back
CTIZAN AD

उद्योगमन्त्री भट्ट भन्छन् – चिनी मिलका मालिकलाई पक्राउ नगर्न नेताहरुको फोन आयो

वि.सं.२०७७ पुस २ बिहीवार

702 

shares

पौष २, काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले किसानलाई पैसा नतिर्ने चिनी उद्योगीलाई पक्राउ गर्न नेताहरुले नै अवरोध गरेको बताएका छन् । बिहिबार प्रतिनिधिसभाको उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा बोल्दै मन्त्री भट्टले यस्तो बताएका हुन् ।

उनका अनुसार उखु किसानको पक्षमा बोल्ने नेताले नै चिनी उद्योगीको पक्षमा लबिङ्ग गरिरहेका छन् ।

‘सामाजिक सञ्जालमा किसानको पक्षमा भएझैं गरी नेताज्यूहरु रोइलो गर्नु हुन्छ तर भित्रभित्रै चाहिँ उद्योगीको संरक्षण गर्नु हुन्छ’, मन्त्री भट्टले भने, ‘नेताज्यूहरु मलाई फोन गरेर भन्नु हुन्छ, ‘३–४ दिनमै तिर्छु भनेका छन्, अहिले पक्राउ नगरिदिनुस् है’ । फेरि ट्विटरमा चाहिँ उहाँहरु नै सरकारकै विरोध गरेर किसानलाई पैसा किन नदिएको भन्नुहुन्छ । अच्चम छ । यस्तो दोहोरो चरित्रले किसानको हित हुँदैन,’ मन्त्री भट्टले भने ।

मन्त्री भट्टले कुन नेताले कुन उद्योगको पक्षमा फोन गरेको भने खुलाएका छैनन् ।

वि.सं.२०७७ पुस २ बिहीवार १४:१० मा प्रकाशित

अस्वस्थ्य खानपानका कारण बैतडीमा नसर्ने रोगको जोखिम बढ्दै

अस्वस्थ्य खानपानका कारण बैतडीमा नसर्ने रोगको जोखिम बढ्दै

दशरथचन्द (बैतडी) । अस्वस्थकर खानपानका कारण बैतडीमा नसर्ने रोगको जोखिम...

वर्षाको असर मौरीपालनमा : चरन क्षेत्रका मौरीघार बगायो

वर्षाको असर मौरीपालनमा : चरन क्षेत्रका मौरीघार बगायो

नारायणगढ (चितवन) । अविरल वर्षापछि आएको बाढीका कारण चितवनको रत्ननगर...

आज यी चार प्रदेशमा भारी वर्षाको पूर्वानुमान

आज यी चार प्रदेशमा भारी वर्षाको पूर्वानुमान

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...

फ्रान्सलाई पराजित गर्दै फिफा विश्वकपको फाइनलमा स्पेन

फ्रान्सलाई पराजित गर्दै फिफा विश्वकपको फाइनलमा स्पेन

काठमाडौँ । फ्रान्सलाई पराजित गर्दै स्पेन फिफा विश्वकप २०२६ को...

पर्यटक लोभ्याउने ‘ठूली दह’

पर्यटक लोभ्याउने ‘ठूली दह’

त्रिवेणी (रुकुमपश्चिम) । मुसिकोट नगरपालिका–७ मा अवस्थित ‘ठूली दह’ पछिल्लो...

गुप्तचर विभागलाई राजस्व चुहावट नियन्त्रणको जिम्मा

गुप्तचर विभागलाई राजस्व चुहावट नियन्त्रणको जिम्मा

काठमाडौं । सरकारले राजस्व चुहावट नियन्त्रण, भन्सार छली रोकथाम तथा...