back
CTIZAN AD

सुत्केरी र जेष्ठ नागरिकलाई निःशुल्क सेवा दिन एम्बुलेन्स खरिद

वि.सं.२०७७ पुस २ बिहीवार

801 

shares

 २ पुस, काठमाडौं । सुत्केरी र जेष्ठ नागरिकलाई निशुल्क सेवा दिने उद्देश्यले गाँउपालिकाले एम्बुलेन्स खरिद गरेको छ । सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पाल गाउँपालिकाले आफ्नो स्वामित्वमा रहने गरि दुईवटा एम्बुलेन्स खरिदगरि सेवा शुभारम्भ गरेको छ ।

नयाँ एम्बुलेन्सको पालिका अध्यक्ष टासी लामा र प्रमुख प्रशासकीय अधिकृत सुनिल निरौलाले विधिवत् पूजा गरी सेवा शुभारम्भ गरेका हुन् । यस अघि पालिका भित्र दुईवटा मात्र एम्बुलेन्स रहेको र उक्त एम्बुलेन्सबाट पालिका भित्रका सम्पूर्ण क्षेत्रमा सेवा प्रदान गर्न असहज बनेकाले पालिकाको पहलमा दुईवटा थप एम्बुलेन्स खरिद गरेको छ ।

अब थप गरिएका दुई एम्बुलेन्स सहित चार एम्बुलेन्सले पालिका भित्रका आठ वडामा सेवा प्रदान गर्दा बिगतमा रहदै आएको एम्बुलेन्स सेवाको अभाव कम हुने विश्वस गरिएको छ । खरिद गरिएका दुईवटा एम्बुलेन्स मध्य एउटा पालिका आफैले र अर्को पालिकामा रहेको हाँडीखोला साना जलविद्युत आयोजनाले पालिकाको लागि खरिद गरिदिएको हो ।

पालिकाको स्वामित्वमा रहने दुई एम्बुलेसले ७० देखि ८० वर्षका जेष्ठ नागरिकलाइ ५० प्रतिशत छुट दिने छभने सुत्केरी र ८० वर्ष माथिका जेष्ठ नागरिकका लागि निःशुल्क सेवा प्रदान गर्ने भएको छ । त्यसका साथै पालिकाले संचालनमा ल्याउन लागेको एम्बुलेन्सको भाडादरमा पनि सहुलियतताको व्यवस्था गरिएको पालिका अध्यक्ष लामाले बताए ।

वि.सं.२०७७ पुस २ बिहीवार १९:५५ मा प्रकाशित

नेपालले भारतको भूभाग मिचेको कुनै तथ्य र प्रमाण छैनः एमाले नेता थापा

नेपालले भारतको भूभाग मिचेको कुनै तथ्य र प्रमाण छैनः एमाले नेता थापा

काठमाडौँ । नेकपा (एमाले) को संसदीय दलका नेता रामबहादुर थापा...

सीमानाका विषयमा पक्ष विपक्ष हुनुहुँदैनः राप्रपा नेता शाही

सीमानाका विषयमा पक्ष विपक्ष हुनुहुँदैनः राप्रपा नेता शाही

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता ज्ञानबहादुर शाहीले...

नेतृत्व पाएसँगै नवप्रवर्तन मन्त्रालयले थाल्यो काम

नेतृत्व पाएसँगै नवप्रवर्तन मन्त्रालयले थाल्यो काम

काठमाडौँ । नेतृत्व पाएसँगै नवगठित विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयले...

भूमिहीन नागरिकको जग्गा व्यवस्थापनका लागि नापनक्सा

भूमिहीन नागरिकको जग्गा व्यवस्थापनका लागि नापनक्सा

महेन्द्रनगर । यहाँका स्थानीय तहले अव्यवस्थित बसोबासी र भूमिहीन नागरिकको...

प्रतिनिधिसभाको बैठक सञ्चालनमा ढिलाइ

प्रतिनिधिसभाको बैठक सञ्चालनमा ढिलाइ

काठमाडौँ । आज बिहान ११ः०० बजेका लागि तय भएको प्रतिनिधिसभाको...

बजेटको सूचना चुहावट भएको प्रचारमा सत्यता छैनः अर्थमन्त्री वाग्ले

बजेटको सूचना चुहावट भएको प्रचारमा सत्यता छैनः अर्थमन्त्री वाग्ले

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले संसद्मा बजेट पेस हुनुपूर्व...