back
CTIZAN AD

एकैवर्षमा तीन अभिभावक गुमाएका मुगुका बाह्र वर्षीय बालक युवराजलाई देश-विदेशबाट आर्थिक सहयोग

वि.सं.२०७७ पुस २ बिहीवार

1.4K 

shares

२ पुस, मुगु । बर्ष दिन भित्रमा आफना तीन अविभावक गुमाएर साहारा विहिन बनेका यहाँका एक गाँउका ४ बालबालिकाहरुको आशु पुछिएको छ ।

मुगु जिल्ला छायाँनाथ रारा नगरपालिका वडा नं ११ ¥याङ्गचेकाटी गाँउका १२ वर्षिय युवराज कुमालका ४ भाई वहिनीहरुले एक वर्ष भित्रमा वावु,बाजे र बजै गुमाउदा अविभावक विहिन भएका थिए ।

अविभावक विहिन हुदा घरमा उत्पादनशिल जनशक्ति नहुदा यी बालबालिकाकोे पालन पोषण,शिक्षा,दिक्षा र आवासमा समस्या भएपछि गत कार्तिक १९ गते हामा्र कुरा डटकममा युद्ध बहादुर मल्ल र संसारन्युज अनलाईनमा राज बहादुर शाहीले यी बालकहरुको उद्धारका लागी सहयोगको अपिल गदै समाचार लेखेका थिए ।
हामा्र कुरा डटकमका सस्थापक सम्पादक अजयवावु सिवाकोटी र संसाारन्युज डटकमकी प्रवन्ध सम्पादक चन्द्रिका राना थापा(चन्दा)को पहलमा देश विदेशमा रहेका मनकारी व्यक्तिहरुले आफना खर्च कटौती गदै आर्थिक सहयोग गरेका थिए ।

जसमा संसारन्युजको पहलमा १ लाख र हामा्र कुराको पहलमा १ लाख २१ हजार ५ सय गरि कूल २ लाख २१ हजार ५ सय रकम संकलन भएको थियो ।

संकलित रकम बुधबार नेपाल पत्रकार महासंघ मुगु शाखाका अध्यक्ष नृपेन्द्र बहादुर मल्लले बालकको घर मै गएर हस्तान्तरण गरेका हुन् ।

हस्तान्तरण कार्यक्रममा नागरिक समाज मुगुका अध्यक्ष रुप बहादुर मल्ल,पत्रकार महासंघ मुगु शाखाका सस्थापक अध्यक्ष विनोद कुमार मल्ल संचारकर्मीहरु जिवन सेजुवाल, विमल हमाल, अच्युतराज भण्डारी, मोहन कुमार मल्ल, खड्क सुनार सहभागी भएका थिए ।

वेसाहारा बालबालिकाकी आमा सौमती कुमालले सहयोग रकम बुझदै सहयोग गर्नेहरु आफनो लागी भगवान भएर धर्तीमा आएको बताएकी छन् । आफना बालबालिकाको शिक्षा र लालन पालनमा उक्त रकम खर्च गर्ने उनले भनिन् ‘दाताहरुले सहयोग गरेको खेर जान दिन छैनौ ।’

एकैवर्ष भित्र बाजे, बाबु र बजैको किरिया बसेका १२ बर्षे युवराजले भने– आफना साना साना भाई वहिनीको अविभावक भनेको म नै भएको छु घरमा कमाउने कोहि छैन एक आमाको कमाईले घर चलाउने की हामी पढने, हामो्र दयनिय अवस्था देखेर समाचार लेख्नु भएछ हामीले कहिल्यै नदेखेको रकम सहयोग पाएका छौ भविष्यमा हामीले सहयोग गरेको सहि ठाँउमा परेछ भन्ने देखाउने गरि आफु पढने र भाईवहिनीलाई पढाउने छु ।’

समाचार कै प्रभावका कारण छायाँनाथ रारा नगरपालिकाले यो परिवारलाई ओडने ओछयाउने कपडा र खाद्यान्न सहयोग गरेको छ भने बुधबारै ग्रामिण युवा तथा समाज विकास केन्द्र (हिरिसडेक) मुगुका अध्यक्ष मुकुन्द रावलले युवराज सहित भाई वहिनीहरुलाई स्कुल झोला, न्यानो कपडा सहयोग गरेका छन् ।

को-को ले गरे त युवराजको परिवारलाई सहयोग
यस्तै संसार न्यूज डटकममा समाचार प्रकाशित भएपछि देश तथा विदेशमा बस्ने मनकारी व्यक्तिहरुले १ लाख सहयोग गरेका छन् ।

सोलिडारिटी ट्रष्टकी अध्यक्ष, ऐक्यबद्धता मासिक तथा संसारन्युज डटकमकी प्रबन्ध सम्पादक चन्द्रिका राना थापा (चन्दा) को अनुरोधमा म्याग्दी घर भई अमेरिकाको बाल्टिमोरको मेरिल्याण्डमा बस्ने सावि थापा र दीपा पुन कार्कीको पहल (जो आफैले पनि रकम सहयोग गरेकी छन्) मा उठेको उक्त रकम सहयोग गर्नेहरुको नाम यसप्रकार रहेको छ ।

 

म्याग्दी घर भइ अमेरिकामा बस्ने चन्द्रा रोका, ऋतुमा बानिया, कुसुम बानिया, गिता घिमिरे, म्याग्दी, गुन्यु चोली संचालिका ऋतुमा बानिया, गायिका मुना थापामगर, शोभा भण्डारी, राधा रिजाल, निलु गुरुङ ,माया पाइजा, उषा मल्ल शाही, गायिका मंजु पुन, ज्ञानु भण्डारी, कमल÷सावित्री शेरचन, शुस्मा रिजाल केसी, कमल सुबेदी, रिता कार्की रावल, अमृता घिमिरे, रिना बुढाथोकी, ज्ञानु बानिया क्षेत्री, रुपना छन्त्याल, भिम केसी र चम तिलिजा, बाग्लुङ हाल अमेरिकाबाट–दिपक ढुंगाना, रामजी शर्मा, सुर्य\निकिता भण्डारी, प्रकाश केसी, रजनी शर्मा, यमुना शर्मा र अन्यमा अनुषा मल्ल, पर्वत, कल्पना कार्की, गुल्मी, कुल गुरुङ, कास्की, दिपेश कुँवर, सिन्धुली र गायिका सिर्जना बिरही थापा रहेका छन् ।

 

युवराजलाई सहयोग गर्ने अमेरिकामा रहेको सोहि समुहले धादिङकी दिक्षा तामाङ (जसले दुर्घटनामा परेर एउटा खुट्टा गुमाएकी थिइन्) लाई १ लाख, खुट्टामा घाउ भएका अर्का भानु चालिसेलाई ४० हजार र इन्द्रेणी परिवारलाई चालिस हजार सहयोग पठाएको थियो । उक्त रकम इन्द्रेणी कार्यक्रममा आयोजित रकम हस्तान्तरण कार्यक्रममा वरिष्ठ लोक गायक नारायण रायमाझीको हातबाट हस्तान्तरण गरिएको थियो ।उक्त हस्तान्तरण कार्यक्रममा इन्द्रेणी कार्यक्रमका प्रमुख कृष्ण कँडेल, कालाकार तथा गायिकाहरु लगायतको उपस्थिति रहेको थियो ।

 

त्यस्तै हाम्रा कुरा डटकममा समाचार आएपछि सहयोग गर्नेहरु भुपेन्द्र शम्सेर कुँवर (युवा व्यवसायी) २०,०००।, दिनेश दाहाल (युवा उद्यमी, संचारकर्मी) १०,०००।, जिल्ला सरकारी वकिल कार्यालय कैलालीमा कार्यरत अधिवक्ता सुर बहादुर परियारको पहलमा दिल बहादुर शाही, दामोदर घिमिरे, निर्मला रावल, चित्रा पनेरु, गंगा उपाध्यायले ४२,०००। राजन अधिकारी (संचारकर्मी) १०,०००।, छायाँनाथ रारा नपा १ मुगुकी नम्रता मल्ल १०,०००।, कर्मचारी युनियनका केन्द्रिय सदस्य कृष्ण सेजुवाल ३०००।, छायाँनाथ रारा नपा मुगुकी पद्मादेवी मल्ल २०,०००।, सागर पराजुली बौद्ध५०००।, कविराज कार्की(संचारकर्मी) १५००। रहेको छ ।

 

 

वि.सं.२०७७ पुस २ बिहीवार १५:५५ मा प्रकाशित

पर्यटक लोभ्याउने ‘ठूली दह’

पर्यटक लोभ्याउने ‘ठूली दह’

त्रिवेणी (रुकुमपश्चिम) । मुसिकोट नगरपालिका–७ मा अवस्थित ‘ठूली दह’ पछिल्लो...

गुप्तचर विभागलाई राजस्व चुहावट नियन्त्रणको जिम्मा

गुप्तचर विभागलाई राजस्व चुहावट नियन्त्रणको जिम्मा

काठमाडौं । सरकारले राजस्व चुहावट नियन्त्रण, भन्सार छली रोकथाम तथा...

नेप्से परिसूचक छ दशमलव ११ अङ्कले बढ्यो

नेप्से परिसूचक छ दशमलव ११ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

दुई विधेयक दफावार छलफलका लागि समितिमा पठाउने प्रस्ताव स्वीकृत

दुई विधेयक दफावार छलफलका लागि समितिमा पठाउने प्रस्ताव स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभाले विभिन्न दुई विधेयक दफावार छलफलका लागि सम्बन्धित...

व्यावसायिक बेसारखेतीमा इलामका किसान

व्यावसायिक बेसारखेतीमा इलामका किसान

फिक्कल (इलाम) । इलामको माङसेबुङ गाउँपालिका–१ गजुरमुखीका किसान रामभक्त निरौलाले...

पहिरो पन्छाएर नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

पहिरो पन्छाएर नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

चितवन । नारायणगढ–मुग्लिन सडकको १५ ठाउँमा खसेको पहिरो हटाएपछि सडक...