back
CTIZAN AD

शुक्रबारदेखि सार्वजनिक सवारीको जोरविजोर प्रणाली हट्ने, यस्तो छ सुरक्षा मापदण्ड

वि.सं.२०७७ पुस २ बिहीवार

747 

shares

२ पुस, काठमाडौं । कोरोना महामारीका कारण लामो समयदेखि सवारीमा लगाइएको जोर–विजोर प्रणाली शुक्रबारदेखि हट्ने भएको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंका अनुसार शुक्रबारदेखि स्वास्थ्यसेवाको मापदण्ड अपनाएर भोलीदेखि सवारी चलाउन पाइनेछ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख काली प्रसाद रिजालका अनुसार सार्वजनिक सवारी साधनहरुमा विशेष स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरेर मात्र चलाउन पाइनेछ ।

‘हामीले यसका लागि विशेष मापदण्ड पालना गनुपर्ने नीति बनाएका छौं । जसमा मास्क अनिवार्य लगाउनुपर्ने, भौतिक दूरी कायम गर्नुपर्ने, प्रत्येक सवारीमा सेनिटाइजर राख्नुपर्ने लगायतका मापदण्डको पूर्ण पालना गरेर चलाउन सकिनेछ ।’ प्रमुख रिजालले संसारन्युजसँग भने ।

बिहिबार जिल्ला प्रशासन कार्यालय काठमाडौंमा बसेको सरोकारवाला निकाय, यातायात व्यवसायी र मजदुर संघका पदाधिकारीहरुको बैठकले जोर विजोर प्रणालीका कारण झनै भिड बढेको र यसले कोरोना संक्रमणको जोखिम पनि बढेको निष्कर्षसहित जोर विजोर प्रणाली हटाउन लागिएको हो ।

वि.सं.२०७७ पुस २ बिहीवार १४:५४ मा प्रकाशित

पर्यटक लोभ्याउने ‘ठूली दह’

पर्यटक लोभ्याउने ‘ठूली दह’

त्रिवेणी (रुकुमपश्चिम) । मुसिकोट नगरपालिका–७ मा अवस्थित ‘ठूली दह’ पछिल्लो...

गुप्तचर विभागलाई राजस्व चुहावट नियन्त्रणको जिम्मा

गुप्तचर विभागलाई राजस्व चुहावट नियन्त्रणको जिम्मा

काठमाडौं । सरकारले राजस्व चुहावट नियन्त्रण, भन्सार छली रोकथाम तथा...

नेप्से परिसूचक छ दशमलव ११ अङ्कले बढ्यो

नेप्से परिसूचक छ दशमलव ११ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

दुई विधेयक दफावार छलफलका लागि समितिमा पठाउने प्रस्ताव स्वीकृत

दुई विधेयक दफावार छलफलका लागि समितिमा पठाउने प्रस्ताव स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभाले विभिन्न दुई विधेयक दफावार छलफलका लागि सम्बन्धित...

व्यावसायिक बेसारखेतीमा इलामका किसान

व्यावसायिक बेसारखेतीमा इलामका किसान

फिक्कल (इलाम) । इलामको माङसेबुङ गाउँपालिका–१ गजुरमुखीका किसान रामभक्त निरौलाले...

पहिरो पन्छाएर नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

पहिरो पन्छाएर नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

चितवन । नारायणगढ–मुग्लिन सडकको १५ ठाउँमा खसेको पहिरो हटाएपछि सडक...