back
CTIZAN AD

नमोबुद्ध र बनेपामा अनलाइन प्रणालीबाट राजश्व सङ्कलन

वि.सं.२०७७ पुस २ बिहीवार

801 

shares

२ पौष, बनेपा । काभ्रेपलाञ्चोकको नमोबुद्ध र बनेपा नगरपालिकाले अनलाइन प्रणालीबाट राजश्व भुक्तानीको व्यवस्था गरेको छ ।

सेवाग्राहीलाई घरबाटै राजश्व बुझाउने सुविधाका लागि बुधबारदेखि राजश्व भुक्तानीको व्यवस्था गरिएको नमोबुद्ध नगरपालिकाका प्रमुख टङ्कप्रसाद तिमल्सिनाले बताए । सेवा शुरु भएसँगै अब नगरवासीले सम्पत्ति कर, घर बहाल करलगायत कर तिर्नका लागि नगरपालिकासम्म धाउनुपर्ने बाध्यताको अन्त्य भएको छ ।

अब कर तिर्नका लागि लामो लाइन लाग्नुपर्ने अवस्थाको पनि अन्त्य भएको र कोरोना सङ्क्रमणका कारण उपस्थित हुन नचाहनेका लागि इपेमेन्ट प्रणालीले सहज बनाएको प्रमुख तिमल्सिनाले बताए। उनले भने , “यो एक प्रकारले अनलाइन भुक्तानी हो । यहाँका सेवाग्राही, जनप्रतिनिधि र कर्मचारीलाई प्रविधिमैत्री बनाउने सिलसिलामा इपेमेन्ट प्रविधि लागू गरेका हौं ।”

यसैगरी बनेपा नगरपालिकाले पनि डिजिटल प्रणालीमार्फत राजश्व भुक्तानी गर्ने व्यवस्थाको शुरुवात गरेको छ । नगरपालिकाका प्रमुख लक्ष्मी नरसिंह बादेले नगरवासीले घरमा नै बसी ई–सेवा तथा खल्ती एप प्रयोग गरेर राजश्व बुझाउन सकिने बताए ।

अब नगरवासीले सो सेवा प्रयोग गरी सम्पत्ति कर, सरसफाइ, व्यवसाय कर, घर बहाल कर, भूमिसुधार, नवीकरण सेवा करलगायत विभिन्न कर मोबाइलबाट नै भुक्तानी गर्न सकिने उनले बताए । यसअघि धुलिखेल नगरपालिककाले सो सेवाको शुरुवात गरिसकेको छ । रासस

वि.सं.२०७७ पुस २ बिहीवार १६:१९ मा प्रकाशित

नेप्से परिसूचक छ दशमलव ११ अङ्कले बढ्यो

नेप्से परिसूचक छ दशमलव ११ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

दुई विधेयक दफावार छलफलका लागि समितिमा पठाउने प्रस्ताव स्वीकृत

दुई विधेयक दफावार छलफलका लागि समितिमा पठाउने प्रस्ताव स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभाले विभिन्न दुई विधेयक दफावार छलफलका लागि सम्बन्धित...

पहिरो पन्छाएर नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

पहिरो पन्छाएर नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

चितवन । नारायणगढ–मुग्लिन सडकको १५ ठाउँमा खसेको पहिरो हटाएपछि सडक...

चालु आर्थिक वर्षके ११ महिनामे २१ खरब २० अरब रेमिट्यान्स आएल

चालु आर्थिक वर्षके ११ महिनामे २१ खरब २० अरब रेमिट्यान्स आएल

काठमाण्डौँ । चालु आर्थिक वर्षके ११ महिनामे नेपालमे २१ खरब...

प्रतिनिधिसभाः विपद् जोखिमसहित समसामयिक विषयमा ध्यानाकर्षण

प्रतिनिधिसभाः विपद् जोखिमसहित समसामयिक विषयमा ध्यानाकर्षण

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा भाग लिनुहुने सांसदहरूले...

आदिकविले भाषिक एकतालाई बलियो बनाउनुभयो ः सभामुख अर्याल

आदिकविले भाषिक एकतालाई बलियो बनाउनुभयो ः सभामुख अर्याल

काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले नेपाली भाषा, साहित्य र संस्कृतिका...