back
CTIZAN AD

तनहुँमा बन्यो रामायण भवन : भएन संरक्षण

वि.सं.२०७७ पुस २ बिहीवार

648 

shares

२ पुष, तनहुँ । आदिकवि भानुभक्त आचार्यको जन्मस्थल तनहुँको भानु नगरपालिका–४ स्थित शिखरकटेरीमा निर्माण गरिएको रामायण भवन संरक्षणको पर्खाइमा छ । भानु जन्मस्थल विकास समितिको म्याद सकिएर विघटन भएपछि अर्को समिति गठन हुन नसक्दा निर्माण सम्पन्न भए पनि त्यसको संरक्षण गर्ने निकाय नहुँदा अलपत्र बनेको हो ।

आदिकवि भानुभक्त आचार्यको स्मृतिमा शिखरकोटीमा रामायण भवन निर्माण गरे पनि आधिकारिक निकाय नहुँदा यतिबेला कसले संरक्षण गर्ने भन्ने विषयमा विवाद भएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको पर्यटन विभाग मातहतमा र भानु जन्मस्थल विकास समितिको सक्रियतामा करिब रु तीन करोडको लागतमा विसं २०५२ मा उक्त समिति गठन गरिएको हो ।

नेपाल सरकारसँग समिति गठनका लागि पहल गरिए पनि समिति गठन हुन नसकेपछि अलपत्र बन्दै गएको भानु नगरपालिका–४ का अध्यक्ष पूर्णबहादुर लौडारी भाटले बताए । भानुभक्त र रामायणसँग सम्बन्धित सामग्री सुरक्षित गरेर त्यसलाई साहित्यिक गन्तव्यस्थलका रूपमा विकास गर्न नेपाल सरकारको सहयोगमा भवन निर्माण गरिएको हो ।

रामायण भवन निर्माण सम्पन्नपश्चात संरक्षणका लागि कार्यपालिका बैठकमा पटक–पटक जानकारी गराए पनि कुनै सुनुवाइ नभएको उनले जानकारी दिए । यसअघि उक्त संस्थामा नेपाल सरकारले अध्यक्ष र कार्यकारी निर्देशकका रूपमा विभिन्न क्षेत्रका व्यक्तिलाई मनोनयन गर्दै आएको थियो । अहिले भानु नगरपालिकाले जन्मस्थल विकास समितिले समेत काम हेर्दै आएको बताइएको छ ।

भवन निर्माण पूरा भए पनि रामायण भएका श्लोक, रामायणसम्बन्धी तस्वीर कुद्ने काम बाँकी रहेको नगरपालिकाले जनाएको छ । रामायण भवन कलात्मक ढङ्गले निर्माण गरिएको छ । भवनको बार्दली सालको काठ प्रयोग गरी निर्माण गरिएको छ । भानु जन्मस्थल विकास समितिले भानु जन्मस्थल क्षेत्रमा निर्माण भएका र निर्माणाधीन संरचनाको संरक्षण र संवद्र्धन गर्दै आएकामा हाल समितिविहीन भएकाले संरक्षण गर्न कठिनाइ भएको भानुनगरपालिकाका प्रमुख उदयराज गौलीले जानकारी दिए ।

“संरक्षण तथा पर्यटक गाइड पनि व्यवस्थापन गर्न थुप्रै जनशक्ति आवश्यक पर्छ, पालिकाले सिधैँ कर्मचारी भर्ना गर्न मिल्दैन”, उनले भने । सङ्घीय सरकारको मातहतमा रहेको समिति विघटन भएकाले अहिले समितिविहीन अवस्थामा छ । रामायण भवन निर्माण गरिए पनि विघटित समितिको पुनःगठन हुन नसक्दा भवनका सामान चोरी हुने, आगलागी हुनेलगायत जोखिम बढ्दै गएको समितिका खरिदार शिव रानाभाटले जानकारी दिए ।

वनको बीच भागमा रामायण भवन निर्माण गरिएकाले एक्लै मानिस जान पनि सक्दैनन् । उनले भने, “आज गएर सरसफाइ गरेर चाबी लगाएर फर्कियो भोलिपल्ट जाँदा चाबी खोलेको र फोहर गरेको मात्रै देख्न सकिन्छ ।” कतिपय निर्माण गरिएका संरचनासमेत तोडफोड गरिएकाले समयमा ध्यान दिन नसकिए अरु क्षति व्यहोर्नुपर्ने देखिएको छ । राष्ट्रिय विभूतिको सम्मान गर्न पनि सङ्घीय सरकारले जिम्मा लिने गरी समिति गठन हुनुपर्नेमा नगरपालिकाले जोड दिँदै आएको छ ।

सङ्घले प्रदेशलाई, प्रदेशले नगरपालिकालाई र नगरपालिकाले वडालाई जिम्मेवारी दिएर खुम्चाउने काम भइरहेकाले भवन अलपत्र बन्दै गएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको पर्यटन विभागले समेत समितिसँग कुनै पनि समन्वय नगरी काम गरेका कारण पनि भवन संरक्षणमा समस्या देखिएको उनले बताए ।

वि.सं.२०७७ पुस २ बिहीवार १४:१४ मा प्रकाशित

रास्वपा गण्डकीको सभापतिमा नवीन त्रिपाठी, यी हुन् अन्य निर्वाचित

रास्वपा गण्डकीको सभापतिमा नवीन त्रिपाठी, यी हुन् अन्य निर्वाचित

कास्की । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गण्डकी प्रदेश समिति...

सेती पुलको म्याद दोस्रो पटक थप, यसकारण भयो ढिलाइ

सेती पुलको म्याद दोस्रो पटक थप, यसकारण भयो ढिलाइ

कास्की । पृथ्वीराजमार्गअन्तर्गत पर्ने पोखराको पृथ्वीचोकस्थित सेती नदीमा निर्माणाधीन सेती...

स्याङ्जाको नवग्रह मन्दिरः धार्मिक आस्था र वातावरण संरक्षणको सङ्गम

स्याङ्जाको नवग्रह मन्दिरः धार्मिक आस्था र वातावरण संरक्षणको सङ्गम

गण्डकी । स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–१, पञ्चकन्या मन्दिर परिसरमा नवग्रह तथा...

पोखरामा सुकुमवासी परिवारको जीवन बिमा

पोखरामा सुकुमवासी परिवारको जीवन बिमा

कास्की । पोखरा महानगरपालिका–१२ ले वडाभित्रका सुकुमवासी तथा न्यून कमाइ...

अचार बनाउने तालिमपछि उद्यमशील बन्दै महिला

अचार बनाउने तालिमपछि उद्यमशील बन्दै महिला

दमौली (तनहुँ) । यहाँका महिलाहरूका लागि अचार अब केवल खानासँग...

बेगनासतालमा डुङ्गा दौड प्रतियोगिता हुने

बेगनासतालमा डुङ्गा दौड प्रतियोगिता हुने

पोखरा । पोखरा महानगरपालिका–३१ स्थित बेगनासतालमा यही बुधबार छैटौँ संस्करणको...