back

तनहुँमा बन्यो रामायण भवन : भएन संरक्षण

वि.सं.२०७७ पुस २ बिहीवार

141 

shares
NTC AD
Global IME AD

२ पुष, तनहुँ । आदिकवि भानुभक्त आचार्यको जन्मस्थल तनहुँको भानु नगरपालिका–४ स्थित शिखरकटेरीमा निर्माण गरिएको रामायण भवन संरक्षणको पर्खाइमा छ । भानु जन्मस्थल विकास समितिको म्याद सकिएर विघटन भएपछि अर्को समिति गठन हुन नसक्दा निर्माण सम्पन्न भए पनि त्यसको संरक्षण गर्ने निकाय नहुँदा अलपत्र बनेको हो ।

आदिकवि भानुभक्त आचार्यको स्मृतिमा शिखरकोटीमा रामायण भवन निर्माण गरे पनि आधिकारिक निकाय नहुँदा यतिबेला कसले संरक्षण गर्ने भन्ने विषयमा विवाद भएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको पर्यटन विभाग मातहतमा र भानु जन्मस्थल विकास समितिको सक्रियतामा करिब रु तीन करोडको लागतमा विसं २०५२ मा उक्त समिति गठन गरिएको हो ।

नेपाल सरकारसँग समिति गठनका लागि पहल गरिए पनि समिति गठन हुन नसकेपछि अलपत्र बन्दै गएको भानु नगरपालिका–४ का अध्यक्ष पूर्णबहादुर लौडारी भाटले बताए । भानुभक्त र रामायणसँग सम्बन्धित सामग्री सुरक्षित गरेर त्यसलाई साहित्यिक गन्तव्यस्थलका रूपमा विकास गर्न नेपाल सरकारको सहयोगमा भवन निर्माण गरिएको हो ।

रामायण भवन निर्माण सम्पन्नपश्चात संरक्षणका लागि कार्यपालिका बैठकमा पटक–पटक जानकारी गराए पनि कुनै सुनुवाइ नभएको उनले जानकारी दिए । यसअघि उक्त संस्थामा नेपाल सरकारले अध्यक्ष र कार्यकारी निर्देशकका रूपमा विभिन्न क्षेत्रका व्यक्तिलाई मनोनयन गर्दै आएको थियो । अहिले भानु नगरपालिकाले जन्मस्थल विकास समितिले समेत काम हेर्दै आएको बताइएको छ ।

भवन निर्माण पूरा भए पनि रामायण भएका श्लोक, रामायणसम्बन्धी तस्वीर कुद्ने काम बाँकी रहेको नगरपालिकाले जनाएको छ । रामायण भवन कलात्मक ढङ्गले निर्माण गरिएको छ । भवनको बार्दली सालको काठ प्रयोग गरी निर्माण गरिएको छ । भानु जन्मस्थल विकास समितिले भानु जन्मस्थल क्षेत्रमा निर्माण भएका र निर्माणाधीन संरचनाको संरक्षण र संवद्र्धन गर्दै आएकामा हाल समितिविहीन भएकाले संरक्षण गर्न कठिनाइ भएको भानुनगरपालिकाका प्रमुख उदयराज गौलीले जानकारी दिए ।

“संरक्षण तथा पर्यटक गाइड पनि व्यवस्थापन गर्न थुप्रै जनशक्ति आवश्यक पर्छ, पालिकाले सिधैँ कर्मचारी भर्ना गर्न मिल्दैन”, उनले भने । सङ्घीय सरकारको मातहतमा रहेको समिति विघटन भएकाले अहिले समितिविहीन अवस्थामा छ । रामायण भवन निर्माण गरिए पनि विघटित समितिको पुनःगठन हुन नसक्दा भवनका सामान चोरी हुने, आगलागी हुनेलगायत जोखिम बढ्दै गएको समितिका खरिदार शिव रानाभाटले जानकारी दिए ।

वनको बीच भागमा रामायण भवन निर्माण गरिएकाले एक्लै मानिस जान पनि सक्दैनन् । उनले भने, “आज गएर सरसफाइ गरेर चाबी लगाएर फर्कियो भोलिपल्ट जाँदा चाबी खोलेको र फोहर गरेको मात्रै देख्न सकिन्छ ।” कतिपय निर्माण गरिएका संरचनासमेत तोडफोड गरिएकाले समयमा ध्यान दिन नसकिए अरु क्षति व्यहोर्नुपर्ने देखिएको छ । राष्ट्रिय विभूतिको सम्मान गर्न पनि सङ्घीय सरकारले जिम्मा लिने गरी समिति गठन हुनुपर्नेमा नगरपालिकाले जोड दिँदै आएको छ ।

सङ्घले प्रदेशलाई, प्रदेशले नगरपालिकालाई र नगरपालिकाले वडालाई जिम्मेवारी दिएर खुम्चाउने काम भइरहेकाले भवन अलपत्र बन्दै गएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको पर्यटन विभागले समेत समितिसँग कुनै पनि समन्वय नगरी काम गरेका कारण पनि भवन संरक्षणमा समस्या देखिएको उनले बताए ।

वि.सं.२०७७ पुस २ बिहीवार १४:१४ मा प्रकाशित

NLIC AD
NABIL bank AD
पोखरामा भएको सवारी दुर्घटनामा आठ चिनियाँ पर्यटक घाइते

पोखरामा भएको सवारी दुर्घटनामा आठ चिनियाँ पर्यटक घाइते

कास्की । पोखरामा आज बिहान भएको दुर्घटनामा परी आठजना चिनियाँ...

गोरखाका यी पाँच पालिकाले सार्वजनिक पदमा रहेका व्यक्तिलका लागि गरे यस्तो निणर्य…

गोरखाका यी पाँच पालिकाले सार्वजनिक पदमा रहेका व्यक्तिलका लागि गरे यस्तो निणर्य…

गोरखा । गोरखाका स्थानीय तहमा सार्वजनिक पद धारण गरेका व्यक्तिले...

मान्छेसँग बोल्लान् झै लाग्ने खालका ढुङ्गाको आकृतिले पर्यटकलाई तान्दै

मान्छेसँग बोल्लान् झै लाग्ने खालका ढुङ्गाको आकृतिले पर्यटकलाई तान्दै

दमौली (तनहुँ) । नुवाकोटको विदुर नगरपालिका–११ वासुदेव अवस्थीलाई पहिलोपटक ऐनापहरा...

एक रुपैयाँ बचतबाट बन्यो आमा समूहको आठ करोडको पुँजी

एक रुपैयाँ बचतबाट बन्यो आमा समूहको आठ करोडको पुँजी

तनहुँ । सुन्दा पत्यार नलाग्न सक्ला तर एक रुपैयाँ बचतले...

मेलाका गीत ‘एक पैसो कैलेलाई ? चैतेदसैँलाई…’

मेलाका गीत ‘एक पैसो कैलेलाई ? चैतेदसैँलाई…’

गण्डकी । बागलुङको ऐतिहासिक चैतेदसैँ मेलालाई लिएर थुप्रै गीत रचिएका...

आज चैतेदसैँ, बिहानैदेखि बागलुङ कालिकामा भक्तजनको घुइँचो

आज चैतेदसैँ, बिहानैदेखि बागलुङ कालिकामा भक्तजनको घुइँचो

ढोरपाटन (बागलुङ) । आज चैतेदसैँ । बिहानदेखि नै बागलुङ कालिका...