back
CTIZAN AD

रोकिएको पिजीको एकीकृत प्रवेश परीक्षाको तालिका सार्वज्निक

वि.सं.२०७७ पुस २ बिहीवार

708 

shares

पुष, काठमाडौँ । चिकित्सा शिक्षा तर्फको स्नातकोत्तर तह (पिजी) को एकीकृत प्रवेश परीक्षा यही पुस १८ गतेदेखि सुरु हुने भएको छ।

चिकित्सा शिक्षा आयोगले अत्यन्त जरुरी सूचनाका रुपमा आज परीक्षाको नयाँ मिति र तालिका सार्वजनिक गरेको हो।

एकीकृत प्रवेश परीक्षा सन्दर्भमा परेका रिट निवेदनहरु सर्वोच्च अदालतले बुधवार खारेज गरेपछि आयोगले परीक्षाको मिति र तालिका प्रकाशित गरेको हो । सार्वजनिक गरेको परीक्षा मिति अनुसार पुस १८, १९ र २० गते परीक्षा बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म हुनेछ।

आयोगले कोरोना सङ्क्रमितका लागि छुट्टै व्यवस्था गर्दै सङ्क्रमितले पिसिआर रिपोर्टसहित अग्रिम जानकारी गराउनु पर्ने आयोगले जनाएको छ।

यसअघि चिकित्सा शिक्षा आयोगले असोज २७, २८ र २९ गते परीक्षा मिति तोकेको थियो। तर सर्वोच्च अदालतको असोज २२ गतेको अन्तरिम आदेश पछि परीक्षा स्थगित भएको थियो।

वि.सं.२०७७ पुस २ बिहीवार १९:३५ मा प्रकाशित

व्यावसायिक बेसारखेतीमा इलामका किसान

व्यावसायिक बेसारखेतीमा इलामका किसान

फिक्कल (इलाम) । इलामको माङसेबुङ गाउँपालिका–१ गजुरमुखीका किसान रामभक्त निरौलाले...

पहिराले मेची राजमार्ग अवरुद्ध

पहिराले मेची राजमार्ग अवरुद्ध

इलाम । निरन्तरको वर्षाले मेची राजमार्ग र झापासँग जोड्ने दुवै...

मेची राजमार्गको राजदुवाली  सडक खण्ड भासिएपछि यातायात अवरुद्ध

मेची राजमार्गको राजदुवाली सडक खण्ड भासिएपछि यातायात अवरुद्ध

फिक्कल (इलाम) । मेची राजमार्गअन्तर्गत इलामको गोलाखर्क–राजदुवाली सडकखण्ड अवरुद्ध भएको...

‘भिलेज एग्रो फार्म’ले बदलेको इङनामको परिचय

‘भिलेज एग्रो फार्म’ले बदलेको इङनामको परिचय

रामकुमार लिम्बू, फिक्कल (इलाम) । इलामको चुलाचुली गाउँपालिका–३ का किसान...

धार्मिक पर्यटकको आकर्षण बन्दै एक सय ८ धारा

धार्मिक पर्यटकको आकर्षण बन्दै एक सय ८ धारा

धरान (सुनसरी) । सुनसरीको रामधुनी नगरपालिका–४ स्थित ऐतिहासिक तथा धार्मिक...

कोरियाबाट फर्केर नर्सरी व्यवसायमा फिलिप, टिकटकबाटै बेच्छनन् विरुवा

कोरियाबाट फर्केर नर्सरी व्यवसायमा फिलिप, टिकटकबाटै बेच्छनन् विरुवा

भद्रपुर (झापा) । वैदेशिक रोजगारीका लागि लामो समय विदेशमा पसिना...