back
CTIZAN AD

तपाईको आज (शुक्रबार) को राशिफल, हेर्नुहोस् आज क-कसलाई छ त शुभ ?

वि.सं.२०७७ पुस ३ शुक्रवार

609 

shares

मेष –चु, चे, चो, ला, लि, लु, ले, लो, अ
नयाँ कामले नाम र दाम दिलाउनेछ । कर्मक्षेत्रमा गरिएको साधना सिद्ध हुनेछ । मिहिनेतले सजिलै लक्ष्यमा पुर्याउनेछ । प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ । विभिन्न अवसरले पछ्याउनेछन् भने दिगो काममा जग बसाउने अवसर प्राप्त हुनेछ । पदासीन व्यक्तिहरूसँग मित्रता बढ्नेछ । व्यवसायमा पनि फाइदै हुनेछ। कर्मयोगले मानसम्मान समेत दिलाउनेछ ।

बृष -इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
चुनौतीभित्र अवसर खोज्ने समय छ । पहिलेका कमजोरी बाहिर आउनाले प्रतिष्ठामा समस्या पर्न सक्छ । स्वास्थ्य कमजोर रहनाले सोचेको उपलब्धि तत्काल नपाइएला । आफ्ना सूचना बाहिरिने समय रहेकाले गोपनीयतामा विशेष ध्यान पुर्याउनुहोला । सामाजिक कामको जिम्मेवारी प्राप्त हुने समय छ । नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ने हुनसक्छ ।

मिथुन -का, कि, कु, घ, ङ, छ, के, को, ह
परिस्थितिको चक्रमा अलमलिनुपर्दा काम बन्न समय लाग्नेछ । अस्वस्थताले कमजोरीको अनुभूति हुनेछ । चुनौतीपूर्ण कामको जिम्मेवारी वहन गर्नुपर्ला । आकस्मिक समस्याले शरीरमा कमजोरी अनुभूति हुनेछ । चिताएको काम बिग्रनाले निराशा छाउनेछ । गोपनीयता बाहिरिनाले पनि समस्यामा परिनेछ । फजुल खर्च बढ्ने र लेनदेनमा पनि नोक्सान पुग्ने देखिन्छ ।

कर्कट -हि, हु, हे, हो, डा, डि, डु, डे, डो
आराम तथा मनोरञ्जनको समय छ । प्रियजनसँग भेट हुनेछ । भौतिक साधनले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ । परिवारजनको साथले उत्साह जगाउनेछ । अप्ठ्यारा परिस्थितिलाई समेत सहज बनाउन सकिनेछ । व्यापार र पेसामा पनि फाइदै हुनेछ । लगनशीलताले लक्ष्यमा पुर्याउनेछ । पहिरनले व्यक्तित्वमा निखारता आउनेछ । विशेष उपहार प्राप्त हुन सक्छ ।

सिंह -मा, मि, मु, मे, मो, टा, टि, टु, टे
चुनौती अँगाल्नुपरे पनि आँटले लक्ष्यमा पुर्याउनेछ । ईर्ष्या गर्नेहरू स्वयं पछि पर्नेछन् भने कर्मयोगले भविष्यको बाटो समाउनेछ । मिहिनेतले काममा सफलता दिलाउनेछ । समस्या पन्छाएर अधिकार स्थापित गर्न सकिनेछ । दिगो फाइदा हुने काममा जग बसाउने मौका छ । रोग तथा शत्रुमाथि विजय प्राप्त हुनेछ । प्रतिस्पर्धाको दौडमा समेत जित हासिल हुनेछ ।

कन्या -टो, प, पि, पु, ष, ण, ठ, पे, पो
विभिन्न अवसर प्राप्त भए पनि कामको मेसो नमिल्दा अलि पछि परिनेछ । अरूका लागि बुद्धि खर्चनुपर्ला। स्वास्थ्य केही कमजोर रहनेछ । समयको गतिलाई पछ्याउने प्रयास गर्नुहोला । सम्भावना देखिए पनि उपलब्धि हातपार्न बढी श्रम गर्नुपर्ला । कमजोर नतिजा सच्याउन पहिलेकै काम दोहोर्याउनुपर्ला । अवसर र व्यवधानका बीचबाट कर्मयोग अघि बढ्नेछ ।

तुला- र, रि, रु, रे, रो, ता, ति, तु, ते
छातीको समस्याले स्वास्थ्य कमजोर रहनेछ । हतारको निर्णयले अप्ठ्यारो पार्ने हुँदा सजग रहनुहोला । समयमा जुट्न नसक्दा आफ्नो काम रोकिन सक्छ । अरूका लागि उपयोग भइनेछ र बेसुरमा दिइएको वचनले अप्ठ्यारो पर्न सक्छ । आवेशको व्यवहार र सानो असमझदारीले आफन्तजन टाढिन सक्छन् । रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला ।

बृश्चिक -तो, ना, नि, नु, ने, नो, या, यि, यु
कर्मयोगले नयाँ मोड लिनेछ भने पुरुषार्थी काम गर्दै नाम, दाम र इनाम आर्जन गर्न सकिनेछ । उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ । शत्रु परास्त हुनेछन् भने प्रतिस्पर्धीहरू पछि हट्नेछन् । अग्रज तथा सहयोगी जुट्नाले सोचेको लाभ उठाउन सकिनेछ । गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ । मिहिनेतले सफलताको उचाइमा पुर्याउनेछ ।

धनु -ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
मिहिनेत परे पनि सोचेको नतिजा हातलागी नहुन सक्छ । समयमा वचन पुर्याउन नसक्ता आलोचित भइनेछ । द्विविधा बढ्नाले निर्णायक क्षमता कमजोर बन्नेछ । अध्ययनमा समय दिन नसक्दा पछि परिने सम्भावना छ । लगनशीलताले मात्र परिस्थितिलाई बदल्न सक्छ । शुभचिन्तकहरूले राम्रो साथ दिनेछन् । छिद्र खोतल्नेहरूबाट भने सजग रहनुहोला ।

मकर -भो, ज, जि, खि, खु, खे, खो, गा, गि
बिछोडिएका परिवारजनसँग भेटघाट हुनाले दिन रमाइलो रहनेछ । नयाँ कामको प्रस्ताव आउनेछ । तर अवसरका साथ केही चुनौती पनि देखा पर्नेछन् । हठात् निर्णय गर्दा समस्या देखिन सक्छ । खानपान र भेटघाटमा सावधानी अपनाउनुहोला । अनावश्यक अलमलले चिताएका काममा बाधा पुग्नेछ । समस्या समाधान गर्न काम दोहोयाउनुपर्ने हुन सक्छ ।

कुम्भ -गु, गे, गो, सा, सि, सु, से, सो, द
आकस्मिक खर्च बढ्नेछ भने आम्दानीका स्रोत कमजोर हुने समय छ । पछिका लागि लगानी बढाउनुपर्ने स्थिति आउन सक्छ । फाइदाका लागि दोहोर्याएर प्रयत्न गर्नुपर्ला । यात्रा खर्चिलो र कष्टकर बन्न सक्छ। छिमेकमा असमझदारी बढ्नेछ, होसियारीसाथ काम लिनुहोला । भविष्यका लागि केही वस्तु त्याग्नुपर्ला । सोचेको नतिजा तत्काल प्राप्त नहुन सक्छ ।

मीन -दि, दु, थ, झ, ञ, दे, दो, च, चि
व्यापार, साझेदारी र सट्टापट्टामा लाभ मिल्नेछ । श्रमको उचित मूल्यांकन हुनेछ । सञ्चित धनको उपयोग गर्दा फाइदा हुनेछ । तर केही काम रोकिनाले दोहोर्याएर प्रयत्न गर्नुपर्ला । चिताएको मूल्य प्राप्त नभए पनि आंशिक लाभ अवश्य हुनेछ । व्यवसायमा लगानी बढाउनुपर्ने स्थिति आउन सक्छ । सोखले खर्च बढाउने हुँदा रकम जुटाउन कर्जा लिनुपर्ने हुन सक्छ ।

२०७७ पुस ३ गते, शुक्रवार,( १८ डिसेम्बर २०२०) 
उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६४

तपाईको आज (बिहीवार) को राशिफल भन्छ-आज यी पाँच राशिकालाई हुनेछ विशेष फाइदा

वि.सं.२०७७ पुस ३ शुक्रवार ०७:३५ मा प्रकाशित

आरोग्य पर्यटन वृत्तचित्र प्रदर्शनमा योगी भट्टको साधना : हिमाली शून्य तापक्रममा निवस्त्र योग अभ्यासले सबै स्तब्ध

आरोग्य पर्यटन वृत्तचित्र प्रदर्शनमा योगी भट्टको साधना : हिमाली शून्य तापक्रममा निवस्त्र योग अभ्यासले सबै स्तब्ध

काठमाडौं । राजधानीको भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्ड को सभाहल शनिबार...