविधिमा संलग्न रहेका भारतीयसहति २४ जना नियन्त्रणमा

कैलाली। धनगढी उपमहानगरपालिका बजार क्षेत्रका विभिन्न होटलमा अनैतिक गतिविधि भइरहेको...