२ पुष, काठमाडौँ । जिल्ला सिरहा, श्री आधारभूत प्राथमिक विद्यालयका शिक्षक भोगीलाल यादव झुठ्ठा स्थायी अध्यापन अनुमतिपत्र पेश गरेको आरोपमा पक्राउ परेका छन् ।
अनुसन्धानको शिलशिलामा शिक्षक यादवले अस्थायी शिक्षक पदको लागि झुठ्ठा स्थायी अध्यापन अनुमतिपत्रको प्रमाणपत्र पेश गरी अस्थायी शिक्षक पदमा नियुक्ति लिई राष्ट्रसेवकको ओहोदा प्राप्त गरी लामो समयसम्म अध्यापन गरी लाभसमेत लिएको हुँदा निजलाई उक्त कार्य प्रचलित भ्रष्टाचार निवारण ऐन बमोजिम सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप–पत्र दायर गरिएको अख्तियारले जनाएको छ ।