back
CTIZAN AD

यस्तो छ हेर्नुहोस् नेपालमा पुस २ गतेसम्मको कोरोना अपडेटको पूर्ण विवरण

वि.सं.२०७७ पुस २ बिहीवार

669 

shares

२ पुस, काठमाडौं । नेपालमा विहिबार ( २ पुस) सम्म पिसीआर प्रविधिबाट १८ लाख ५५ हजार ७२४ वटा कोरोना भाइरसको नमुना परीक्षण गरिएको छ ।

जसमा पछिल्लो २४ घण्टामा पिसीआर प्रविधिबाट ६ हजार ५८८ वटा नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

त्यसैगरी हालसम्म देशैभरी संक्रिय संक्रमित ९ हजार ५८० जना रहेका छन् । ती मध्ये देशका विभिन्न अस्पताल तथा आइसोलेशन सेन्टरहरुमा ३ हजार ६९७ जनाको उपचार भइरहेको छ । साथै होम आइसोलेसनमा बस्नेको संख्या ५ हजार ८८३ रहेको छ ।

त्यस्तै देशभरका विभिन्न अस्पतालको आइसीयुमा २८१ जना संक्रमित उपचाररत छन् ।

मन्त्रालयका अनुसार प्रदेश १ मा २५, प्रदेश २ मा ११, बागमती प्रदेशमा १११, गण्डकी प्रदेशमा ८२, लुम्बिनी प्रदेशमा ४०, कर्णाली प्रदेश र सुदूरपश्चिममा ६÷६ जना गरी जम्मा २८१ जना आइसीयुमा उपचाररत छन् ।

त्यसैगरी प्रदेश १ मा ७ जना, प्रदेश २ मा २ जना, बागमती प्रदेशमा २७ जना, गण्डकी प्रदेशमा १२ जना, लुम्बिनी प्रदेशमा ४ जना, कर्णाली प्रदेशमा ५ जना र सुदूरपश्चिम प्रदेशमा २ जना गरी जम्मा ५९ जना भेन्टिलेटरमा उपचाररत छन् ।

त्यस्तै ५०० भन्दा बढी संक्रमित उपचार रहेको जिल्ला काठमाडौं ललितपुर र कास्की रहेका छन् ।

यसैगरी क्वारेन्टिनमा ४४४ जना रहेका छन् भने शून्य संक्रमित रहेको जिल्ला मनाङ रहेको छ ।

त्यस्तै आज थपिएका ७७६ जनासँगै नेपालमा हालसम्मको कूल संक्रमितको संख्या २ लाख ५१ हजार ६९२ पुगेको छ । साथै आज ९४७ जना निको भएसँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या २ लाख ४० हजार ३६३ पुगेको छ ।

आज ६ जना थपिएसँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १७४९ पुगेको छ ।

आज देशैभरी ७७६ जनामा कोरोना संक्रमण,९४७ जना संक्रमण मुक्त
आज देशैभरी थप ७७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा देशैभरी गरिएको ६ हजार ५८८ नमुना परीक्षणमा उपत्यकाका ३६३ जनासहित ७७६ जना नयाँ संक्रमित थपिएका हुन् ।
जसमा प्रदेश १ मा ६८, प्रदेश २ मा ७, बागमती प्रदेशमा ४१९, गण्डकी प्रदेशमा ९०, लुम्बिनी प्रदेशमा ७९, कर्णाली प्रदेशमा १६ र सुदुरपश्चिम प्रदेशमा ९७ जना संक्रमित थपिएका हुन् ।

आज थपिएका ७७६ जनासँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ५१ हजार ६९२ पुगेको छ ।
त्यसैगरी आज देशैभरी ९४७ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । आज निको भएका ९४७ जनासँगै हालसम्म निको हुनेको संख्या २ लाख ४० हजार ३६३ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार निको हुनेको यो दर ९५.५ प्रतिशत हो ।

कति छन् त होम आइसोलेसनमा ?
स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म ५ हजार ८८३ जना कोरोना संक्रमित होम आइसोलेसनमा रहेका छन् ।
जसमा प्रदेश १ मा ३२६, प्रदेश २ मा ३५, बागमती प्रदेशमा ३,११९, गण्डकी प्रदेशमा ८९४, लुम्बिनी प्रदेशमा ७७९, कर्णाली प्रदेशमा ९६ र सुदूरपश्चिम प्रदेशमा ६३४ जना गरी ५ हजार ८८३ जना रहेका छन् । साथै देशका विभिन्न अस्पताल तथा आइसोलेसन सेन्टरमा ३ हजार ६९७ जनाको उपचार भइरहेको छ ।

नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या घट्दै, आज ६ जनाकोृ मृत्यु
नेपालमा पछिल्लो समय कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या घट्दै गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६ जनाले ज्यान गुमाएका हुन् । यो संख्या पछिल्ला केही दिन यताको सबैभन्दा कम हो ।
मन्त्रालयका अनुसार आज ६ जनाको मृत्यु भएसँगै नेपालमा हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या १७४९ पुगेको छ ।

यस्तो छ हेर्नुहोस् नेपालमा हालसम्मको कोरोना अपडेटको पूर्ण विवरण

वि.सं.२०७७ पुस २ बिहीवार १७:४८ मा प्रकाशित

प्रतिनिधिसभाः जनताका घर नभत्काउन आग्रह

प्रतिनिधिसभाः जनताका घर नभत्काउन आग्रह

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा सांसद भूमिका सुब्बाले मेची राजमार्ग...

भक्तपुर अस्पतालले सुरु गर्दै ‘रोबोटिक’ शल्यक्रिया

भक्तपुर अस्पतालले सुरु गर्दै ‘रोबोटिक’ शल्यक्रिया

भक्तपुर । भक्तपुर अस्पतालले बिरामी र विशेषज्ञ चिकित्सकबीच लामो दूरीमा...

कोशी प्रदेशलाई आईटी हब बनाउन ’काठमाडौँ–विराटनगर डिजिटल कोरिडोर’ को मार्गचित्र सार्वजनिक

कोशी प्रदेशलाई आईटी हब बनाउन ’काठमाडौँ–विराटनगर डिजिटल कोरिडोर’ को मार्गचित्र सार्वजनिक

विराटनगर । नेपालको प्रविधि क्षेत्रलाई विकेन्द्रित गर्ने लक्ष्यका साथ एक...

जनज्योति माविबाट ४० जना स्काउट विद्यार्थी दीक्षित

जनज्योति माविबाट ४० जना स्काउट विद्यार्थी दीक्षित

देवचुली नगरपालिका–१५ स्थित जनज्योति माध्यमिक विद्यालयमा ‘जनज्योति स्काउट ट्रुप’को आयोजनामा...

माडीमा जडीबुटी उद्यान बनाईदै

माडीमा जडीबुटी उद्यान बनाईदै

चितवन । यहाँको माडी नगरपालिकामा जडीबुटी पार्क ९उद्यान० बनाउन थालिएको...

पश्चिम नवलपरासीका किसान रोपाइँमा व्यस्त

पश्चिम नवलपरासीका किसान रोपाइँमा व्यस्त

पाल्हीनन्दन (नवलपरासी) । पश्चिम नवलपरासीका किसानले धान रोपाइँ सुरु गरेका...