back
CTIZAN AD

चिसो मौसममा छालाको स्याहार गर्दा जान्नुपर्ने यी हुन् पाँच कुरा

वि.सं.२०७७ पुस २ बिहीवार

666 

shares

चिसो मौसम सुरु भइसकेको छ । नेपालमा असोज अन्तिमतिरबाट चिसोको मौसम सुरु हुने भएपनि मुख्यतः बढी चिसो हुने महिनाको रुपमा पुस र माघलाई लिइन्छ । चिसो मौसममा पानी तथा झोलिलो खाने कुराको कमीका कारण छालामा सुख्खापन आउछ । यस्तो बेलामा आफ्नो सुन्दर र नरम छालालाई कसरी बचाउने भन्ने विषयमा स्वास्थ्य विज्ञहरु यस्तो सल्लाह दिन्छन् ।

चिसो मौसममा बढी हातखुट्टा, ओठ फुट्नु तथा सुख्खापन बढी आउँछ । चिसोमा सबैका लागि घाम प्यारो हुन्छ । घाम ताप्नाले शरिरमा केही हदसम्म न्यानो भएको महसुस हुन्छ । अनि घामबाट भिटामीन डि पनि प्राप्त गर्न सकिन्छ । तर, केही घण्टासम्म घाममा बस्दा छालामा नराम्रो असर पर्नसक्छ । छालामा अल्ट्राभ्वाइलेट किरण र चिसो हावाको असर पर्दछ ।

नुहाउनासाथ मोस्चुराइजरको प्रयोग गर्नुहोस्
स्वस्थ्य विज्ञका अनुसार छालामा नरमपना ल्याउनका लागि नुहाउनासाथ तत्कालै मोस्चुराइजर क्रिमको प्रयोग गर्नु् राम्रो हुन्छ । साथै क्रिम भन्दा पनि राम्रो नरिवलको तेल प्रयोग गर्न सुझाउँछन् स्वास्थ्यविज्ञ । जाडोको मौसममा स्क्रब प्रयोग नगर्नु नै राम्रो मानिन्छ ।

हीटर ताप्ने तथा तातोपानी प्रयोग कम गर्नुहोस्
चिसोको मौसममा धेरैजसो तातो पानीको प्रयोग हुन्छ । साथै दिउसो घाम ताप्नुको अलावा विहान बेलुका इलेक्ट्रिक वा ग्यास हीटर ताप्ने गर्दछौं । तर स्वास्थ्य विज्ञका अनुसार हीटर तथा तातो पानीको धेरै प्रयोगका कारण शरिरमा रहेको प्राकृतिक तेल निस्कने हुनाले यसले छालामा रुखोपन ल्याउने सम्भावना हुन्छ ।


 दिनहुँ ८ देखि १० गिलास पानी पिउनुहोस
त्यसो त चिसो मौसममा पानी पिउन मन लाग्दैन । तर, हाम्रो शरिरको स्वास्थ्यका लागि पानी पिउनु अति आवस्यक हुन्छ । पानी कम पिउँदा छालामा नरमपना कम हुने हुनाले दिनहुँ ८ देखि १० गिलास पानी पिउनु अति राम्रो हुन्छ । पानीले शरिरमा रहेको अनावस्यक टक्सिन बाहिर निकाल्न सहयोग गर्दछ ।


भिटामीन सी भएको खानेकुरा खानुहोस्
चिसो मौसममा छालाको नरमपनाको लागि भिटामीन सियुक्त खानेकुरा खानु अति फाइदाजनक हुन्छ । यसले छालालाई स्वस्थ्य राख्नुका साथै इम्युनिटी पावर बढाउन सहयोग गर्दछ । भिटामीन सी यस्तो प्राकृतिक एन्टी अक्सिडेन्ट हो जसले छालालाई अल्ट्राभ्वाइलेट किरणबाट हुने हानीबाट बचाउन सहयोग गर्दछ । जस्तै टमाटर, सुन्तला, किवी, कागती लगायतका फलफूल खान सकिन्छ ।

कडाखालको साबुन प्रयोग नर्गनुहोस्
स्वास्थ्य विज्ञका अनुसार चिसो मौसममा कडा खालको साबुन भन्दा नरम खालको ग्लिसरिन युक्त साबुनको प्रयोग गर्नु अति राम्रो मानिन्छ । साथै जुन साबुनको पिएच ५ं५ हुन्छ त्यस्तो साबुन प्रयोग गर्दा राम्रो हुने बताइन्छ । त्यसले छालामा नरमपना राख्न सहयोग गर्दछ ।

वि.सं.२०७७ पुस २ बिहीवार १४:०० मा प्रकाशित

प्रदूषित हावा हटाउन आठ अर्ब ७१ करोडको परियोजना

प्रदूषित हावा हटाउन आठ अर्ब ७१ करोडको परियोजना

प्रगति ढकाल, काठमाडौँ । सरकारले प्रदूषित हावा हटाएर स्वच्छ वातावरण...

रास्वपा गण्डकीको सभापतिमा नवीन त्रिपाठी, यी हुन् अन्य निर्वाचित

रास्वपा गण्डकीको सभापतिमा नवीन त्रिपाठी, यी हुन् अन्य निर्वाचित

कास्की । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गण्डकी प्रदेश समिति...

स्वतन्त्र ऊर्जा उत्पादक संघमा डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति चयन

स्वतन्त्र ऊर्जा उत्पादक संघमा डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति चयन

काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को २४औँ...

आजको मौसम विवरण यी प्रदेशमा भारी वर्षाको सम्भावना !

आजको मौसम विवरण यी प्रदेशमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय...

सुस्तामा भारतीय हस्तक्षेपप्रति हर्कको कडा आपत्तिः रक्षामन्त्रीलाई संसदमा उभ्याउन रुलिङको माग

सुस्तामा भारतीय हस्तक्षेपप्रति हर्कको कडा आपत्तिः रक्षामन्त्रीलाई संसदमा उभ्याउन रुलिङको माग

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं संसदीय दलका नेता...

कांग्रेस क्रियाशील सदस्यता वितरणको म्याथ थप गरियो

कांग्रेस क्रियाशील सदस्यता वितरणको म्याथ थप गरियो

काठमाडौँ । नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिक अभियानअन्तर्गत सात लाख...