back
CTIZAN AD

वाटमोर नेपाली क्रिकेट टिमको मुख्य प्रशिक्षकमा  नियुक्त

वि.सं.२०७७ पुस २ बिहीवार

738 

shares

२ पुस, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षकमा डेभ वाटमोर नियुक्त भएका छन् । नेपाल क्रिकेट संघ (क्यान)ले बिहिबार एक वक्तव्य जारी गर्दै वाटमोरलाई मुख्य प्रशिक्षक नियुक्त गरेको जानकारी गराएको छ ।

केहि समय अघिबाट मुख्य प्रशिक्षक नियुक्तमा लागेको क्यानले वाटमोरलाइ नयाँ प्रशिक्षकमा नियुक्त गरेको हो । उनिसहित १२ जना मुख्य प्रशिक्षकका लागि प्रतिस्पर्धामा थिए । क्यानका अनुसार नेपालका पूर्व प्रशिक्षक पुवुदु दशानायके, अपूर्व सुबोधभाइ देसाइ, नेइल क्याक्रेइ लगायतले पनि नेपालको प्रशिक्षक बन्न इछा देखाउदै अन्तर्वार्ता दिएका थिए ।

नयाँ प्रशिक्षकको रुपमा नियुक्त भएका वाटमोरको तलब मासिक १० हजार डलरको आसपास हुने बताइएको छ । क्यानले कर लगायतका अन्य विषयको टुंगो लागेपछि उनको लागि कति खर्चहुने जानकारी दिन सकिने बताएको छ । यस्तै क्यानको महाप्रवन्धकमा रौनक मल्ल र क्रिकेट म्यानेजरमा विनोद दास नियुक्त भएका छन् । तीनै जनाकोअवधि २०२१ को जनवरी १ बाट लागू हुनेछ ।

वाटमोरसँग श्रीलंका, बंगलादेश, भारतले यू–१९ , पाकिस्तान,जिम्बाब्वे लागाएत अन्य लिग क्लबहरुको प्रशिक्षक बनेको अनुभव रहेको छ । २०२० फेब्रअरीदेखि सिंगापुर क्रिकेट टिमको मुख्य प्रशिक्षक रहेका वाटमोर को गर्विलो क्रिकेटि इतिहास रहेको छ । नेपाली टिममा क्षमतवान खेलाडीहरु रहेको र क्रिकेटमा नेपालको भविश्य उज्जल भएकाले वाटमोर नयाँ चुनौतीका लागि नेपालको प्रशिक्षक बन्न इछा ब्यक्त गर्दै आएका थिए ।

वि.सं.२०७७ पुस २ बिहीवार १७:५९ मा प्रकाशित

मिसन– २०२६ का खेलाडीलाई खेल पोशाक वितरण

मिसन– २०२६ का खेलाडीलाई खेल पोशाक वितरण

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले मिसन– २०२६ अन्तर्गत...

अर्जेन्टिना  विश्वकपको सेमिफाइनलमा

अर्जेन्टिना  विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । स्विटजरल्यान्डलाई ३–१ गोलले पराजित गर्दै साविक विजेता अर्जेन्टिना...

नर्वेलाई हराउँदै इङल्यान्ड विश्वकपको सेमिफाइनलमा

नर्वेलाई हराउँदै इङल्यान्ड विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । इङल्यान्ड २–१ गोलले नर्वेलाई पराजित गर्दै फिफा विश्वकप...

बेल्जियमलाई हराउँदै स्पेन फिफा विश्वकपको सेमिफाइनलमा

बेल्जियमलाई हराउँदै स्पेन फिफा विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । बेल्जियमलाई पराजित गर्दै स्पेन फिफा विश्वकप–२०२६ को सेमिफाइनलमा...

मोरक्कोलाई पराजित गर्दै फ्रान्स विश्वकपको सेमिफाइनलमा प्रवेश

मोरक्कोलाई पराजित गर्दै फ्रान्स विश्वकपको सेमिफाइनलमा प्रवेश

काठमाडौंँ । कप्तान किलियन एमबाप्पे र उसमान डेम्बेलेको गोलमा मोरक्कोलाई...

विश्व च्याम्पियनसिपमा कांस्य जितेका सुमन तिमिल्सिनालाई अमेरिकामा सम्मान

विश्व च्याम्पियनसिपमा कांस्य जितेका सुमन तिमिल्सिनालाई अमेरिकामा सम्मान

काठमाडौं । अमेरिकाको न्युयोर्कस्थित च्याम्पियन्स मार्सल आर्ट्सले नेपाली कराते खेलाडी...